Welcome Guest!
twitter facebook rss

,

मृतक आलमको अन्तेष्टि, सहिद घोषणा गर्न अध्यक्षको माग



२५ असोज, काठमाडौं । अज्ञात समूहको गोली लागेर गम्भिर र्घाते भई उपचारका क्रममा हिजो मृत्यु भएका नेकपा एमालेका केन्द्रीय सदस्य एवं आशन्न संविधानसभा निर्बाचनमा बारा क्षेत्र नं ४ का प्रतक्ष तर्फका उमेदवार मुहम्बद आलमको आज शुक्रबार अन्त्यष्टि गरिएको छ ।

आलमलाई उहाँकै गृहजिल्लामा मुस्लिम परम्परा अनुसार आज दिउँसो अन्तेष्टि गरिएको हो गोली लागी गम्भीर घाइते भएका आलमको त्रिबि शिक्षण अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको थियो । बारा क्षेत्र ४ का एमाले उमेदवार आलमलाइ असोज १८ गते बाराको पर्बानीपुरमा अज्ञात समूहले गोली हानि गम्भीर घाइते बनाएको थियो । उमेदवारको हत्यापछि त्यसक्षेत्रको चुनाव केही दिन परसर्ने भएको छ । नयाँ उमेदवारको मनोनयन प्रक्रिर्याका कारण बारा क्षेत्रनं ४ को निर्बाचन केहीदिन परसर्ने निर्वाचन आयोग स्रोतले जनाएको छ ।


यसैबिच नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पार्टीका केन्द्रीय सदस्य तथा बारा क्षेत्र नं ४ का प्रत्यक्षतर्फका उम्मेदवार स्व. मोहम्मद आलमलाई सरकारले सहिद घोषणा गर्नुपर्ने माग गर्नुभएको छ । अध्यक्ष खनालले प्रेस चौतारी मकवानपुरद्वारा आज हेटौँडामा आयोजित पत्रकार भेटघाटमा बोल्दै संसदीय प्रजातन्त्रलाई सुदृढ बनाउन र प्रेस स्वतन्त्रताको रक्षा गर्न मङ्सिर ४ गते हुने निर्वाचनलाई सफल बनाउनुपर्छ भन्नुभयो । अध्यक्ष खनालले प्रत्येक उम्मेदवारलाई जनताको घरदैलोसम्म पुग्ने वातावरण सिर्जना गरिदिन सरकारले कडा सुरक्षाको प्रबन्ध गर्नुपर्ने बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide