Welcome Guest!
twitter facebook rss

,

श्रीस्टार क्लवका मूख्य प्रशिक्षक हुमागाईद्धारा पदबाट राजीनामा


काठमाडौं, आश्विन १६ । क्लवमा आवद्ध खेलाडीहरुको अवस्था दयनीय रहेको भन्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल च्याम्पियन श्रीस्टार क्लवका मूख्य प्रशिक्षक प्रदीप हुमागाईंले पदबाट राजीनामा दिनुभएको छ । खेलाडीको सम्मान गर्न नसक्ने क्लवको प्रशिक्षक पदमा बसिरहन नसक्ने भन्दै आफूले राजीनामा दिएको प्रशिक्षक हुमागाईँले बताउनुभएको छ । क्लवमा आवद्ध अधिकांश खेलाडीहरुले क्लवसँग सहमति भए वमोजिमको सेवा सुविधाहरु पाउन नसकेको भन्दै हुमागाईंले यही अवस्था कायम रहने हो भने नेपाली क्लव फुटबलको व्यवसायिकता झनै धरासायी बन्ने आशंका व्यक्त गर्नुभएको छ ।

मलेसियामा हालै सम्पन्न एएफसी प्रेसिडेन्ट्स कप फुटबलमा खेलाडीहरुले गरेको प्रदर्शनप्रति सन्तुष्टी जनाँउदै हुमागाईंले क्लव व्यवस्थापन र पदाधिकारीहरु माथि भने तीब्र असन्तुष्टी व्यक्त गर्नुभयो । एक वर्षको छोटो अवधिमै हुमागाईंले श्रीस्टार क्लवलाई ८ वर्षपछि ‘ए’ डिभिजन लिगको उपाधि जिताएका थिए भने अन्य केही चचिर्त नकआउट प्रतियोगिता समेत जिताएका थिए ।
गत सिजनमा लिग र नक आउट प्रतियोगिताहरुमा समेत झण्डै १ करोड नगद पुरस्कार जितेको श्रीस्टार पछिल्लो समय भने आथिर्क संकटबाट गुज्रिरहेको आँकलन गरिएको छ । क्लवसँग आवद्ध अधिकांश खेलाडीहरुले समयमै तलब नपाएको भन्दै विभिन्न सामाजिक सञ्जालहरु मार्फत दुखेशो पोख्दै आएका छन् ।
  

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide