National news Top News,
आमरण अनसनको चेतावनी
Posted by Unknown
Published on Saturday, November 30, 2013
एमविविएसको जाँच दिई पढ्न जान नपाएका पीडित विद्यार्थीहरुले एक हप्ताभित्र पढ्न जान नपाएमा आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
गत २०६९ माघ ६ गते एमविविएसको जाँच लिएको र माघ ११ मा परिक्षाफल प्रकाशित गरिएका २ सय २० जना मध्ये ७६ जना विभिन्न त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुमा गएका र करिब १३२ जना विद्यार्थीहरु २०१३ अगष्ट सेसनको काठमाडौं विश्वविद्यालयबाट मान्यताप्राप्त मेडिकल कलेजहरुमा पढ्न जानुपर्नेमा नोबेम्बरको अन्तिम मिति हुदासमेत पढ्न जान नपाएको भन्दै पीडित विद्यार्थीहरुले शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई चेतावनी दिएका हुन् ।
शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र काठमाडौं विश्वविद्यालय यसै गरी अनुत्तरदायी भैरहने हो भने सड्क संघर्ष, जुलुस रिले अनसन बस्ने र त्यसबाट पनि सम्बन्धित निकायले वेवास्ता गरे आपूmहरुको पढ्न पाउने अधिकार सुनिश्चित गर्नका लागि आमरण अनसन बस्न बाध्य हुने राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले बताएका छन् । शिक्षा मन्त्रालयले गत वर्ष नाम निकालेका विद्यार्थीहरुलाई पढ्न नपठाई नयाँ शैक्षिक सत्रको लागि आगामी मंसीर २९ गते जाँच सूचना प्रकाशित गरेर आपूmहरुलाई घर न घाटको बनाएको उनहरुको आरोप छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.