Welcome Guest!
twitter facebook rss

,

यस्ता नहोऊन नयाँ सभासद

संविधानसभा चुनाव सम्पन्न भएको २ महिनापछि सभासदहरुले मंगलवार पद तथा गोपनीयताको सपथ लिएका छन । उनीहरुले जनताको हित, राष्ट्रिय स्वार्थ र पदीय मर्यादा विपरित कुनैपनि काम नगर्ने कसम खाएका छन् । अबदेखि उनीहरुले जीउमा चिटिक्क परेको कोट र उक्त कोटमा टिलिक्क परेको लकेट भिर्न पाउनेछन । अबदेखि उनीहरुले जनताको थोपा थोपा पसिनाबाट संकलन भएको राज्यकोषबाट प्रति महिना कम्तीमा आधा लाख रकम तलब भत्ता वापत बुझ्नेछन् । यो उनीहरुको लागि राज्यले व्यवस्था गरिदिएको सुविधाको कुरा भयो । यसतर्फ सर्वसाधारणको खासै चासो नहोला तर उनीहरुले चासो दिने केही महत्वपूर्ण विषयहरु छन् । पहिलो, यति महङ्गा सभासदहरु पहिले झैं शीर्ष नेताको महावाणीमा ताली ठोक्ने आधुनिक दास नबून । आफ्नो अधिकारको सदुपयोग गरी कम्तीमा अबको ४ वर्षभित्र संविधान बनाउने काममा लागून । संविधानका अन्तरवस्तुमा छलफल गर्ने काम नेताका घरदैलो र रिसोर्टहरुमा नगरुन् । आफ्नै बुद्धि, विवेक र तर्कको भरपूर उपयोग गरी जनमुखी संविधान निर्माणमा पसिना खर्च गरुन् । दोश्रो, यसपटकका सभासदहरु पहिलेकाझैं रातो पासपोर्ट बेच्ने अवैध धन्दामा नलागुन् । कर्मचारीहरुलाई कुटपिट गर्ने, ट्वाईलेटमा थुन्ने र उनीहरुलाई अपमान गर्ने कार्यमा नलागुन । आफै चढेको गाडी तोडफोड गर्ने बचकानापन नदेखाऊन । तेश्रो, अहिलेका सभासदहरु संविधासभा भवनका कुर्सी खाली गरी धनलक्ष्मीको लोभमा विभिन्न एनजिओ, आइएनजिओका कक्टेल गोष्ठीहरुमा नधाउन् । मौका यही हो भन्ठानेर संविधान बनाउन छाडी सात समुद्र सयर नगरुन् । चौथो, अहिलेका सभासदहरु पहिलेकाजस्ता सामन्ती चिन्तनका नहोउन् । कार्यकर्तालाई भेट नदिने, उनीहरुको फोन पनि नउठाउने तर तस्कर र व्यापारीको फोन चाहिँ पहिलो घन्टीमै उठाउने काम नगरुन् । निर्वाचन क्षेत्रका मतदाताले बेला बेला आफ्नो क्षेत्रमा आउन अनुरोध गर्दा ‘म निर्वाचन क्षेत्रको मात्र नेता हो र ? मैले त काठमाण्डौ बसेर देश हाँक्नुपर्छ’ भन्नेजस्ता जवाफ नफर्काउन् । र पाँचौं, यसपालीका सभासदहरु पहिलेकाझैं आफ्नै परिवार र नातागोताका व्यक्तिलाई नियुक्ति दिलाउने धन्दामा नलागुन् । त्यस्ता ठाँउहरुमा सहिद, वेपत्ता परिवार, घाइते–अपाङ्ग र बेसहारा नागरिकहरुलाई प्राथमिकता देऊन् । कहीँ कतै नियूक्ति लिन सकिने ठाँउ खोजेर कसैले अनुरोध गर्यो भने ढुङ्गो खोज्दा देउता मिल्यो झैं ठानी त्यसमा सुटुक्क आफ्नै भाइ–भतिजा र छोरी–चेलीहरुलाई भर्ती नगरुन् । आफुले पीए समेत नराखी नक्कली कागजात बनाएर तलबभत्ता आफ्नै खल्तीमा नराखुन् । अहिलेका सभासदहरुबाट आम जनताले यस्तै अपेक्षा राखेका छन् । पहिलेका सवै सभासदले त्यस्तो गरे भन्न खोजेको होइन तर कयौं त त्यस्तै थिए जसले सभासद पदको गरिमा नै धुलोमा मिलाईदिए । अब चाँहि कदापि त्यस्तो नहोस् ।
सचिन रोका

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide