Person Tekman photo,
को हुन् अग्निप्रसाद सापकोटा ?
								Posted by Unknown
								Published on Monday, October 7, 2013
म बुबा धनपति सापकोटा र आमा तिलमाया सापकोटाबाट वि.स.२०१४ साल फागुन २४ गते सिन्धुपाल्चोक जिल्लाको कुभिण्डेमा जन्मिएको रे । हामी चार दाजुभाइमा ठूल्दाइ टीका, माइलादाइ हरिप्रसाद, साइलो म र कान्छो कृष्णप्रसाद छौं । तीन दिदीबहिनीमा दुईजना बितिसक्नुभयो । ठूलीदिदी मात्र हुनुहुन्छ ।

मेरो विवाह २०३३ साल जेठमा तारादेवी सापकोटास“ग परम्परागत रुपमा भएको हो । उनी पनि पूर्णकालीन सदस्य बनेर पार्टीमै हिंडेकी छिन् । उनी सामान्य साक्षर मात्र हुन् । हाम्रो अरु सम्पूर्ण परिवार पनि अहिलेसम्म पार्टीमै छ । ठूलाबा, काकाबालगायतका सबै परिवार कुनै न कुनै रुपमा जनयुद्धमा सामेल छन् । ठूल्दाइको दुई छोरामा दुवै सहीद भए । कान्छोभाइकी जेठीछोरी सुभद्राको अनेकोट (सा“स्कृतिक टोली)मा हत्या भयो । जेठोछोरा रेवतीप्रसाद सापकोटालाई राम्चेमा घेरा हालेर हत्या गरे । कान्छो (प्लाटुन कमाण्डर) प्रेम सापकोटाको सल्लेरीमोर्चामा शहादत भयो ।
मेरो विवाह २०३३ साल जेठमा तारादेवी सापकोटास“ग परम्परागत रुपमा भएको हो । उनी पनि पूर्णकालीन सदस्य बनेर पार्टीमै हिंडेकी छिन् । उनी सामान्य साक्षर मात्र हुन् । हाम्रो अरु सम्पूर्ण परिवार पनि अहिलेसम्म पार्टीमै छ । ठूलाबा, काकाबालगायतका सबै परिवार कुनै न कुनै रुपमा जनयुद्धमा सामेल छन् । ठूल्दाइको दुई छोरामा दुवै सहीद भए । कान्छोभाइकी जेठीछोरी सुभद्राको अनेकोट (सा“स्कृतिक टोली)मा हत्या भयो । जेठोछोरा रेवतीप्रसाद सापकोटालाई राम्चेमा घेरा हालेर हत्या गरे । कान्छो (प्लाटुन कमाण्डर) प्रेम सापकोटाको सल्लेरीमोर्चामा शहादत भयो ।
ठूल्दाइका दुई छोरी र माइलादाइका तीन छोराहरू सबै पार्टीमै छन् । जेठो विष्णु ‘जुगल’ रेडियो मैत्री, माइलो माधव सिन्धुपाल्चोक जिल्ला पार्टीमा र कान्छो ईश्वर काठमाडौं जिल्ला पार्टीमा छन् । मेरा छोराहरू दीपक क्रान्तिकारी पत्रकार संघमा, माइलो रुपक अध्ययनमा र कान्छो अनुशील विद्यार्थी संगठनमा छन् । कान्छोभाइकी माइली छोरी सीता जिल्ला पार्टीमा छिन् । साइली विद्यार्थी संगठनमा र कान्छी पढ्दैछिन् । छोरा भरत पढ्दै विद्यार्थीमा काम गर्दैछन् । 
स्वभाव  
मेरो पहिलेदेखि नै अलि नरम र आदर्शखालको सोच हुन्थ्यो । २२ वर्षबाट मात्रै मासु खान थालेको हो । हिंसा मन नपराउने भन्ने बा–आमाको भनाइबाट प्रभावित भइयो । म पहिलेदेखि नै एकान्तप्रेमी थिए“ । दोस्रो राष्ट्रिय सम्मेलनमा क.प्रचण्डको समापन भाषण हु“दा र पार्टीमा निकै ठूलो अन्तर्विरोध भएर चुनवाङ बैठकमा भएको एकतापछि म राजनीतिक जीवनमा निक्कै  खुशी भएको छु ।
शिक्षा 
विद्यार्थी जीवनमा खेतीपाती, घा“स–दाउरा गरिन्थ्यो । निम्नमध्यम किसान परिवार भएकाले हामीलाई सामान्य खान–लाउन मात्र पुग्थ्यो । त्यतिबेला सदरमुकाम चौतारामा मात्र हाइस्कूल थियो । पा“च कक्षासम्म गाउ“कै प्राथमिक विद्यालय (कालीदेवी)मा र चौताराको श्रीकृष्ण माविबाट २०३१ सालमा एस.एल.सी. पास गरियो । २०३२ साल माघ २ गतेदेखि मैले प्राथमिक शिक्षकमा नियुक्ति लिएर डिग्रीसम्मको अध्ययन प्राइभेट नै गरे“ ।  आइएमा अर्थशास्त्र र बिएमा अर्थशास्त्र र नेपाली पढियो । समाजशास्त्रमा एमए गर्दैथिए“, पूरा भएन । 
सबभन्दा पहिले तातोपानीको सीमामा बोक्चेल प्राविमा छ महिना पढाए“ । त्यसपछि १० महिना सानोठिमीमा तालिम लिए“ । बागभैरब निम्न माध्यमिक विद्यालय (ठोकर्पा) को हेर्डमास्टर भए“ । जनजागृतिको हेडमास्टर हु“दा–हु“दै बिए पास गरें । कुभिण्डेको सेतीदेवी मावि र जनजागृति बनाउनमा पनि मेरो पहलकदमी छ । देउसी खेलेर रकम संकलन गरी ती विद्यालय बनाइयो । शिक्षक आन्दोलन भएकाले प्रशासनले हामीलाई एकदम नराम्रोस“ग हेर्दथ्यो । हाम्रो कारणले सरकारले त्यति सहयोग नगरे पनि जनसहयोगबाट त्यो चल्यो । खासगरी शिक्षक संगठनमा असाध्यै सक्रिय भएको हुनाले ०३६ सालको आन्दोलनपछि नया“ जागरण आयो । त्यसपछि हामी पनि शिक्षक आन्दोलनमा सहभागी भयौं । त्यही“बाट नै म कम्युनिष्ट पार्टीको सदस्य भएको हु“ । सिन्धुपाल्चोकमा त्यो बेला चौथो महाधिवेशन थियो, जसको संस्थापक सचिव म नै हु“ । 
अनौपचारिक अध्ययन 
मलाई सबैभन्दा बढी मन छुने पुस्तकहरूमा ‘चम्किलो रातो तारा’, म्याक्सिम गोर्कीको ‘आमा’ हुन् । अझ जोन रिडका ‘संसारलाई हल्लाइदिने दस दिन’ ले बढी प्रभाव पार्दथ्योे । हामी बढी फिल्डवर्करजस्ता भयौं । संगठन निर्माण, विस्तार, पछिल्ला समयमा फौजी कारबाहीको व्यवस्थापन गर्दा बढी समय बित्ने भयो । खासगरी शास्त्रीय अध्ययनमा हामीलाई असाध्यै कम समय हुन्थ्यो । तत्कालीन पार्टीका दस्तावेज पढ्नमै समय बित्थ्यो । 
अलि ध्यान त दर्शनसम्बन्धी अध्ययनमा हुन्थ्यो, समय पाउ“दा वैज्ञानिक समाजवाद आदि पढ्ने पनि रुचि छ । अध्ययनको लागि अध्ययन भन्दा पनि समस्या हल गर्ने गरी पढियो । खास रुपमा ज्ञानको आयतन भन्दा पनि सर्वहारा दृष्टिकोणको कुरा मुख्य रहेछ । शास्त्रीय धरातल कमजोर भयो भने त फेरि दृष्टिकोणमा पनि असर त गर्छ तर बढी प्रचण्डपथले सिकाएको किताबीदर्शन र जीवनदर्शनको ङ्खयूजन हुनुपर्छ भन्ने हो । बढी त हाम्रो जीवन दर्शनतर्फ नै गयो तर त्यसलाई सजीव पार्न मौका पाएसम्म अध्ययन गरियो । 
पछिल्लो युद्धविरामपछि त बैठक, भेला, भेटघाट आदिले गर्दा फुर्सदै पाएको छैन । आजभोलि बिहान–बेलुका पत्र–पत्रिकासम्म पढ्ने समय पुग्दैन । 
मनोरञ्जन 
फिल्म हेर्न त्यति मौका नै मिलेन । तैपनि फूलनदेवीको ‘ब्याण्डिड क्वीन’, ‘प्रेमनगर’, भगतसिंह, लालसलाम, सिन्दूर आदि फिल्म हेरेको छु । भर्खरै पार्टीले निकालेका कयौं क्रान्तिकारी सिडीहरू पनि हेरेको छु । 
शिक्षक आन्दोलन 
प्रशासनको वक्रदृष्टि परेकाले हाइस्कूलको हेडमास्टर जोगीलाई हात्ती दान जस्तो भयो । म ०३७ सालमा शिक्षक संगठनको जिल्ला अध्यक्ष थिए“ । ०४३ सालमा केन्द्रीय उपाध्यक्ष र ०४४ लाग्ने बेलामा महासचिव भए“ । महासचिव हुनेबेलामा हाइस्कूलको हेडमास्टर, पार्टीको जिल्ला सेक्रेटरी भएर यी तीनवटालाई तालमेल गरेर अगाडि बढ्न निकै गाह्रो हुन्थ्यो । ०४६ सालको जनआन्दोलन शुरुपछि मलाई स्कूलबाटै गिरङ्खतार गरियो । धु्रव पराजुली ‘सन्तोष’ र मलाई पढाइसकेर गेटनिर झर्दैगर्दा पुलिसले पक्रियो । चौतारा जेलमा दुई महिना जति राखियो । पद्यमरत्न तुलाधर, हरि रोक्का, रुपनारायण श्रेष्ठ, योगेश भट्टराई, मीठाराम बजगाईंहरू पनि त्यही जेलमा थिए । आन्दोलनपछि पार्टी एकता भयो, त्यो सिलसिलामा चुनाव उपयोग गर्ने पार्टीको निर्णयअनुसार मैले क्षेत्र नं. २ बाट उमेद्वारी दिए“ । त्यसबेलाबाटै जागिर छाडेर पूर्णरुपमा राजनीतिमा होमिए“ । 
राजनीतिमा प्रेरणा
सिन्धुपाल्चोक चीनको खासासित जोडिएकाले अरनिको राजमार्ग बनाउन चिनिया“हरू आए । उनीहरूले नै सुनकोशी जनविद्यूत् योजना निर्माण गरे । माओको स्कुलिङबाट उनीहरूको नेपाली गरिब जनताप्रति हुने सम्मान, रुजान आदिले असाध्यै प्रभाव पार्दथ्यो । तिनीहरूले एकपटक सा“स्कृतिक कार्यक्रम गरेका थिए । त्यो बुझ्न त सकिएन तर रङ्गमञ्चमा जुन देखियो, त्यसले असाध्यै गहिरो प्रभाव पा¥यो । त्योबेला  म बोर्डरमा पढाउ“थें । त्यहा“का मान्छेहरू ‘चिनिया सरकार असाध्यै जाती छ, बिरामी हु“दा हामीलाई उपचार खर्च लिदंैन । तर नेपाल सरकार त्यस्तो छैन, त्यसैले हामी माथि नै जान्छौं’ भन्थे । मैले पढाउनेदेखि उता लाप्टाङ (तिब्बत) थियो, त्यहा“ २४ सै घण्टा चिनिया“ धुन बज्दथ्यो । त्यहा“ गहु“ काट्ने ठाउ“मा पनि डाक्टरहरू स“गस“गै आउने गरेको देखिन्थ्यो । एकप्रकारले त्यो चिनिया“ क्रान्तिकारी धुन सुनिरहन मन लाग्दथ्यो । त्यतिबेला माओ पनि जिउ“दै हुनुहुन्थ्यो । त्यसैले उहा“को ज्यादै प्रभाव थियो । त्यतिबेला  सिन्धुपाल्चोकमा माओका रेडबुकहरू प्रशस्त पाइन्थे । त्यसबाट पनि गहिरो प्रभाव प¥यो । मेरा बा–आमाको चिन्तन पनि विस्तारै सामन्तवादी उत्पादन प्रणालीबाट पू“जीवादी उत्पादन प्रणालीमा जाने बन्यो । खेतीपातीमा नअल्झिएर मिल थाप्नु, ठेक्कापट्टा गर्नु जस्ता जोखिम लिने खालका कामहरू गर्नुहुन्थ्यो बुबाले । आमा अलि हक्की, खुला र स्पष्ट पनि हुनुहुन्थ्यो । बुबाको स्वभाव अलि हठी र पैसाप्रति बढी मोह थियो । बुबाको जनताप्रति हुने असहज व्यवहारप्रति संघर्ष गरियो । त्यसपछि बुबालाई समाजमा अप्ठ्यारो हुनेखालका काम गर्न नदिन घरबाट सबै मिलेर दबाब दिइयो । त्यसरी घरबाट नै एकता भएर छलफल गर्दै टोल र गाउ“सम्म त्यो क्रम चल्यो । 
जिल्लामा कम्युनिष्ट पार्टी गठन गरेपछि सक्रिय बन्दै गइयो । पा“चौ महाधिवेशनपछि क.प्रचण्ड त्यतिबेला ‘विश्वास’ को नामले चर्चित हुनुहुन्थ्यो । उहा“ सिन्धुपाल्चोकमा गएर जिल्ला कमिटीका म, केशव नेपाललगायतका साथीलाई राखेर कुरा गरिसकेपछि त्यहींबाट निरन्तर सक्रिय भइयो । नेपालको सन्दर्भमा शुरुदेखि अहिलेसम्म अटूट रुपमा प्रचण्डकै प्रभाव प¥यो । 
राजनीतिक जिम्मेवारी 
०३६ सालमा सिन्धुपाल्चोकको जिल्ला सेक्रेटरी भएपछि, ०४३ कै आखिरबाट क्षेत्रीय व्यूरो र ०५१ सालमा केन्द्रीय सदस्य भइयो । जनयुद्धको शुरुमा पहिलो दिन काभ्रेको तिमालमा दौलत तामाङ सामन्तको घर कब्जा भएको फौजी कारबाहीमा भाग लिइयो । त्यसपछि मेरो कार्यक्षेत्र मेची÷ कोशीमा भयो । त्यहा“को उपक्षेत्रीय इञ्चार्ज थिए“ । त्यो बेला सलपुर वन कार्यालय (मोरङ) बाट चारवटा राइफल कब्जा भए । त्यसैगरी कुञ्जिबारी (झापा)बाट पनि पा“चथान राइफल (०५३) कब्जा गरियो । त्यतिबेला इञ्चार्जको हैसियतले पूर्वमा राजनीतिक फौजी काम–कारबाहीमा लागियो । ०५६ सालमा आलोकप्रवृत्तिको भण्डाफोर भएपछि पूर्वाञ्चलमा तीनवटा उपव्यूरो बन्यो । त्यसमा १ नं.उपक्षेत्रको इञ्चार्ज बनायो पार्टीले । ०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनपछिको केन्द्रीय समितिको बैठकबाट म पोलिटब्यूरो सदस्य भए“ । 
ओखलढुंगाको रुम्जाटार र सिन्धुपाल्चोकको चौताराका युद्धमोर्चामा प्रत्यक्षरुपमा फिल्डमै जाने अवसर मिल्यो ।  योजनाहरू बनाउने कुरामा सहभागी भए पनि धेरै मोर्चाहरूमा १५÷२० मिनेटको नजिकैसम्म गइन्थ्यो । ०५८ सालमा देउवा सरकारस“ग हाम्रो पहिलो वार्ता हु“दा वार्ताटोली सदस्य र क्रान्तिकारी जनपरिषद्को स्थापनाबाटै त्यसको सदस्य पनि भइयो ।  
०४२ सालको बमकाण्ड ठीक अगाडि शिक्षक संगठनको एकसय ३८ दिन लामो आन्दोलन भयो । वैशाख १५ गते रत्नपार्कमा हाम्रँे ठूलो प्रदर्शन थियो । त्यो दिनको जुलुसको नेतृत्व गर्ने जिम्मा मेरो र राजेन्द्र पाण्डेको थियो । त्यसबेला अच्युतकृष्ण खरेल डि.आइ.जी. थिए । उसले महेन्द्र पुलिस क्लबबाट आएर सिधै पक्रेको थियो । हजारौं मान्छेको बीचमा पक्रेपछि नारा लगायौं । खरेलले हामीलाई नराम्रो गाली दिंदै बेला–बेलामा फोहोर कुरा पनि ग¥यो । एकजना प्रहरी सहायक निरीक्षक (सई) हाम्रा अगाडि आएर ‘फूलको माला लगाइदेऊ भने लगाउ“छौ, गोली हान भने हान्छौं’ भन्थ्यो । त्यो भनाई अझै सम्झनामा आइरहन्छ । त्यसपछि छ महिना सेन्टर जेलमा बसियो । अध्ययन पनि राम्रै गरें मैले त्यहा“ । त्यसबेला जेलमा प्रदीप गिरीस“ग राजनीतिक, वैचारिक बहस हुन्थ्यो । 
रोचक घटना 
मेरा लागि सबैभन्दा कठिन र रोचक घटना ०६२ चैत्र १४ गतेको सिन्धुपाल्चोकको ठोकर्पा घटना बन्यो । साथीहरूले काभ्रेको दारेगौंडामा ठूलो कारबाही गरी शाही सेनालाई ठूलै धक्का दिएका थिए । त्यहा“ हाम्रा ३२ जनाले नै उनीहरूका ६० जनालाई कब्जा गरेका थियौं । तीनवटा एल.एम.जी. एकैदिन कब्जा भयो । यसले गर्दा उनीहरू असाध्यै आक्रमक थिए । पहिलो त वाङथलीमा युद्धकै बेला ठूलो सभा गरेका थियौं । जनआधार भएका त्यस्ता ठाउ“मा हामीले एकपछि अर्को ठूल्ठूला राजनीतिक र फौजी कारबाही गर्दै आएका थियौं । त्यसबाट त्रसित उनीहरूले मलाई सिध्याउन आक्रमणको योजना बनाएका रहेछन् । ठोकर्पामा युद्धमा विजयी साथीहरुलाई अभिनन्दनको कार्यक्रम राखिएको थियो । कमाण्ड इञ्चार्ज अनन्त पनि त्यहा“ जानुभएको थियो । अनन्त जानुभएको भने उनीहरूलाई थाहा थिएन । संगठन र जनआधारका हिसाबले ठोकर्पा केही कमजोर थियो । त्यहींबाट जनतालाई हाम्रा कुराहरू लाने योजना थियो । तर जनआधार नभएपछि जासुसहरू घुसेछन् । पूरा ब्रिगेड केन्द्रित भइसकेको थियो । हामी मोटर चढेर बाफलपट्टिबाट गयौं । कार्यक्रमस्थलमा गइसकेपछि कमाण्ड इञ्चार्जलाई पनि देखे । म आउने कुरा उनीहरूलाई पहिल्यै निश्चित थियो । हामी सामान्यै ढंगले खाना खाएर हात चुठेर कौशीमा मात्र बसेका थियौं, आकाशमा हेलिकप्टरहरू उड्न थाले । एकछिनपछि त जासुस विमान पनि आयो । त्यसपछि कमाण्डरहरूलाई सतर्क रहन निर्देशन गर्दा–गर्दै बमबाडी गर्न थालिहाले । तल मोबाइल लाग्ने ठाउ“मा शाही सेनाको मान्छे रहेछ । उसले फोन गरेर माथि जानकारी दिएछ । स्कूल पनि उडाइदिए हुन्छ, निलो टिनको घरमुनि बसेका छन् भन्ने सुनियो । हामी रेडियो सुनेर उसले भनेकै घरमा बसिरहेका थियौं । विस्तारै सर्दै तल गयौं । उनीहरूले ‘आज स्कूल छुट्टी छ पूरै स्कुल उडाइदे’ भनेका छन् । ठूला–ठूला रुख भा“चिने गरी सेलहरु हानेका छन् । यस्तो हु“दाहु“दै हामी तल जंगलमा आइपुग्यौं । केही शान्त भयो । ‘यिनीहरू इन्धन भरेर फेरि आक्रमण गर्न आउ“छन्’ भन्ने खबर त आएको थियो तर चार बजेसम्म आएनन् । यही आधारमा आज आउ“दैन होला भन्ने ठानियो । अलिबेर जंगलमै बसियो । त्यसैले पा“चबजे उठेर फेरि हिड्यौं । कलाकारको ठूलो टोली त्यहीं रहेछ । एकछिनपछि त फेरि आइहाल्यो । बल्ल÷तल्ल कान्लामुनि गएर कभर लियौं । त्यो लामो डेढसयको टोलीले त कसरी कभर लिने ? आइहाल्यो स्काइभ्यान † ओरालो लाग्दै खोलामा पुग्यौं । बल्ल–बल्ल माथि लाग्यौं । डेढसयको ता“ती खोलामा झ¥यो । तीन सय मिटर नजिकै पारिपट्टि सेना आइहाल्यो । हाम्रा साथी भनेर हे¥यौं, हाम्रा त होइन रहेछन् । केही कुरो नै नमिल्ने । ठ्याक्कै नजिकै हेलिकप्टर राखेर हान्न थालिहाल्यो । चारैतिरबाट गोलीहरू आउन थालिहाल्यो । हामीस“ग एउटा मात्र एलएमजी थियो । माथि गएर एल.एम.जी. खोल भनेर अनन्तजीले आदेश दिनुभयो । साथीहरूले साहसका साथ एलएमजी खोलेपछि उकालो चढ्नसक्यौं । मनोबलै सिद्धिसकेको थियो, प्रतिरोध हुनथालेपछि मात्र मनोबल उठ्न थाल्यो । फेरि कभर केही पनि थिएन । अनन्त, उषा, म आङ्खनै ढंगले दौडियौं । कान्छो छोरा अनुशील पनि थियो । ऊ त अल्मलिएर गोली आएपट्टि नै आनन्द मानेर हेरिरहेको थियो । चान्सले बच्यो । हामीलाई उकालो जान कठीन भैरहेको छ । उता अनन्तजी माथी लैजानुप¥यो भनिरहनुभएको थियो । माथी र तलबाट गोली हानिराखेको छ, सबैलाई उसले देखिरहेको पनि थियो । एउटा तेर्सो परेको ढुङ्गामा गएर बन्धु र मैले कभर लियौं । अलि मत्थर भएपछि बन्धुजी स्वाट्ट जानुभयो । मेरो सेतो कमिज थियो । उहा“लाई सोझ्यायो । ‘म पनि यहीबेलामा जानुपर्छ’ भनेर जा“दा त तीनवटा गोलीले भेटिहाल्यो । दाहिने हात नै छेडेर गयो गोली । पेटमा लागेको त थाहै भएन । हातबाट रगतको धारा बगिहाल्यो, उता झाडीमा गएपछि मात्रै गोलीले पेटको छाला छेडेर गएको र तेस्रो गोली अनाडीनिरै लागेको थाहा पाए“ । त्यहा“ पनि बस्ने स्थिति छैन । पातलो उन्यूका झाङहरू मात्र छन् । हिड्नसकेको थिइन् । अलि माथी जानुपर्छ भन्ने थियो । रगत बगिरहेको छ, म हिडिरहें । त्यसपछि माथी खेतमा खाली ठाउ“मा पुगेपछि त पुनः हान्न थालिहाल्यो, अब उपायहरू लाग्दैन क्यारे भनेजस्तो त्यहा“ भयो । 
हामी जता बढेका छौं, त्यतै हेलिकप्टरबाट सेना राख्यो भन्ने सुनियो । तलबाट पनि आइराखेको छ, माथीबाट पनि राख्यो भनेपछि त सिद्धिगयो त अब, के सोच्न बा“की रह्यो र † भन्ने भयो । सा“झ पर्न लागेको थियो । सा“झ पनि कहिल्यै पर्दोरहेनछ त्यस्तोबेलामा त । डिलमा पुग्न–पुग्न लागेको छ, त्यही सेना राख्यो भनेपछि त त्रसित भइयो । यथार्थमा त्यहा“ सेना राखेको रहेनछ । पहिला त्यो सुन्दा त त्यही खोल्सामा आराम गरौं भन्ने उत्कर्षमा पुगेका थियौं । त्यहा“ हाम्रो तर्फबाट चारजनाको शहादत भयो । उसले सोचको सफलता त पाएन । तर निकै साथीहरू घाइते भए । त्यस्ता जम्काभेट त सिन्धुली, सर्लाही, जनकपुर धेरै ठाउ“मा भए तर यति ठूलो खतरा अन्त भएको थिएन । 
रौतहटमा... 
धेरै उच्च सर्तकताका साथ रातभरि हिंडेर रौतहटको पिपरियामा बास बस्यौं । रोल्पाबाट केन्द्रीय कमिटीको बैठक सकेर आएका थियौं । साथमा केन्द्रीय सदस्य रितबहादुर खड्का ‘प्रताप’ पनि हुनुहुन्थ्यो । उहा“ डाइनामिक हुनुहुन्थ्यो । भोलिपल्ट (२०५९ सालको असार २ गते) त्यहा“बाट हिंड्ने योजना बन्यो । मोटरसाइकल झिकाइयो । तीनजना बस्नुपर्ने अवस्था थियो । बसेको बाइक हा“क्ने साथी र म निकै तौल भएका रहेछौं । प्रतापजी पनि तीनजनासहित पिपरियाबाट अर्को बाइकमा अगाडि बढ्दै हुनुहुन्थ्यो । बीचमा दुईवटा बाटा रहेछन् । पहिला हामी अगाडि बढ्यौं । अगाडि आएर पर्खेर बस्यौं उहा“हरूलाई । उहा“हरूको बाइक सुपरफाष्ट गयो । त्यो बजारपट्टिबाट गएछ, म भएको अलि फरकमा बजार छल्ने बाटोबाट लग्यो । उहा“हरू अगाडि जानुभो होला भनेर जा“दा त हामी गएको गएै भइएछ । हामी आधाघण्टा जति गएपछि पर्खनुपर्छ भनेर बसियो । त्यो बेला त धेरै खतरा थियो, फेरि चन्द्रनिगाहपुरको नजिकै थियौं । ‘अलिपर जाऔं मान्छेले हेर्छन्’ भनेर अगाडि गएर बसियो । १२ बजे हिडेको मान्छे चार बजेसम्म पनि आउनुभएन । मलाई लाने साथीलाई मेरोबारेमा केही थाहा रहेनछ । ऊ कुरा मात्र गरिरहन्थ्यो । ‘ती साथी त आएनन्’ भन्दै कराइरहने, नेपाली पनि राम्रो नबुझ्ने, फेरि साथीे एक्लै फर्कन्छु भन्थ्यो । ‘मलाई जहा“बाट ल्याएको त्यही लैजाऊ’ भनेर पुनः पहिलेकै ठाउ“मा जान कर गरे । मलाई त्यहा“ कसैले चिनेका थिएनन् । त्यहा“ कुनै घटना घट्यो भन्ने परेको छ, तर उपाय थिएन । उसले पनि फर्काउ“दा आत्तिएर लडाएर हैरान पार्दै पहिलेको ठाउ“मा ल्याइपु¥यायो । बजारमा गोली चलेको भन्ने खबर पनि सुनियो । ड्राइभरलाई पक्रेर लगेको भन्ने पनि आएको छ । पहिलेको घरको मान्छेलाई अर्को घरमा सार्ने कुरा गर्दा त त्यही गाउ“को मिलमा बाहिरबाट ताल्चा लगाएर राख्ने योजना गरे । म मानिन र जबर्जस्ती गरेर हिंडे, राजमार्गमा पुगेपछि त तिनीहरू आत्तिएर चारपाइला हिंड्नासाथ पिसाब फेरिहाल्थे । सा“च्चिकै पिसाब फेर्दा रहेछन् डरले । तै संयोगले कताकताबाट अधिवक्ता कृष्णप्रसाद भण्डारीको घरमा पुगिएछ । को आयो भन्दा, उनीहरू बोल्दै–बोल्दैनन् । नेपाली बोल्दा शंका भैहाल्ने । गौरको छेउमै त्यस्तो । त्यहा“ जमिन्दारको घरमा नोकरको कोठामा सेल्टर राखियो । तिनीहरू फर्किए । भोलिपल्ट एक शिक्षक आए, उनलाई भारत लग्नु भनेको त उनी पनि मस“ग जान मानेनन् । त्यहा“का धेरै बाटाहरूबाट अल्मलिंदै जा“दा एउटा सामान्य मान्छे साइकल चढेर पछि–पछि ‘आउनु’ भन्दै सहयोग गर्दथ्यो । असारको टन्टलापुर घाममा चप्पल लगाएर तराईको कच्ची रोडमा हिड्दै एउटा पुलमा पुगेपछि उसले रिक्सा चढेर जानुस् भन्यो । अझै पनि मलाई गौर पुग्दैछु भन्ने थाहा थिएन । पुलपारी गएपछि त्यो हिडिंहाल्यो । ‘गौर भए पनि जे भए पनि त भइहाल्यो †’ भन्दै जाने विचार गरें । टा“गा लागेको रहेछ, त्यसमा पछाडि एकसिट खाली रहेछ, तै गम्छा ओडेको थिए“ । छिटो लान्छ होला भनेको त उसले प्रहरी कार्यालयकै अगाडि लगेर रोक्यो । तैपनि उनीहरूले मलाई याद गरेनन् । लुम्रुङ्ग परेर बस्दा प्रहरीले अगाडि हे¥यो मलाई चेक गरेन । अनि  भारतीय प्रहरीतिर गएपछि २० मीटरजति हिड्नुपर्दोरहेछ पैदल । मैले त्यहीं पैसा दिन खोज्दा ‘यो मान्छे जान्दोरहेनछ’ भन्ने भयो, त्यही“ नोट गनेको भए सबै थाहा हुन्थ्यो । त्यसरी पारी गएर बाल–बाल जोगियो । 
उता प्रतापजी बजारमा पुग्नुभएछ । त्यहा“ घेरा हालेर गोली हानेछ प्रहरीले । घाइते अवस्थामा प्रतिकार गर्दागर्दै उसले लखेटिरहेपछि वागमतीमा फालहान्नुभएछ उहा“ । तर त्यहीं भासिएर शहादत हुनुभएछ । साथीहरूले निकालेर पछि दाहसंस्कार गरेछन् । यसरी स“गै आएको होनहार साथी गुमाउनुप¥यो ।
स्रोत, कृष्णशेन समाचार सेवा
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

