Welcome Guest!
twitter facebook rss

,

मुलुक र जनतालाई विजयी गराउन एमाओवादीले जित्नुपर्छ


३१ भाद्र, काठमाडौं ।एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुक र जनतालाई विजयी गराउन पनि एमाओवादीले नै जित्नुपर्नेमा जोड दिनुभएको छ । केन्द्रीय सूचना तथा सञ्चार ब्युरोले सोमबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजना गरेको राजनीतिक प्रशिक्षणमा अध्यक्ष दाहालले अन्य राजनीतिक पार्टीसँग कुनै पनि राजनीतिक, आर्थिक र सामाजिक एजेन्डा नभएका कारण उनीहरुसँग जनताको त्यति ठूलो अपेक्षासमेत नरहेको भन्दै एजेन्डाको हिसाबले एमाओवादी नै श्रेष्ठ भएको दाबी गर्नुभयो ।


प्रशिक्षणमा अध्यक्ष दाहालले निर्वाचनका विरुद्ध अहिले पनि षडयन्त्र जारी रहेका कारण त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न संचारकर्मीहरुलाई आग्रह समेत गर्नुभयो । अध्यक्ष दाहालले संविधानसभा निर्वाचन मुलुकको भाग्य र भविष्यसँग जोडिएकाले यसलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । निर्वाचनमा सहभागी नै नहुने निर्णय गरेको नेकपा–माओवादी पनि निर्वाचनमा सहभागी हुन्छु भन्नु सकारात्मक रहेको भन्दै अध्यक्ष दाहालले जनताको एजेन्डा संस्थागत गर्ने महत्वपूर्ण अवसरका रुपमा यसलाई लिनुपर्नेमा जोड दिनुभयो । एमाओवादीभित्र केही समस्या भए पनि तत्कालका लागि त्यसलाई स्थगित गरेर निर्वाचनमा जुट्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचनलाई सफल बनाउन सञ्चारकर्मीको प्रमुख दायित्व भएको भन्दै अराजक प्रचारमा रमाउनेलाई ठेगान लगाउन पनि जनपक्षीय सञ्चारकर्मीको प्रमुख दायित्व रहेको बताउनुभयो । उहाँले एमाओवादीप्रति जनताको विश्वास बढेका कारण त्यसलाई निर्वाचन मार्फत संस्थागत गरिने बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide