breakingnews National news slider Tekman photo,
एमााले जिल्ला नेता काठ तस्करीमा !
								Posted by Unknown
								Published on Sunday, September 29, 2013
एकिकृत नेकपा माओवादीको सहायक संगठन योङ 
कम्युनिष्ट लिग धादिङले अवैधरुपमा बेच्नको लागि लुकाई राखेको काठ आफ्नो 
नियन्त्रणमा लिएको छ । जोगिमारा गाउँ विकास समिति वडा नं. ७ निवासी एमालेका
 जिल्ला कमिटि सदस्य समेत रहेका टापबहादुर श्रेष्ठले काटेर लुकाईराखेको २४५
 थान सालको थाम (काठ)लाई योङ कम्युनिष्ट लिगको सक्रियतामा नियन्त्रमा 
लिइएको हो । यसअधि जिल्ला वन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट गएको 
टोलीले उक्त स्थानमा काठ नरहेको भनी फर्कीएपछि हिजो एक सय ५० जना भन्दा बढी
 वाईसीयल र सञ्चारकर्मीहरु टाप बहादुरको घरमा पुगेका थिए । अनुगमनमा गएको 
सञ्चारकर्मीसहितको वाइसिएलको टोलीले श्रेष्ठको घर नजिकैको गोठमा छोपिएर 
राखेको अवस्थामा उक्त काठ फेला पारेको हो । राजनीतिक आडमा टाप बहादुर 
श्रेष्ठले ३० लाख बराबरको काठ अवैधानिक रुपमा बिक्रीको लागी राखेको वाईसीयल
 धादिङका अध्यक्ष चन्द्र बहादुर सिलवालले जानकारी दिनुभएको छ ।
 अध्यक्ष 
सिलवालले दोषि टाप बहादुर श्रेष्ठलाई जिल्ला बन कार्यलय र प्रहरीले 
उन्मुक्ति दिन खोजे वाईसीयल धादिङ कडा संघर्षमा उत्रने समेत चेतावनी 
दिनुभयो । जिल्ला वन कार्यालयले टापबहादुरलाई काठ काट्ने विषयमा अनुमति 
नदिएको जिल्ला वन कार्यालयले जानकारी दिएको छ । उता टापबहादुर श्रेष्ठका 
आफन्तहरुले भने आफूले काठमाण्डौमा घर बनाउनको लागि काठ काटेर राखेको बताएका
 छन् । ‘आफ्नै बारीको काठ काटेको हो । केही स्थानीय मानिसहरुसंग पनि किनेका
 छौं । आफ्नो पुर्जा भएको जग्गामा काठ काट्न किन नपाउने ?’ उनीहरुकोे 
प्रतिप्रश्न थियो । श्रेष्ठले आफ्नो घर नजिकैको बाटोमा ट्रयाक्टरमा लोड 
गर्न तयारी हालतमा सडकमा ८४ थान (थाम), आफ्नै घरमुनी रहेको एक भन्सारमा 
भन्सारको तल्लो तलामा मकैको घाँसले छोपि राखेको अवस्थामा ११० थान, नजिकै 
रहेको अर्को घरमा ११ थान, घर नजिकैको बारीमा विविध स्थानमा १५ थान तथा घरमा
 काठ चिराउने काम गर्ने स्थानमा २५ थान गरी जम्मा २४५ थान काठ तयार गरी 
राखेका थिए ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.