National news,
कुनै हालतमा निर्वाचनमा नजाने मोर्चाको जिकिर
								Posted by Unknown
								Published on Monday, September 23, 2013
काठमाडौँ, ७ असोज । नेकपा माओवादी अध्यक्ष मोहन बैद्यले अहिलेकै परिस्थितिमा गरिने संविधानसभाको निर्वाचनले जनताको संविधान नबन्ने भएकाले कुनै हालतमा निर्वाचनमा नजाने जिकिर गर्नुभएको छ ।
संविधानसभा निर्वाचनको विरोधमा रहेको नेकपा–माओवादी नेतृत्वको मोर्चाले आज खुल्ला मञ्चमा आयोजना गरेको विरोधसभा अध्यक्ष बैद्यले मोर्चालाई पाखा लगाएर गरिएको निर्वाचनले जनताको संविधान बन्न सक्दैन भन्दै बहिस्कार आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउनाको विकल्प नभएको दोहो¥याउनुभयो ।
अध्यक्ष वैद्यले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने हो भने अहिले पनि आफूहरु वार्ताका लागि तयार रहेको बताउँदै त्यसो नभए सडक सङ्घर्षबाटै संविधान बनाइने चेतावनी दिनुभयो । माओवादीका प्रवक्ता पम्फा भुसालले निर्वाचनको नाटक गरेर राष्ट्रिय स्वाधीनतालाई सखाप पार्ने र देशलाई गृहयुद्धतर्फ धकेल्ने षड्यन्त्र भइरहेको बताउनुभयो । नेकपा (एकीकृत)का महासचिव परी थापाले आफूहरु लोकतन्त्र र निर्वाचनकै पक्षमा भए पनि चार दलीय सिन्डिकेटबाट हुने निर्वाचन नाटक मात्र हुने विचार व्यक्त गर्नुभयो ।  क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले चार शक्तिले अहिले पनि सहमतिमा जान चाहे आफूहरु वार्ताबाटै समस्याको समाधान खोज्न तयार रहेको बताउनुभयो ।
सङ्घीय लोकतान्त्रिक मञ्चका महासचिव खगेन्द्र माखेमले मोर्चाको सहमतिबिना गरिने संविधानसभा निर्वाचनको सशक्त बहिष्कार गरिने चेतावनी दिनुभयो  ।  प्रा शास्त्रदत्त पन्तले राष्ट्रिय अखण्डताको रक्षाका लागि राष्ट्रवादी नेपाली एकजुट हुनुपर्ने आँैंल्याउनुभयो  ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

