Welcome Guest!
twitter facebook rss

,

फेरि तुलसी र प्रकाश च्याम्पियन


काठमाडौं, असोज १९ गते । विश्रन्तिका तुलसीकुमार महर्जन र प्रकाश राईको जोडीले शनिबार मिङ्स पाँचौं बबिनविक्रम विष्ट स्मृति रनिङ सिल्ड ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्स उपाधि जितेका छन् । 

राजधानी स्थित बानेश्वरको भीमसेनगोलामा सम्पन्न फाईनल खेलमा डिफेन्डिङ च्याम्पियन तुलसी र प्रकाशको जोडीले बानेश्वरका केशव पौडेल र तिलक छन्त्यालको जोडीलाई २१–१५ र २१–११ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेका हुन् ।

किङ कम स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा सिनामंगलका वीरेन्द्र कुँवर र ओम योगीको जोडीले तेश्रो स्थानमा चित्त बुझाए । उक्त जोडीले बानेश्वरका दीपक थापा र पुरुषोत्तम ढकालको जोडीलाई २१–१६ र २१–१९ को सोझो सेटमा पन्छाए । पहिलो हुनेले १२ हजार र ¥याकेट, दोश्रोले ८ हजार र ट्रयाकसुट तथा तेश्रोले ५ हजार र टीसर्ट पुरस्कार स्वरुप प्राप्त गरे । प्रतियोगितामा जोरपाटीका कर्मा शेर्पा र छेतेन लामाको जोडी उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले ब्याडमिन्टन किट्स पाए । विजेतालाई नेपाल कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले पुरस्कार प्रदान गरे । भदौ १५ गतेदेखि सुरु प्रतियोगितामा ३६ पुरुष जोडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक निरज कार्कीले जनाएका छन् ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide