National news,
सेना परिचालन गर्न नयाँ अध्यादेश
								Posted by Unknown
								Published on Monday, September 23, 2013
०७ आश्विन, काठमाडौं । सरकारले आगामी संविधानसभा निर्वाचनमा सुरक्षाका लागि सेना परिचालन गर्ने व्यबस्था सहित बाधा अड्काउ फुकाउन राष्ट्रपति समक्ष नयाँ अध्यादेश सिफारिश गरेको छ । नेपाल सरकार मन्त्रीपरिषदको सोमबार बसेको बैठकले निर्वाचनमा सेना परिचालन सम्बन्धी व्यबस्था सहितको संविधान संशोधन अध्यादेश राष्टपति समक्ष पठाउने निर्णय गरेको हो । 
सेना परिचालनका लागि संवैधानिक अड्चन देखिएपछि उच्चस्तरिय राजनीतिक समितिको आज बसेको बैठकले बाधा अड्काउ फुकाउ प्रस्तावकालागि सरकारलाइ आग्रह गर्ने निर्णय गरेको थियो । सरकारले आशन्न संविधानसभा चुनावको सुरक्षाकालागि सेना परिचालन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । सिफारिसमा राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसअनुरुप आगामी संविधानसभाको निर्वाचन प्रयोजनका लागि निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम गर्न नेपाली सेनालाई परिचालन गर्नेसम्बन्धी प्रावधान उल्लेख छ । मन्त्रिपरिषद्द्वारा सिफारिस गरिएको सो आदेशको संशोधन आजै राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । 
यसअघि संविधानसभा सदस्य ६०१ कायम गर्ने गरी सो बाधा अडकाउ फुकाउने  आदेशमा पहिलो संशोधन भएको थियो । नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम नेपाली सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन कानुनबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । सूचना तथा सञ्चारमन्त्री पौडेलले व्यवस्थापिका–संसद् नरहेको वर्तमान अवस्थामा सेना परिचालनसम्बन्धी व्यवस्थालाई मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 
यसैबीच मन्त्रिपरिषद्को बैठकलगत्तै राष्ट्रपति डा रामवरण यादवसमक्ष सो संशोधित अध्यादेश पेस भएको छ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेगमीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिलाई भेटी सो अध्यादेश पेस गर्नुभएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

