Welcome Guest!
twitter facebook rss

,

गोली प्रहारको जिम्मेवारी कस्ले लियो ?


१९ असोृज, बारा । बारा क्षेत्र नं. ४ बाट नेकपा एमालेको तर्फबाट आसन्न संविधानसभाको निर्वाचनमा उमेदवार दिएका महमुद आलममाथि गोली प्रहार गरेको जिम्मेवारी मधेसी टाईगर्स (तराई) र तराई जनतान्त्रिक पार्टी (मधेस) ले लिएको छ । दुबै समूहले आज संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै निर्वाचनको विरोध स्वरुप अलामलाई भौतिक आक्रमण गरिएको जानकारी दिईएको छ ।

राजनप्रताप र अर्जुन सिंहको नामबाट जारी विज्ञप्तीमा अन्य उम्मेदवारहरुलाई पनि उम्मेदवारी फिर्ता लिन धम्की दिइएको छ । विज्ञप्ती मार्फत उम्मेदवारी फिर्ता नलिए उनीहरुको हालत पनि आलम जस्तै पार्ने धम्की दिएको छ ।
यस्तै आलमलाई सांघातिक आक्रमण भएको प्रति निर्वाचन पर्यवेक्षण समिति नेपालले आपत्ती जनाएको छ । शान्ति प्रकृयालाई निस्कर्षमा पु¥याउने लक्षका साथ सम्पन्न हुन गईरहेको संविधानसभा निर्वाचनमा राजनैतिक दल र जनसमुदायको उत्साहजनक सहभागिता भई रहेको अवस्थामा यस्ताखाले हिंसात्मक र आतताई कृयाकलापले स्वतन्त्र, निष्पक्ष र भय रहित निर्वाचन सम्पन्न हुने कुरा माथि शंका उत्पन्न भएको पर्यवेक्षण समितिले बताएको छ ।

समितिले आज एक प्रेस विज्ञप्ती प्रकाशि गर्दै यस्ता खाले आततायी गतिविधि आगामी दिनहरुमा नहुन दिन चुस्त र दुरुस्त सुरक्षा व्यवस्थालाई कायम गर्नका लागि नेपाल सरकार, निर्वाचन आयोग लगायत सम्मुर्ण सरोकारवालाहरुमा अपिल गरेको छ । 
राजधानी स्थित शिक्षण अस्पतालमा उपचार गराईरहनुभएका आलमको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् । हिजो बिहान साँढे ११ बजे अज्ञात समुहले गोली प्रहार गरी आलमलाई गम्भिर घाइते बनाएका थिए ।

मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष समेत रहनुभएका आलमको टाउको लगायत शरीरका विभिन्न ठाउँमा गोली लागेको छ । टाउकोमा रगत जमेको देखिएपछि उहाँको हिजो नै टाउकोको शल्यक्रिया गरिएको थियो । प्रत्यक्षतर्फ उम्मेद्धारी दर्ता गरेकै भोलीपल्ट उम्मेद्धारमाथि गोली प्रहार भएपछि निर्वाचन सुरक्षामा आशंका पैदा हुन थालेको छ । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide