Welcome Guest!
twitter facebook rss

,

ज्ञवालीले वनमारा प्रयोग गरी मिथेन ग्यास उत्पादन गरे


७ असोज, काठमाडौँ । युवा वैज्ञानिक लक्ष्मीप्रसाद ज्ञवालीले गाउँघरमा पाइने वनमारा झारमा मानवमूत्र प्रयोग गरी मिथेन ग्यास उत्पादन गर्नुभएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर पाल्पा रामपुरका ४५ वर्षीय ज्ञवालीले आफ्नो घर नजिकै तीन क्विन्टल झारमा २५ लिटर मानवमूत्र प्रयोग गरी ग्यास उत्पादन गरेको बताउनुभयो । 

लामो समयसम्म ग्यास भण्डारण गर्न नसकिने भएपनि त्यति परिमाणको कच्चा पदार्थबाट १० जनाको परिवारलाई तीन पटक खाना पकाउन पुग्ने इन्धन प्राप्त हुने उहाँको दावी छ । मुलुकका विभिन्न ग्रामीण भेगमा आफैं उत्पन्न हुने यो झारको व्यावसायिक उत्पादन गरी ग्यासको उत्पादन गर्न सकिए ठूलो परिमाणमा आयात हुने इन्धनलाई प्रतिस्थापन गर्न सकिने उहाँले बताउनुभयो । 

त्यसैगरी उहाँले हावाको चापबाट ऊर्जा उत्पन्न गरी मोटर पम्प सञ्चालनसमेत गर्नुभएको छ । यसैबीच उहाँ आफ्नो निजी आर्जनबाट नवलपरासीको माकर–७ मा सहिद स्मृति पार्क निर्माण गर्न लाग्नुभएको छ । विसं १९९७ देखि अहिलेसम्मका सहिदहरुको स्मृतिमा बनाउन लागिएको सो पार्कको आगामी कात्तिकदेखि निर्माण सुरु हुनेछ । डेढ बिघाको जमिनमा बनाउन लागिएको उक्त पार्कका लागि रु ११ लाख खर्च हुने अनुमान गरिएको छ ।  

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide