Literature,
हराउँदै छ पाँच सय वर्ष पुरानो नौबाजा
								Posted by Unknown
								Published on Tuesday, September 17, 2013
आधुनिक सङ्गीतको प्रभाव बढ्दै गएपछि काठमाडौँ उपत्यकाको नेवार समुदायमा बजाइने प्रचलित एवम् पाँच सय वर्ष पुरानो इतिहास बोकेको नौबाजा लोपोन्मुख अवस्थामा पुगेको छ । मल्लकालीन समयमा बनेका नौबाजा नेवार समुदायमा प्रत्येक चाडपर्व, दाफा भजन, पूर्णिमा, एकादशी, विभिन्न जात्रा, मेलालगायत पर्वमा नेवारी समुदायभित्र निकै बजाइने नौबाजाको आकर्षण घट्दै गएको छ ।  नौबाजाबाट पाइने फरक साङ्गीतिक धुनबाटै कुन चाडपर्व र मौसम हो भन्ने छुट्याउन सकिने भए पनि जात्रा तथा पर्वमै आधुनिक बाजा भित्रिएपछि साँस्कृतिक पहिचान र इतिहास बोकेको नौबाजाको अस्तित्व खतरामा पुगेको हो । 
एकातिर नौबाजा बजाउने जनशक्तिको अभाव र  आर्थिक समस्या तथा अर्कातिर आधुनिक बाजाले ठाउँ ओगट्दै आएपछि नौ बाजा जोखिममा परेको बाजा खलका पदाधिकारी बताउँछन् । नौबाजा नेवारी समुदायमा महत्वपूर्ण मानिने विशेष बाजा भएको संस्कृतकर्मी शम्भु मुनकर्मी बताउनुहुन्छ । नौ बाजाअन्तर्गत नगरा, धिमा, लालखिङ, ढाँचा, पश्चिमा, ढोलक, कोत्ता र करखिङ पर्छन् । एक पटकको चाडमा सो बाजा बजाउन रु तीन हजारदेखि ६० हजारसम्मको खर्च पर्ने नौबाजा खलले जनाएको छ । खलका अनुसार नेवारी समुदायका चाडपर्वमा विशेष भोजको आयोजनामा समेत यो बाजा बजाउने परम्परा  छ । 
आम्दानीको मुख्य स्रोत मानिने गुठी जग्गाबाट कुत उठाउन नसक्दा बाजा मर्मत गर्न समेत समस्या उत्पन्न भएकाले नौ बाजाअन्तर्गत महत्वपूर्ण बाजा जीर्ण अवस्थमा पुगेको बाजा खलका रघुनाथ कायस्थको गुनासो छ ।  भक्तपुर नगर क्षेत्रभित्रका छ ठाउँमा यो बाजा बजाउने गरिएको भए पनि अहिले भने याछे, दत्तात्रय र टौमढीमा मात्रै यो बजाउने गरिएको खलले जनाएको छ । बाजा धार्मिक आस्था र परम्परामा बाँधिएर बजाउनुपर्ने नियम छ । चाडपर्वअनुसार कुसुले (कपाली) जातिले बजाउने विशेष बाजा भएकाले यसलाई कुसुलेबाजा पनि भनिन्छ । बाजा बजाउने जनशक्ति नहुँदा एकै जनाले सबै ठाउँ भ्याउनुपर्ने र युवा पुस्ताले चासो नदिएपछि बाजा बजाउने काम बूढापाकामा  मात्र सीमित भएको  छ । 
युवा पुस्ताले सो बाजा सिक्न छाडेपछि बूढापाका संरक्षण गर्न निकै गाह्रो भएको बताउँछन् । हाल बाजा बजाउन नौजना मान्छेको उपस्थिति हुन समेत गाह्रो हुने गरेको छ । जति जना मान्छे जम्मा भए त्यतिले मात्र बाजा बजाउने गरिएको खलका कायस्थले बताउनुभयो । परम्परागतरुपमा बाजा बजाउन अर्थअभाव हुँदा नौबाजा जोगाउन निकै कठिनाइ भएको गुनासो उहाँहरूको छ । संस्कृतकर्मी मुनकर्मीका अनुसार नगरका धेरै ठाउँमा बजाइने नौबाजाका गुरुको अभाव र नयाँ पुस्तामा बाजा सिक्ने चाहनाको कमीले गर्दा बाजा जोगाउन गाह्रो भइरहेको छ । विशेष समयमा बजाइने बाजाको छुट्टै महत्व रहने गरेको बताउँदै उहाँले बाजा लोप हुन नदिन नयाँ पुस्तालाई सिकाउनुपर्नेमा जोड दिनुभयो ।
 रमेश गिरी..................... 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

