Article,
पार्टी निर्माणको अन्तिम अवसर
Posted by Unknown
Published on Monday, February 3, 2014
संविधान सभाको दोस्रो निर्वाचन पश्चात एकीकृत माओवादीभित्र नयाँ ढङ्गको कम्युनिष्ट पार्टी निर्माणबारे नयाँ शिराबाट बहसको प्रारम्भ भएको छ । संविधान सभाको निर्वाचनको क्रममा एकीकृत माओवादी र परिवर्तनका पक्षधरहरुको अनपेक्षित पराजयसँगै नेपालको कम्युनिष्ट आन्दोलन र यसको भविश्यबारे पनि विभिन्न विश्लेषण गर्न थालिएको छ । दश वर्षको भीषण जनयुद्धको जगमा अगाडि आएको परिवर्तनकारी शक्तिको पराजयले क्रान्तिकारी वृत्तमा निर्मम आत्मसमीक्षाको बहस जन्मिएको छ । आजको जटिल राजनीतिक परिस्थितिमा क्रान्तिकारी आन्दोलनको पराजयबारे गम्भीर समीक्षा हुनु स्वाभाविक मात्र नभएर अनिवार्य पनि छ । एकीकृत माओवादी मजदुर किसानको एकताको आधारभूत शर्तसहितको सर्वहारा वर्गको अगुवा पार्टी हो । वर्ग विभाजित समाजमा वर्ग पक्षधरताभन्दा पृथक कुनै पनि पार्टी हुन सक्दैन । वर्गको पक्षधर पार्टी हुनुका नाताले कम्युनिष्ट पार्टीले हमेसा जनताको अगुवाई गर्न सक्नुपर्छ । दोस्रो इन्टरनेशनलका अवसरवादी नेताहरुको स्वतस्फूर्ततावादी रुझानको विरोध गर्दै लेनिन भन्नुहुन्छ –‘पार्टी मजदुर वर्गको अघि–अघि हिड्नुपर्दछ, त्यसले मजदुर वर्गको भन्दा परसम्म देख्न सक्नुपर्दछ र पुच्छरवादको शिकारबाट मुक्त हुन सक्नुपर्दछ ।’ लेनिनको उल्लेखित भनाइले पार्टीले आधारभूत वर्गको धरातलमा रही मजदुर वर्गको आन्दोलनको अगुवाई गर्नुपर्ने कुरालाई जोड दिन्छ । तर आज एकीकृत माओवादी सैद्वान्तिक रुपमा सर्वहारा वर्गको नेतृत्वलाई स्वीकार गरेतापनि वर्ग धरातलको जगमा मजदुर वर्गको अगुवाई गर्न सकेको छैन । मूलतः २०६४ सालको निर्वाचन पश्चात माओवादी पार्टी र यसको नेतृत्वमा गठित सरकारले आफ्नो वर्ग पक्षधरतामा काम गर्न सकेन । यसले पार्टीमा वर्गीय पक्षधरता, आदर्श र लक्ष्यप्रति गम्भीर विचलनलाई जन्म दियो । पछिल्लो निर्वाचनमा आधारभूत वर्गले माओवादीलाई विश्वास नगर्नु र आफ्नो वर्गीय प्रतिनिधिलाई पहिचान गर्न नसक्नु त्यसैको कारण हो ।
माओवादी शान्ति प्रक्रियामा प्रवेश गरे लगत्तै बुर्जुवा वर्गका प्रतिनिधिहरुको राजनीतिक संघर्ष नयाँ रुपमा अगाडि आयो । यस्तो अवस्थामा माओवादीले संघर्षका साधनहरुलाई पुरानै ढङ्गले लागु गर्ने कुरा चूनौतिपूर्ण नै थियो । तर संघर्षका साधनहरुलाई नयाँ ढंगले परिभाषित गर्न र संघर्षलाई नयाँ रुपमा संगठित गर्न सम्भव र आवश्यक दुवै थियो । जसलाई माओवादीले गम्भीरतापूर्वक लिन सकेन । सत्ता संघर्षमा आधार र अधिरचनाको रुपान्तरण मध्ये आधारको भूमिका निर्णायक हुने मान्यताबाट माओवादी च्यूत भयो । यसले राज्यको रुपान्तरण अधिरचनाको नेतृत्वबाट गर्न सकिने मनोगतवादी सोँचमा पार्टी फस्न पुग्यो । आर्थिक–सामाजिक परिवर्तनका मुद्वालाई ‘कुटनीतिक संघर्ष’को माध्यमबाट समाधान गर्ने प्रयत्न त्यही दृष्टिदोषको परिणाम थियो । एकातिर संघर्षका आधारभूत साधनहरु कामयवी बन्न नसक्नु र अर्कोतिर अधिरचनामार्फत हस्तक्षेप गर्ने संयन्त्र र प्रतिनिधिहरुको भूमिका भुत्ते हँुदै जानुले संक्रमणकाल लम्बिँदै जाँदा डगमगाएका पुराना संरचनाहरु क्रमशः स्थीर हुँदै गए । तसर्थ वर्तमान परिणामले संघर्ष सम्बन्धि माक्र्सवादी मान्यता र रुपहरु प्रयोगको अनिवार्यतालाई पुनर्पुष्टि गरेको छ ।
आधार र अधिरचनाको अन्तरसम्बन्धको व्यवहारिक प्रयोगको सन्दर्भमा गम्भीर त्रुटिका कारण पार्टीको जनदिशा सम्बन्धि नीतिमा विचलन देखा प¥यो । पार्टीको जनदिशाको अनिवार्यतालाई व्याख्या गर्दै लेनिन भन्नुहुन्छ –‘पार्टी एक वर्गको अङ्ग हुनुपर्दछ, त्यो आफ्नो जीवनका सारा तन्तुहरुद्वारा वर्गसित घनिष्ठ रुपले गाँसिएको हुनुपर्दछ ।’ लेनिनद्वारा परिभाषित जनदिशाबाट पार्टीको विचलनको परिणाम आज नेपालको मात्र नभएर विश्वकै कम्युनिष्ट आन्दोलनमा परिरहेको छ । यसलाई गम्भीरतापूर्वक सच्चाउन सकिएन भने पार्टी रुपान्तरणबारे जतिसुकै ठूला कुरा गरे पनि यसले व्यवहारिक जीवनमा सार्थकता हासिल गर्नेछैन ।
ज अनिवार्य शर्त बन्न पुगेको छ ।
संघर्षको वैधानिक मोर्चामा माओवादीको पराजयसँगै पार्टी निर्माण र यसको चरित्रबारे मुलतः दुई कोणबाट बहसको प्रारम्भ भएको छ । निर्वाचनको पराजय सामान्य संसदीय मोर्चामा विजय र पराजयको सवाल नभएर संघर्षको रणनीतिक मोर्चाको पराजयले नेपाली कम्युनिष्ट आन्दोलन र विश्व कम्युनिष्ट आन्दोलनमा समेत दुरगामी प्रभाव राख्दछ । तसर्थ वर्तमान परिणामलाई कम्युनिष्ट आन्दोलन र लक्ष्य प्राप्तिलाई आधार बनाएर वर्ग पक्षधरता अनुरुपको नयाँ कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने एकथरिको मत छ भने अर्कोतिर पार्टीले वैधानिक रुपमा संसदीय मोर्चामा प्रवेश गरेकाले आगामी निर्वाचनलाई केन्द्रमा राखेर ‘मास पार्टी’ बनाउनुपर्ने तर्क गरिँदैछ । तर आजको सन्दर्भमा नयाँ र ठूलो आयातनको संसदीय पार्टीको आवश्यकता होइन, बरु सर्वहारा वर्गको अधिनायकत्वसम्म आफूलाई लैजान सक्ने कम्युनिष्ट पार्टीको आवश्यकता छ । माओले भनेझैं ‘कहिलेकाँही कम्युनिष्ट पार्टी र सर्वहारा वर्गले लिएको नीति सही हुँदाहुँदै पनि पार्टीको कमजोर भूमिका र वर्ग शक्ति सन्तुलनमा प्रभुत्व नहुँदा त्यसले पराजय बेहोर्नुपर्ने हुन्छ । तर यसले नीतिमा परिवर्तन होइन, बरु नीति कार्यान्वयनमा आवश्यक सामथ्र्यको माग गर्दछ ।’ संघीयता लगायतका कतिपय पार्टी नीतिमा रुपमा केही सीमा भए पनि सारतः गुणमा आज पनि परिवर्तन होइन, त्यसलाई लागु गर्ने आवश्यक शक्तिको निर्माण जरुरी हुन गएको छ । त्यसैले आजको आवश्यकता संसदीय मोर्चामा विजयको सामथ्र्य राख्ने सुधारवादी पार्टी होइन, आफ्नो वर्गको अन्तिम गन्तव्यप्रति दृढ र प्रतिवद्व कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्दछ ।
कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्वान्तको शीर्ष स्थानमा जनवादी केन्द्रियता रहन्छ । तर आज हाम्रो पार्टीमा रुपान्तरको नयाँ मुद्दाको रुपमा अन्तरपार्टी लोकतन्त्रको बहस उठेको छ । पार्टीको लोकतान्त्रिकरण कि जनवादी केन्द्रियताको दृढतापू
आधार र अधिरचनाको अन्तरसम्बन्धको माक्र्सवादी दृष्टिकोणका साथै पार्टी निर्माणको मुलभूत मान्यताबाट पनि पार्टी र नेताहरुमा विचलन पैदा भयो । सन् १९०३ मा लेनिन र मार्तोभबीच कम्युनिष्ट पार्टी निर्माणबारे चलेको बहस र त्यस सन्दर्भमा लेनिनका विचारहरुलाई हाम्रो पार्टीले सधैं उद्दरणको रुपमा लिए पनि लेनिनका विचारहरु व्यवहारमा कति धेरै सार्थक र दुरगामी थिए भन्ने कुरा आंकलन गर्न सकेन । कम्युनिष्ट पार्टीको एउटा सदस्य संघर्षको भट्टीबाट खारिनुपर्ने र उसमा वर्गीय पक्षधरताका साथै पार्टीको अन्तिम लक्ष्यबारे दृढता हुनुपर्ने मान्यतालाई हाम्रो पार्टीले आत्मसात गर्न सकेन । पार्टी निर्माणमा वर्गीय पक्षधरता र दृष्टिकोणबारे चर्चा गर्दै सन् १९०३ को बहसमा लेनिन भन्नुहुन्छ –‘मार्तोभको दृष्टिकोणमा पार्टीको सीमारेखा अस्पष्ट छ, किनभने प्रत्येक हड्तालीले आफूलाई पार्टी सदस्य घोषणा गर्न सक्छ । यसले असंगठनकारी विचार पैदा गरी वर्ग र पार्टीको सम्बन्ध खत्तम गर्छ ।’ –लेनिन, संकलित रचना भाग ६, पृष्ठ २११) लेनिनको दृष्टिकोणमा एउटा व्यक्तिले संघर्षका कुनै खास मोर्चाको सहभागिता मात्र कम्युनिष्ट पार्टीको सदस्यताको आधार बन्न सक्दैन, सदस्यताका लागि लक्ष्यप्रतिको स्पष्टता र प्रतिवद्वता, अनुशासन र पार्टी पद्वति, श्रमप्रतिको सद्भाव र सहभागिता अनिवार्य बन्न जान्छ । तर आज माओवादी पार्टीको सदस्यता र नेतृत्व सम्बन्धि मान्यता यति भद्रगोलपूर्ण छ कि सामान्य बुर्जुवा पार्टीमा विद्यमान अनुशासन, गोपनियता र प्रतिवद्धता हाम्रा नेता कार्यकर्तामा भेटाउन कठिन छ । सडक पेटीमा हिडिरहेको व्यक्ति, जो पार्टी लक्ष्य, नीति र संगठनात्मक अवधारणासँग परिचित समेत छैन, लाई एकैचोटी पार्टीको केन्द्रीय नेतृत्वको जिम्मा दिइयो । यो पार्टी निर्माणबारे लेनिनवादी मान्यताको विरुद्धमा थियो । त्यसैले पार्टी निर्माणको आधार र शर्तको पूर्ण परिपालना आर्वक कार्यान्वयन ? आजको संगठनात्मक सिद्धान्तको विकासमा यो महत्वपूर्ण मुद्दा हो । कम्युनिष्ट पार्टीभित्र जनवादी केन्द्रियताको विकल्पको माग गर्नेहरुप्रति लक्षित गर्दै माओ भन्नुहुन्छ –‘केही कमरेडहरु स्वतन्त्रताको दावा गर्दछन्, उनीहरु जनवादी केन्द्रियताको प्रणाली बुझ्दैनन् । कम्युनिष्ट पार्टीलाई जनवादको मात्र खाँचो हुँदैन, तर केन्द्रियता त्यसभन्दा ज्यादा खाँचो हुन्छ भन्ने बुझ्दैनन्, उनीहरु जनवादी केन्द्रियताको प्रणाली बिर्सिन्छन् ।’ आजको सन्दर्भमा हाम्रो पार्टीमा लोकतन्त्रको कमी होइन, पार्टी संचालनको निश्चित विधि र प्रक्रिया नहुनु हो । पार्टी संचालनको ठोस आधार नहुँदा व्यक्तिको व्यक्तिगत मनोकांक्षाको आधारमा कमिटीहरु व्यक्तिको नियन्त्रणका शिकार भएका छन् । तसर्थ पार्टी कमिटी र संरचना संस्थागत रुपमा संचालन नहुनुमा मुख्य नेतृत्वको नोकरशाही कार्यशैली नभएर उदारता मुख्य रुपमा जिम्मेवार छ । पार्टीभित्र सही र गलतबीचको संघर्षमा गलत विचार र प्रवृत्तिलाई पराजित गर्नुको साटो सबैलाई समेट्ने नाममा गलत विचार र प्रस्तावप्रति उदारता प्रदर्शन गर्नु मुख्य समस्या हो । त्यसैले नेतृत्वको उदारतालाई बेलैमा सच्चाउन आवश्यक छ । पार्टीभित्र निश्चित विधि र प्रक्रियालाई स्थापित गर्न सकियो भने पार्टी विधिका आधारमा संचालन हुनेछ, यसले जनवादी केन्द्रियताको मर्मलाई आत्मसात् गर्नेछ । जनवादी केन्द्रियतालाई ठीक ढंगले स्थापित गरेर मात्र कम्युनिष्ट पार्टीभित्र लोकतान्त्रिकरणको बुर्जुवा माग स्वतः समाप्त हुनसक्छ । जारी केन्द्रीय समितिको बैठकले पार्टी रुपान्तरणको व्यवहारिक थालनी गर्न जरुरी छ । पार्टी रुपान्तरणको पहिलो आधार संगठनात्मक कार्यदिशा र कार्यविधिको निर्माण हो । पार्टीलाई व्यक्तिगत मनोकांक्षा र विवेकका आधारमा होइन, निश्चित संगठनात्मक विधिका आधारमा संचालन गर्नुपर्दछ । पार्टी रुपान्तरणको दोस्रो महत्वपूर्ण शर्त गुटहरुको अन्त्य हो । जबसम्म पार्टीभित्र गुटहरु बलिया रहनेछन्, तबसम्म बलियो कम्युनिष्ट पार्टीको परिकल्पना पनि गर्न सकिँदैन । ‘जसले सर्वहारा वर्गको फलामे अनुशासनलाई अलिकति पनि कमजोर पार्दछ, उसले वास्तवमा सर्वहारा वर्गको विरुद्ध पूँजीपति वर्गलाई सहयोग पु¥याउँछ ।’( लेनिन संकलित रचना, भाग २५, पेज २८२) पार्टीभित्र स्थायी प्रकृतिका गुटहरुको निर्माण, त्यसको संरक्षण र त्यसलाई विचार समूहका रुपमा परिभाषित गर्नु कम्युनिष्ट पार्टीको संगठनात्मक आचरणभित्र पर्दैन । पार्टी विपरितहरुको एकत्व हुनुका नाताले वैचारिक सवालमा बहस हुनु स्वाभाविक छ, तर त्यस्तो बहसलाई पार्टीको आन्तरिक जीवनमा खुला बनाउने वा पार्टीको एउटा निश्चित गुटको घेराभित्र राखेर अर्को समूह विरुद्ध षड्यन्त्रको प्रपञ्च रच्ने ? आज हामीले विचार संघर्षका नाममा गुट निर्माण गरेर अर्को गुटका विरुद्ध षड्यन्त्र गरिरहेका छौं र गुटवादी मानसिकता फैलिएर उपगुट र व्यक्तिको निहित स्वार्थ अनुरुप चरम व्यक्तिवादी प्रवृत्तिमा पतन हुँदैछ । यसले नयाँ ढंगको कम्युनिष्ट पार्टी निर्माण हुन सक्दैन । तसर्थ जुनसुकै परिभाषा र अर्थमा भएपनि गुटहरुको निर्माण गर्ने प्रवृत्ति पूर्णतः अन्त्य गर्न सक्नुपर्छ । पार्टीभित्रको गुटवन्दीलाई गम्भीर अपराधको रुपमा परिभाषित गर्ने र वैचारिक मुद्दामा जनवादी केन्द्रियताको दायराभित्र रहेर बहस गर्ने व्यवहारिक थालनी गर्नुपर्छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.