Welcome Guest!
twitter facebook rss

,

एमाओवादीको देशैभरी मतगणना बहिस्कार, धाँदली भएको आरोप

०६ मंसिर, काठमाठौं । एकीकृत नेकपा माओवादीले निर्वाचनको मतगणना स्थगित गर्न माग गरेको छ । देशभरको मतगणनामा धाँदली भएको भन्दै एकीकृत माओवादीको भर्खरै बसेको आकस्मिक बैठकले मतगणना बहिस्कार गर्ने निष्कर्ष निकालेको हो । माओवादीले आफुहरुलाई घेराबन्दीमा पार्ने सड्यन्त्र भएको भन्दै बहिस्कार गरिएको एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिनुभएको छ ।

मतपरिणाम काँग्रेस र एमाले भन्दा धेरै पछि परेपछि काठमाडौको मतगणना भइरहेको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट एमाओवादीका मतगणना प्रतिनिधि र कार्यकर्ताहरु बाहिरिएका छन् । एमाओवादीका प्रतिनिधिहरु बाहिरिएपछि मतगणनामा संलग्न कर्मचारीहरु अन्योलनमा परेका छन् । अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रिय हेडक्वाटरको बैठकले देशैभरका आफ्ना मतगणना प्रतिनिधिहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । बैठकले सबै प्रगतिशिलहरु पराजित हुने चुनाबाट जनाधिकारप्राप्त संविधान नबन्ने जनाउँदै देशभरीका २४० वटै निर्वाचन क्षेत्रका मतगणना प्रतिनिधिलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

यसैबिच मतगणना बहिष्कार गर्ने बैठकको निर्णय वश्चात बदिर्याका ४ वटै निर्वाचन क्षत्रमा मतगणना प्रतिनिधि रहेका एमाओवादीका कार्यकर्ता मतगणना स्थलबाट बाहिरिएका छन् । मतपेटिका लुटिएको, धाादली भएको र देशी विदेशी शक्ति एमाओवादीलाई हराउन लागि परेकाले केन्द्रको निर्देशन अनुसार मतगणना वहिष्कार गरिएको एमाओवादी बदिर्याका इन्चार्ज तथा बदिर्या २ का उम्मेदवार तिलकराम शर्माले बताउनुभयो । मूख्य निर्वाचन अधिकृत ऋषिप्रसाद शर्माले केन्द्रको निर्देशन नआएसम्म मतगणना नरोकिने बताउनुभएको छ ।त्यसैगरी चितवनका ५ वटै निर्वाचन क्षेत्रका मतगणना स्थलबाट पनि एमाओवादीका मतगणना प्रतिनिधिहरु बाहिरिएका छन् । कपिलबस्तु क्षेत्र नं. १ का एमाओवादी उम्मेदवार चक्रपाणि खनाल सहितको टोली चुनावमा धाँदली भएको भन्दै मतगण स्थलबाट बाहिरिएको छ ।

यस्तै धादिङमा पनि मतगणना प्रतिनिधि रहेको एकीकृत माओवालीका कार्यकर्ताहरु बाहिरिएका समावेशी अनलाईनका संबाददाता किशोर अधिकारीले जानकारी दिनुभएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide