Sport news,
यू-१९ बिश्वकप क्रिकेटमा नेपालको पहिलो जित
Posted by Unknown
Published on Tuesday, August 21, 2012
लगातार चार खेल हारेपछि प्लेट च्याम्पियनको दौडबाट समेत बाहिरिसकेको नेपालले १३ औँ स्थानका लागि भएको प्ले अपको सेमिफाइनलमा नामिवियालाई ३९ रनले पराजित गरेको हो । अब नेपालले १३ औं स्थानका लागि फाइनलमा पर्सी पपुवा न्यू गिनीको सामना गर्नेछ ।
टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय १९ रन जोडेको थियो । खराब सुरुवात गरेको नेपाली पारी मध्यक्रमका ब्याट्सम्यानहरुले सम्हालेका थिए । नेपालका लागि प्रदिप ऐरी आक्रमक पारी खल्दै ७६ बलमा ३ छक्का र ३ चौकको मदतमा ९८ रन बनाए । जारी प्रतियोगितामा नेपाली व्याट्सम्यानको सर्बाधिक रन बनाएका हुन् । उनले राजेश पुलामि मगरसँग ६४ रन तथा हसिम अन्सारीसँग ६० साझेदारी गरेका थिए ।
सुवास खकुरेलले ३५, राजेश पुलामी मगरले २४ तथा पृथु बास्कोटाले १८ रन बनाए । सागर पुन ७, फैजल रहमान ५, कृष्ण कार्की ३ र नरेश बुढाएरले १ रन जोडे । नामिवियाका क्रिस्टोफर कोम्बीले ३ विकेट लिए ।
२ सय २० रन लिएर जवाफमा मैदान उत्रिएको नामिविया ४६ दशमलब ३ ओभरमा सवै विकेट गुमाउँदै १ सय ८० रनमा समेटियो । नेपाललाई जित दिलाउन भूवन कार्कीले सर्वाधिक ५ विकेट लिए । कप्तान पृथु बाँस्कोटा, सागर पुन, प्रदीप ऐरी, रामनरेश गिरी र कृष्ण कार्कीले समान एक-एक विकेट झारे ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





