National news Political News Tekman photo Top News,
काँग्रेस उप–सभापतीद्धारा पार्टी परित्याग
Posted by Unknown
Published on Saturday, October 26, 2013
९ कार्तिक, सप्तरी । नेपाली काँग्रेस सप्तरीका उप–सभापती नीरु पोखरेलले आज पार्टीबाट राजिनामा दिनुभएको छ । संविधान सभा चुनावका लागि सप्तरीको एक नम्बर क्षेत्रबाट क्षेत्रिय समितिले सिफारिस गरेका तीन जना प्रत्यक्ष र पाँच समानुपातिकमध्ये कसैको पनि नाम नपरेको भन्दै उप–सभापती पोखरलेलले आज पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला सभापती दिनेश यादवसमक्ष राजिनामा पत्र बुझाएको हो ।
उहाँले पार्टीको साधारण सदस्य समेत नरहने गरेर राजीनामा दिनुभएको हो । राजिनामा दिएपनि तत्कालै कुने पार्टीमा नजाने र सम्भवत समाजसेवामा जुट्ने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । समानुपातिकमा उपसभापति पोखरेलको नाम नपरेपछि उहाँले राजीनामा दिनुभएको काँग्रेस स्रोतले बताएको छ । यसअघि काँग्रेस सप्तरीका सचिव सबुरलाल साह र कोषाध्यक्ष शम्भु झाले पनि पार्टीबाट राजीनामा दिइसक्नुभएको छ । झा हाल फोरम नेपालमा प्रचार विभाग प्रमुखको पदमा हुनुहुन्छ भने सचिव साहले संविधान सभा चुनावमा सप्तरी ५ बाट बागी उम्मेदवारी दिनुभएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.