Welcome Guest!
twitter facebook rss

,

असन्तुष्टको ४ बुँदे माग पुरा हुने


all party meeting३० भाद्र, काठमाडौं । आज आईतबार बसेको सर्वदलिय बैठकले नेकपा–माओवादी सहितको ३३ दलीय मोर्चाले प्रस्तुत गरेको चारबुँदे मागका विषयमा पूर्ण रुपमा लचकता अपनाउने निर्णय गरेको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको बैठकमा नेकपा–माओवादी सहित निर्वाचनको विषयमा असन्तुष्ट दलहरुलाई निर्वाचनमा सहभागी गराउन प्रयास स्वरुप सो निर्णय गरिएको प्रमूख दलका शिर्ष नेताहरुले बताएका छन् । छलफलपछि प्रतिक्रिया दिँदै नेताहरुले गोलमेच सभाका लागि कार्यदल तयार बनाईने बताएका छन् । बैठक भोली पुनः बस्ने गरि आजका लागि केहि समय अगाडी मात्र सकिएको हो । 

नेकपा माओवादीले प्रधानन्यायाधिस पदबाट मन्त्रीपरिषद्का अध्यक्ष खिदराज रेग्मीले राजिनामा दिनुपर्ने, रेग्मीकै नेतृत्वमा राजनीतिक सहमतिको सरकार, राष्ट्रिय सहमतिका लागि गोलमेच सभाको आयोजना र निर्वाचन चैत्रमा गर्नुपर्ने अडान राखेको छ । छलफलमा उच्चस्तरीय समितिका संयोजक एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, डा. बाबुराम भट्टराई, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, सोही दलका नेता अग्नि खरेलसहित उच्चस्तरीय राजनीतिक समितिका अन्य नेता सहभागी छन । त्यसैगरी छलफलमा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र सचिव देव गुरुङको सहभागिता थिए । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide