Welcome Guest!
twitter facebook rss

,

भन्सारबाट जाँचपास भएको सामान खोल्ने अधिकार राजश्व अनुसन्धानलाई मात्र


२० असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भन्सारबाट जाँचपास भएको सामान खोल्ने अधिकार राजश्व अनुसन्धानलाई मात्र भएको स्पष्ट गर्दै कानुनले दिएको हक स्थापित गर्न निर्देशन दिनुभएको छ ।
 अर्थ मन्त्रालयमा आईतबार भएको भदौ महिनाको राजश्व समीक्षा बैठकमा मन्त्री कोइरालाले जाँचपासमा प्रहरी हावी भएको भन्दा पनि आपूmहरु कमजोर भएको रुपमा लिएर सुधारका कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो । 
उहाँले राजश्व अनुसन्धानका क्षेत्रीय कार्यालयहरुलाई प्रभावकारी भएर अघि बढाउन सुझाव दिनुभयो । राजश्वमार्पmत बजेटले लिएको लक्ष्य पूरा गर्न दैनिक ५७ करोड ट्रेजरीमा जम्मा हुनुपर्ने अवस्था रहेको सम्झाउँदै उहाँले ९९ प्रतिशतको उपलब्धिमा चित्त बुझाएर नबस्न आग्रह गर्नुभयो । अर्थ सचिव शान्तराज सुवेदीले  राम्रो काम गरेका कार्यालयहरुको कार्य सम्पादन घट्दै गएकोमा असन्तुष्टि व्यक्त गर्दै १५ वर्षभित्रै भ्याटको अवस्था कमजोर देखिनु यसको जन्मदाताहरुका लागि सुखद खबर नभएको अनुभव व्यक्त गर्नुभयो ।

अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव राजन खनालले यस वर्षको राजस्वको लक्ष्य हासिल गर्न सवै विभागहरुले मासिक कार्ययोजना अनुरुप कार्यसम्पादन गरी त्यसको नियमित अनुगमन गर्न सुझाव दिनुभयो । सो अवसरमा राजश्वसंग सम्बन्धित विभिन्न निकायका प्रमुखहरुले प्रगति विवरण र रणनीतिक योजना प्रस्तुत गर्नुभएको थियो । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide