National news Top News,
चुनाव भाँड्न ठूलो घटना घटाउने टाइगर्सको चेतावनी
								Posted by Unknown
								Published on Wednesday, October 9, 2013
 काठमाडौं, असोज २४–तराईको सशस्त्र समुह मधेस मुक्ति टाइगर्सले (तराई) ले 
बारामा भएको चुनावी कारवाही कुनै धर्म वा जात विशेषको कारवाही नभएको बताएको
 छ । एमाले उम्मेदवार महमुद आलममाथि गोली प्रहारको जिम्मा लिएको सो समुहका 
अध्यक्ष दाबी गर्ने राजन प्रतापले आलममाथिको कारबाही नितान्त चुनावी 
कारबाही भन्दै कुनै धर्म वा जात विशेषको कारबाही भएको दाबी गरेको हो । 
सो  चुनावी करवाहीलाई सरकारले सत्य(तथ्य कुराहरु सार्वजनिक गरेमा देशको 
चुनावी माहौल नै बिग्रने खतरा देखेकोले अनावश्यक प्रचारवाजीमा लागि परेको 
आरोप लगाएको छ ।  प्रतावले आफ्नो फेसबुक वालमा लेखेका छन्,  ‘सरकारको 
सोचाइमा वास्तविकता बाहिर आए त्यसले चुनावको माहौलमा नकारात्मक असर पर्ने, 
चुनावको उत्साह कम हुने, सांप्रदायिक सदभाव खलबलिने र उम्मेदवारहरुमा 
असुरक्षाको भावना आउने जस्तो धेरै चुनावी खतरा रहेका छन् ।’
 सरकाले जाती सुकै अनावश्यक प्रचारवाजी गरे पनि मंसिर ४  गते संविधान सभाको
 निर्वाचन कुनै पनि हुनै नसक्ने ठोकुवा समेत गरेको छ । उसले चुनावलाई 
प्रभावित पार्न  फेरि–फेरि पनि यो भन्दा ठूलो करर्वाही गर्ने समेत चेतावनी 
दिएको छ । 
आलमको गोली प्रहार लगत्तै राजन प्रताप समुह र अर्जुन सिंह नेतृत्वको तराई 
जनतान्त्रिक पार्टी (मधेस)ले  घटना आफूहरुले घटाएको दाबी गरेको थियो । 
तर, सरकारद्वारा गठीत छानबिन समिति र केन्द्रीय अनुसन्धान ब्यूरोले 
अन्तराष्ट्रिय शक्तिको हात रहको हुन सक्ने आशंका गरेको छ । सशस्त्र समुहले 
घटना आफूले घटाएको दाबी गरेपनि त्यसमा अन्तराष्ट्रिय शक्तिकै हात रहेको हुन
 सक्ने आशंका गरेको हो । छानबिन समितिको अनुसन्धान अनुसन्धान प्रक्रिया 
अहिले पनि जारी छ । एआईजी दिनकरसमसेर राणाको संयोजकत्वमा गठीत तीन सदस्यीय 
छानबिन समितिले  सत्यतथ्य पत्ता लगाएर एक साताभित्र प्रतिवेदन बुझाउने छ । 
 
यता त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको आलमको  अवस्था 
अत्यन्तै गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

अत्यन्तै गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.