National news Tekman photo,
राष्ट्रपति डा यादव रथयात्रामा सरिक
								Posted by Unknown
								Published on Wednesday, September 18, 2013
काठमाडौँ, २ असोज । इन्द्रजात्राका अवसरमा आज गणेश, भैरव र कुमारीको रथयात्रामा राष्ट्रपती डा. रामवरण यादव सरिक हुनुभएको छ । यादव आज साँझ काठमाडौंको बसन्तपुरमा जानुभई सो यात्रामा सरिक हुनुभएको हो । रथयात्रामा उपराष्ट्रपती परमानन्द झा, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, संवैधानिक अङ्गका प्रमुखहरू, मन्त्रीगण तथा विभिन्न मुलुकका कुटनीतिज्ञ र ठूलो सङ्ख्यामा सर्वसाधारणको समेत सहभागिता रहेको थियो । 
बसन्तपुरबाट सुरु सो रथयात्रा जैसीदेवल, लगन, ब्रम्हटोल, कोहिटी, भीमसेनस्थान हुँदै पुनः बसन्तपुर ल्याइने कार्यक्रम रहेको स्थानीय समाजसेवी गणेश शाक्यले जानकारी दिनुभुयो । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशी तथा नेपाल संवतको ञलाथ्व चर्तुदशीका दिन मनाइने इन्द्रजात्रा तत्कालीन राजा जयप्रकाश मल्लको पालादेखि प्रचलन सुरु भएको विश्वास गरिन्छ । 
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा इन्द्रध्वजा फराइएपछि जात्रा सुरु भएको मानिन्छ । जात्रा एक सातासम्म जारी रहन्छ भने रथयात्राका दिन राष्ट्र प्रमुखको उपस्थिति हुने र अन्तिम दिन राष्ट्र प्रमुखले जीवित देवीका रुपमा मानिने कुमारीको हातबाट टीका थाप्ने प्रचलन रहेको छ । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





 

