National news,
दोहोर्याएर समानुपातिक सभासद बन्न एमालेमा नपाइने
Posted by Unknown
Published on Thursday, August 22, 2013
पार्टी मुख्यालय बल्खुमा विहीबार बसेको
स्थायी कमिटीको बैठकले भदौ २० गतेभित्र उमेद्वारको नाम पठाउन निर्वाचन
क्षेत्र र जिल्ला कमिटीलाई परिपत्र गर्ने निर्णय गरेको हो । ‘स्थायी
कमिटीको बैठकले उमेद्वारहरुको नाम पठाउन जिल्ला कमिटीलाई सर्कुलर गर्ने
निर्णय गरेको छ’-स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले अनलाइनखबरलाई
बताउनुभयो ।
प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्दा
प्रतेक निर्वाचन क्षेत्रबाट एक जना महिला हुनु पर्ने भने पार्टीको
कारवाहीमा परेको भए ६ महिना पूरा भएको हुनु पर्ने लगायतको मापदण्ड तोकेको छ
। एमालेले समानुपातिकतर्फका लागि हरेक निर्वाचन क्षेत्रबाट २ जनाको नाम
पठाउन भनेको छ । तर, विशेष अवस्थामा बाहेक पहिलेका समानुपातिक सभासदले फेरि
समानुपातिक उमेद्वार बन्न नपाउने भएका छन् ।
विशेषज्ञ, दलित, महिला, जनजाति र तराई
मधेसको प्रतिनिधित्वका लागि भने अघिल्लो संविधानसभामा समानुपातिबाट सभासद
भएकालाई पनि उम्मेदवार बनाउन सकिने सचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।
स्थायी कमिटीको बैठकले चुनावी रणनीति
बनाउन भदौ १५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । स्थायी
कमिटीले चुनावी घोषणापत्र बनाई केन्द्रीय समितिमा पेश गर्नेछ भने
जिल्लाहरुबाट आएको उम्मेदवारहरुको सूची पनि केन्द्रीय समितिमा पेश गरिने
एमालेले जनाएको छ ।
बैठकले पूर्वअर्थमन्त्री भरतमोहन
अधिकारीको संयोजकत्वमा आर्थिक परिचालन कमिटी गठन गरेको छ । पार्टीभित्र
देखा परेको विवाद समाधानका लागि दुबैपक्षका कुरा सुनेर नेतृत्वले हल गर्ने
स्थायी कमिटीमा सहमति भएको एमाले नेताहरुले बताएका छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





