National news Top News,
एमाले उम्मेदवार मृत घोषणा
								Posted by Unknown
								Published on Thursday, October 10, 2013
काठमाडौ, आश्विन २४ - एमाले बारा क्षेत्र नं।- ४ का उम्मेदवार एवं केन्द्रीय सदस्य महमुद आलमलाई मृत घोषणा गरिएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखिएको आलमको अस्पतालले केहीबेर अघि मृत्यु भइसकेको घोषणा गरेको छ ।   एमाले नेता नजीर मियाँले  उनको शव शिक्षण अस्पतालबाट निकालेर पार्टी कार्यालयमा लैजाने  छलफल भइरहेको बताएका छन् । 
आलमको शव गृहजिल्ला बारा स्थित परवानीपुरमै लगेर अन्त्येष्टि गरिने मियाँले जानकारी दिए ।   संविधानसभा निर्वाचनका लागि उम्मेदवारी दिएकै भोलिपल्ट असोज १८ गते बाराको परवानीपुरस्थित चसावती मिल अगाडि आलमलाई गोली हानिएको थियो । गोली लागेर गम्भीर घाइते भएका उनलाई  बिहीबार अस्पतालले मृत घोषणा गरेको हो । एमाले निकट मुस्लिम इत्तेहाद संगठनका अध्यक्षसमेत रहेका आलमलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





 

