Welcome Guest!
twitter facebook rss

,

देशभर फेला परेका बम निस्क्रिय


२५ कार्तिक, काठमाडौं । देशका विधिन्न ठाउँमा फेला परेका बम निष्क्रिय पार्ने काम भएको छ । यसैक्रममा काठमाडौं साँखुको महादेव ढोकामा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज निष्क्रिय पारेको छ । कुकरमा विस्फोटक पदार्थ राखिएको अवस्थामा भेटिएपछि सुरक्षितरूपमा निष्क्रिय पारिएको महानगरीय प्रहरी प्रभाग सा“खुका प्रहरी निरीक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो । बिहान बम देखेपछि स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेका थिए । केही दिनअघि लप्सेफेदीस्थित कालिकाशरण उच्च माविमा राखेको बम पनि सेनाले निष्क्रिय पारेका थिए ।
यसैबिच,सिरहाको लहान र गोलबजारका छुट्टाछुट्टै चार स्थानमा फेला परेको बम नेपाली सेनाको प्राविधिक टोलीले निस्क्रिय पारेका छन् । आज बिहान लहान– ७ स्थित गणेश चोक र लहान– ५ स्थित शिव चोकमा सकेट बम फेला परेको थियो भने गोलबजारको मुख्य चोकमै कुकर बम र त्यसको २०० मिटर पूर्व एउटा सकेट बम फेला परेको थियो । लहानका दुई स्थानमा फेला परेको सकेट बम लहानस्थित श्रीनाथ गणको सेनाको प्राविधिक टोलीले निस्क्रिय पारेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक कृष्णजी अधिकारीले जानकारी दिनुभयो ।
यस्तै गोलबजारमा फेला परेको कुकर र सकेट बम चोहर्वाबाट गएको श्री नयाँ श्रीनाथ गणको सेना प्राविधिक टोलीले निस्क्रिय पारेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । दुवै स्थानमा बम आज बिहानै स्थानीय व्यापारीले देखेपछि सुरक्षाकर्मीलाई जानकारी गराएको थियो ।
यता अज्ञात समूहद्वारा दक्षिणी रसुवाको धानापानीस्थित सुन्धारा उच्च माविमा राखेको बम नेपाली सेनाद्वारा आज बिहान निस्क्रिय पारेको छ । गएराति ९ बजे बम राखेको हल्ला चलेपछि नेपाल प्रहरीले सो स्थान नियन्त्रणमा लिई निस्क्रिय पार्न नेपाली सेनालाई आग्रह गरेको बताएको छ ।
उता, पर्वतको सदरमुकाम कुश्मा बजारस्थित शिवालय–४ बगँैचाचोकमा अज्ञात समूहले राखेको सुतली बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय  पारेको छ । नेकपा–माओवादीले कात्तिक २५ र २६ गतेका लागि आह्वान गरेको बन्दको पहिलो दिन उक्त बम फेला परेको हो । बम राखेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले नेकपा–माओवादी पर्वतका जिल्ला सहसेक्रेटरी हरि पौडेललाई पक्राउ गरेको छ । बिहान सबेरै करिब ५ बजे बम राखिएको जानकारी पाएपछि नेपाली सेनाको टोलीले करिब तीन घन्टाको प्रयासपछि बम निष्क्रिय  पारेको हो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide