breakingnews Political News,
धादिङमा चुनावी चहलपहल
								Posted by Unknown
								Published on Thursday, October 3, 2013
 १७ असोज, धादिङ । निर्वाचन आयोगले आज देशको २ सय ४० वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फबाट उम्मेद्वारी दर्ता गर्ने दिन तोकेपछि विहानै देखी दलका कार्यकर्ताहरुको चहलपहल सुरु भएको थियो । धादिङ जिल्लाबाट आज बिहिबार प्रत्यक्ष र समानुपातिक तर्फबाट ७२ जनाले निर्वाचन कार्यलयमा नाम दर्ता गराएका छन् ।
१७ असोज, धादिङ । निर्वाचन आयोगले आज देशको २ सय ४० वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फबाट उम्मेद्वारी दर्ता गर्ने दिन तोकेपछि विहानै देखी दलका कार्यकर्ताहरुको चहलपहल सुरु भएको थियो । धादिङ जिल्लाबाट आज बिहिबार प्रत्यक्ष र समानुपातिक तर्फबाट ७२ जनाले निर्वाचन कार्यलयमा नाम दर्ता गराएका छन् ।जस अन्तरगत धादिङको निर्वाचन क्षेत्र न. १ मा प्रत्यक्षमा १३ र स्वतन्त्रमा ९ जना गरी २२ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । यसैगरी धादिङको क्षेत्र न. २ बाट प्रत्यक्षमा २० र स्वतन्त्रमा १० गरि ३० जनाले नाम दर्ता गराएका छन् । उता धादिङको निर्वाचन क्षेत्र न. ३ मा प्रत्यक्षमा १७ र स्वतन्त्रमा ५ गरि २२ जनाले उम्मेदारी दर्ता गराएका निर्वाचन कार्यलय धादिङले जनाएको छ । जसअनुसार धादिङबेशीमा पनि दल दर्ता गर्नेको लागी ठुला दल देखी साना दलले समेत गाउँ गाउँबाट कार्यकर्ताहरुलाई धादिङबेशीमा उतारेको थियो । धादिङबेशीमा तीन वटा निर्वाचन कार्यलयको स्थापना गरि कार्यलयले विहानबजेदेखी दल दर्ता कार्य सुरु गरेको थियो । विहानैदेखी सिमसिमे पानी परेपनि पानीको प्रबाह नगरिकन दलका नेताहरुले आफ्नो पक्षका कार्यकर्ताहरुलाई सदरमुकाम धादिङबेशीमा उतारेको थियो ।
एकिकृत नेकपा माओवादीले पनि बाजागाजा सहित भव्य ¥याली निकाली निर्वाचन कार्यलयमा दल दर्ता गरेको छ । धादिङ जिल्लाबाट आफ्नो पक्षका कार्यकर्ताहरुलाई एकताबद्ध गरि हजारौँ कार्यकर्ताहरुलाई एकिकृत नेकपा माओवादीले धादिङबेशीमा उतारेको थियो । पहिलो संविधानसभाको निर्वाचनमा बिजयीहुने नेताहरुलाईनै एकिकृत नेकपा माओवादीले यसपालीको निर्वाचनमा पनि टिकट दिएको छ । धादिङको क्षेत्र न. १ मा एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवं जिल्ला संयोजक पुष्प विक्रम मल्ल, धादिङ क्षेत्र न. २ मा केन्द्रिय सदस्य कल्पना धमला र क्षेत्र न. ३ बाट केन्द्रिय सदस्य एवं मजदुर नेता शालिकराम जमरकट्टेले नाम दर्ता गरिएको छ । पहिलो संविधाना सभाको निर्वाचनमा पनि एकिकृत नेकपा माओवादीले तीन वटै निर्वाचनमा क्षेत्रमा बिजयी हासिल गरेको थियो । यसैगरी नेकपा एमाले र नेपाली काग्रेसले पनि बाजागाजा सहित निर्वाचन कार्यलयमा आफ्नो उम्मेद्वारी दर्ता गरेको छ । नेकपा एमालले पुछारबजार पार्टी कार्यलयबाट ¥याली निकालेको थियो । उसलेपनि आफ्नो पक्षका सयौँ कार्यकर्ताहरु धादिङबेशीमा उतारेको थियो । नेकपा एमालेले धादिङको क्षेत्र न. १ बाट धन बहादुर घले, निर्वाचन क्षेत्र न. २ बाट गुरु प्रसाद बुर्लाकोटी र क्षेत्र न. ३ बाट राजेन्द्र प्रसाद पाण्डेको नाम दर्ता गरेको छ । उता नेपाली काँग्रेस धादिङले पनि बाजागाजा सहित धादिङको तीन वटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेद्वारी दर्ता गराएको छ । क्याम्पस चोकबाट सुरु भएको ¥यालीमा सयौँ कार्यकर्ताहरुको सहभगीता रहेको थियो ।
नेपाली काँग्रेस धादिङ क्षेत्र न. १ बाट तीलक प्रसाद रुवाली , क्षेत्र न. २ बाट रामनाथ अधिकारी र क्षेत्र न. ३ बाट बुद्धलक्ष्मी लामाको नाम दर्ता गरेको छ । यसैगरी नेपाली काग्रेस धादिङ क्षेत्र न. १ मा विवाद भएको छ । नेपाली काँग्रेसको केन्द्रिय निर्णय अनुसार तिलक रुवालीलाई उठाएको छ भने जिल्ला स्तरको निर्णबाट फणिकान्त छत्कुलीको नाम दर्ता गरिएको नेपाली काँग्रेस धादिङले जनाएको छ । जिल्लामा कुनै सम्पर्क नगरिकन तिलक रुवालीले आफुखुसी उम्मेदवारी दर्ता गरेको नेपाली काग्रेस धादिङले आरोप लगाएको छ । यसैगरि जिल्लाबाट सर्बसम्मतबाट फणीकात्त छत्कुलीको नाम दर्ता गराएका छन् । धादिङबेशीमा विहानैदेखी सुरक्षा व्यावस्थामा कडाई पारीएको थियो । प्रहरी नायव उपरिक्षक अशोक सिंहको नेतृत्वमा प्रहरी बाक्लो रुपमा परिचालन गरिएको थियो । यस्तै धादिङ जिल्लाबाट जनमोर्चा नेपाले पनि दुई वटा क्षेत्रमा उम्मेदारी दिएको छ । धादिङको निर्वाचन क्षेत्र न. २ बाट नबराज थापा रहनु भएको छ भने क्षेत्र न. ३ बाट टक बहादुर भण्डारीले नाम दर्ता गर्नुभएको छ ।
रामकुमार थापा
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

