Welcome Guest!
twitter facebook rss

,

अनेरास्ववियुको निर्वाचन प्रक्रिया अन्योलमा


०५, आश्विन, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ कार्यसमिति चयनमा विवाद देखिएपछि निर्वाचन प्रक्रिया अन्योलमा परेको छ । राजधानीमा जारी अनेरास्ववियु २१ औँ महाधिवेशनमा उमेद्वारीको विषयमा बिबाद मिलाउन नसक्दा आज हुने भनिएको निर्वाचन प्रक्रिया अनिश्चित बनेको विद्यार्थी नेता नेत्र मैनालीले जानकारी दिनुभयो । नयाँ नेतृत्वको लागि आकाँक्षीहरुको संख्या धेरै देखिएपछि सहमतिको प्रसाय जारी रहेकोले मतदानको प्रक्रिया शुरु हुन नसकेको बताइएको छ । आफ्नो पक्षका उमेदवारलाई जिताउनुपर्ने भन्दै अहिले महाधिवेशन स्थलमा प्रतिनिधि विद्यार्थीहरुले नाराबाजी गरिरहेका छन् ।

यअसघि हिजो प्रतिनिधि छनौटमा विवाद भएपछि दिनभरी नै बन्दसत्र अवरुद्ध भएको थियो । प्रतिनिधि विवाद मिलाएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुने भनिएपनि सहमतिको पहल जारी रहेकोले निर्वाच्न प्रक्रिया शुरु हुन नसकेको अनेरास्ववियुका नेता थोमस बास्तोलाले बताउनु भयो । अहिले पनि विद्यार्थी नेताहरु र निर्वाचन समितिवीच छलफल भइरहेको छ ।

अनेरास्ववियुमा नयाँ नेतृत्वको लागि अध्यक्षमा नवराज पौडेल, लक्ष्मण लम्साल र किशोर विक्रम मल्लको प्यानल देखिएको छ । लम्साललाई अध्यक्ष झलनाथ खनालको समर्थन रहेको छ भने किशोर बिक्रम मल्ललाई नेता केपी ओली र पौडेललाई बरिष्ट नेता माधाव नेपाल मूहको समर्थन रहेको बताइएको छ ।  यसअघि अध्यक्षको दाबेदारी गर्दै आएकी नबिना लामाले लम्साल प्यानलबाट महासचिवमा उम्मेदारी दिने भएका छन् । लम्साल प्यानलबाट दिपक गौतम र थोमस बास्तोलाले उपाध्यक्षमा उम्मेद्धारी दिने बताएका छन् ।

यस्तै किशोर बिक्रमको प्यानलबाट उपाध्यक्षमा सरोज यादव, सिपी घर्ती र बच्चन बहादुर सिंहले उम्मेद्धारी घोषणा गरेका छन् । महासचिवमा भने रचना खड्काले उम्मेदारी दिने भएका छन् । यसैगरी नवराज पौडेल प्यानलबाट उपाध्इक्षमा राजकुमार राई, महेश पन्त र चिरन्जिवी पौडेलले उम्मेद्धारी दिने तय भएको विद्यार्थी नेता श्रीकृष्ण उप्रेतीले जानकारि दिनुभयो ।

दिपक गौतम अध्यक्ष पदका लागि सहमतीको प्रयास भएपनि विवाद उत्पन्न भएको निवर्तमान केन्द्रीय सदस्य नेत्र मैनालीले जानकारी दिनुभयो । बन्दसत्रको अध्यक्ष मण्डलका संयोजकमा एमाले सचिव युवराज ज्ञवाली तथा सदस्यमा पार्टी सचिव शङकर पोखरेल, अनेरास्ववियुका पूर्वअध्यक्षहरु र  मधेसका तर्फबाट श्रीप्रसाद साह रहेका छन् । महाधिवेशनमा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी रहेका छन् ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide