National news Top News,
७५० वटा गुनासा मध्ये ५२२ वटाको सुनुवाइ
Posted by Unknown
Published on Friday, November 1, 2013
काठमाडौँ, १५ कात्तिक । जनताको गुनासो सुन्न स्थापना गरिएको हेलो सरकारमा गत असोज महिनामा ७५० वटा गुनासा प्राप्त भएकामा ५२२ वटाको सुनुवाइ भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले आज आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरेर जनताले टिपाएका गुनासालाई समयमै समाधान गर्ने प्रयास गरेको जानकारी दिनुभयो । बाँस्कोटाले ५९ वटा उजुरीलाई हेलो सरकार कक्षले नै समाधान गरेको र ३८ वटा उच्च प्राथमिकता प्राप्त उजुरीलाई कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जानकारी दिनुभयो ।
गत असोज महिनामा प्राप्त उजुरीमध्ये ३५९ उजुरीलाई प्राथमिकता राखिएको र २५८ उजुरीलाई साधारण गुनासामा राखिएको र वर्गीकृत गुनासालाई सम्बन्धित मन्त्रालयका ‘नोडल अधिकृत’लाई समाधानका लागि पठाइएकामा ५२२ वटाको समाधान भएको छ । हेलो सरकारमा विशेष गरी तोकिएको समयभन्दा बढी विद्युत्भार कटौती गरिएको, श्रम कार्यालयमा काम नभएको, वैदेशिक रोजगार विभागमा हाकाहाकी घुस मागेको, राहदानी वितरणमा ढिलासुस्ती भएको, टेलिफोन सेवालाई मर्मत नगरिएको, राजमार्गका होटलहरुले बासी खाना खुवाएको, चाडवाडका बेला तोकिएभन्दा बढी भाडा लिएकोलगायतका उजुरी परेको सचिव बाँस्कोटाले जानकारी दिनुभयो ।
यस्तै हेलो सरकारमा गौतम बुद्धको जन्मबारेको गलत प्रचार गर्ने टिभी च्यानल बन्द गर्नुपर्ने, काठमाडौँको सडक चौडा पार्ने अभियानको कामलाई तीव्रता दिनुपर्ने, तोकिएको समयमा परीक्षाफल प्रकाशित नभएको, सबै स्थानमा विद्यार्थी परिचयपत्रको आधारमा छुट नदिएकोलगायतका उजुरी प्राप्त भएको छ । त्यस्तै संविधानसभा निर्वाचन तोकिएको समयमा होला कि नहोला, शान्ति सुरक्षाको स्थितिमा सुधार भएन, दलहरुकाबीच सहमति होला वा नहोला भन्ने राजनीतिक खालका प्रश्नहरु समेत आएको सचिव बाँस्कोटाले जानकारी दिनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.