Welcome Guest!
twitter facebook rss

,

झलनाथसँग बहुमत भए पनि रातारात चोरिने डर

२० माघ, काठमाडौं । संसदीय दलको नेता छनोटमा सहमति जुटाउन नसकेपछि एमालेका शीर्ष नेताहरु सभासदसँग भोट माग्न थालेका छन् । कुल मतसंख्या १ सय ७३ रहेको एमाले संसदीय संसदीय दलमा जीत हात पार्न ८७ मत ल्याउनुपर्ने हुन्छ । केन्द्रीय कमिटीको बैठकमा सोमबार सहमति नजुटेपछि अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता केपी शर्मा ओलीवीच दलको नेताका लागि निर्वाचनको तयारी सुरु भैसकेको छ । नेता ओलीलाई उपाध्यक्ष वामदेव गौतम, विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल र सचिवद्वय शंकर पोखरेल तथा विष्णु पौडेलसमेत सिंगै पदाधिकारी टिमको साथ रहेको छ । अध्यक्ष खनाललाई बरिष्ठ नेता माधवकुमार नेपालको साथ रहेको छ । कसको पक्षमा कति सभासद ? संसदीय दलको नेतामा निर्वाचन हुने अवस्था आएमा आफूले जित्ने ओली र खनाल दुबै पक्षले दाबी गरेका छन् । केपी ओली पक्षले आफूसँग ९० भन्दा बढी सभासद रहेको र वामदेवको पक्षमा रहेका ९ जना सभासदको भोट थपिँदा कम्तिमा एक सय मत हात पार्ने दाबी गरेको छ भने खनाल पक्षले गौतम र ओली मिले पनि आरामले जित्ने निश्कर्ष निकालेको छ । तर, केही मध्यमार्गी नेताहरुले भने चुनाव हुने अवस्थामा खनाल र ओली दुबैको तीव्र प्रतिस्पर्धा हुने र मतान्तर खासै बढी नहुने हिसाब निकालेका छन् । अहिलेसम्म दुबै पक्ष तीव्र प्रतिस्पर्धामा देखिएकाले रातभरिमा सभासदहरुलाई यताबाट उता तानातान गर्ने खेलले हारजित निक्र्यौल गर्ने एमाले नेताहरुको विश्लेषण छ । एमालेका केही नेताहरुले तयार पारेको सूचीअनुसार झलनाथ खनाल र माधव नेपालले नेतृत्व गरेको संस्थापन पक्षमा हालसम्म ९३ सभासद देखिएका छन् । ओलीसँग ७१ र वामदेवसँग ९ सभासद रहेका छन् । तर, ओली पक्षको दाबी आफ्नो पक्षमा ९० भन्दा बढी सभासद रहेको भन्ने छ । ओली र वामदेवले सोमबार साँझदेखि खनाल पक्षमा रहेका सभासदलाई आफूतिर तान्ने अभियान सुरु गरेका छन् । कुन सभासद कता ? एमाले नेताहरुले कित्ताकाट गरेको सभासदको सूची अनलाइनखबरले प्राप्त गरेको छ । यो सूचीमा संस्थापन पक्षमा ९३, ओली पक्षमा ७१ र वामदेवको पक्षमा ९ सभासद देखाइएको छ । यो सूचीमा खनालतिर रहेका सभासदमध्ये जुनैद अन्सारी, सञ्जुकुमारी झा, मीनादेवी यादव, छेवाङ तेन्जेन तामाङ, रत्नदेवी गुरुङ, नरदेवी पुन मगर, भीष्मनाथ अधिकारी, केदारप्रसाद सञ्जेल डम्बर तुम्बाहाम्फे, पार्वत गुरुङ, शत्रुघन महतो, धनबहादुर घले र राजाराम स्याङतान आफूतिर रहेको ओली पक्षको दाबी छ । सुनसरी १ का सभासद एवं राप्रपाका पूर्वनेता कृष्णकुमार राई सोमबार बिहानसम्म संस्थापन पक्षमै रहे पनि वामदेवले फकाएको दाबी ओली पक्षले गरेको छ । ओली पक्षको यो दाबी सही ठहरिए संसदीय दलमा झलनाथ अल्पमतमा पर्ने अवस्था आउनेछ । तर, रातारात आश्वासन र गुटगत फेरबदल नभए अहिलेको सामान्य अवस्थामा ओली र वामदेव आपसमा मिल्दा पनि खनालसँगै बढी मत देखिएको छ ।UML-Savasad-list

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide