Welcome Guest!
twitter facebook rss

,

तिहार सुरु भयो ।

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आज बाट विधिवत रुपमा सुरु भएको छ । तिहारको पहिलो दिन आज कागलाई मीठा खानेकुरा दिएर पुजाआजा गरेर हिन्दु धर्मावलम्बीहरुले काग तिहार मनाएका छन् । कात्र्तिक कृष्ण त्रयोदशीदेखि कात्र्तिक शुक्ल द्धितियासम्म मनाइने तिहालको पहिलो दिन आज बिहानै कागको पुजा गरिएको छ ।कागलाई सबैभन्दा चतुर पंक्षी मानिन्छ । शुभ –अशुभ दुवै प्रकारका सन्देश बाहकका रुपमा कागलाई प्रत्येक दिन बिहान खाना खानअघि घरको कौसी वा छानामा भात पन्छाउने चलन भए पनि आजको दिन रोटीका साथै अन्य परिकारसमेत खुवाउने गरिन्छ । कागले अशुभ सन्देश पनि ल्याउने हुनाले काग कराउनसाथ ‘शुभबोल’ भन्ने चलन छ । आजदेखि भाइटीकासम्म यम पञ्चक मनाइन्छ ।
यस्तै यमपञ्चकको दोस्रो दिन भोली घरको रक्षक एवं द्धारपाल कुकुरको पूजा गरेर कुकुर तिहार मनाइने छ । यसैगरी, आइतबार घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिदै छ । यसै दिन भैलो पनि खेल्ने चलन छ । सोमबार गते गोवद्र्धन पहाडको पूजा गरिदै छ । यसै दिन अमृत दूधपान गराउने गाई र खेतबारीमा प्रयोग हुने गोरुको सम्मान गरी पूजा पनि गरिन्छ ।

वर्षको तिहारको भाइटीकाको उत्तम साइत १९ कात्तिकको बिहान ११ बजेर २७ मिनेटमा रहेको नेपाल पञ्चांग निणर्यक समितिले जनाएको छ । समितीका अनुसार उत्तम साइतमा टीका लगाउन नपाउनेले दिनभर टीका लगाउँदा पनि शुभ हुनेछ ।

यसैबिच आज नै आयुर्वेदका प्रणेता धन्वन्तरी जयन्ती पनि मनाइदै छ । भैष शास्त्रका धनन्वन्तरिले अवतार लिएको शास्त्रोक्त कथन अनुसार धन त्रयोदशी मानेर वैद्य राजहरुले धन्वन्तरि पूजा गर्ने परम्परा छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide