Welcome Guest!
twitter facebook rss

,

एकल जातीय पहिचान सहितको सङ्घीयता हुन नहुने भट्टराईको भनाई


३० श्रावण, काठमाडौं । एकीकृत माओवादी नेता डा. बाबुराम भट्टराईले आफूहरूले उठाएको एकल जातीय पहिचानसहितको सङ्घीयताको सवाल परिमार्जन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताउनुभएको छ । छिमेकी मुलुक चीन र भारत तथा नेपालकै भूगोल र जातीय बसोवासका दृष्टिकोणले एकल पहिचानका आधारमा सङ्घीयतामा जान नसकिने उहाँले स्पष्ट पार्नुभयो ।

क्रान्तिकारी पत्रकार सङ्घ सुनसरीले बुधबार इटहरीमा आयोजना गरेको अन्तरक्रियामा नेता भट्टराईले रुसी ढाँचाको सङ्घीय राज्यमा नेपाललाई लैजाँदा घातक हुने भन्दै संघियताको सवाल परिमार्जन गर्नुपर्ने बताउनुभयो । उत्तरको छिमेकी मुलुक चीनमा जातीय बहुलताका आधारमा निर्माण गरिएका केही सङ्घीय प्रान्त सफल भएपनि अल्पसङ्ख्यक जाति वा भाषाभाषी भएको सङ्घीय राज्य विभेदको शिकार भइरहेको बताउँदै उहाँले नेपाललाई सङ्घीयतामा लैजाँदा विशेष प्रकारका अवधारणा अपनाउनुपर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गर्नुभयो । 

नेपालमा विभिन्न जातजातिको बसोबास रहेको तथा ती जनजातिका आ–आफ्नै भाषा र संस्कृति रहेको उल्लेख गर्दै उहाँले कुनै ठाउँमा पनि जातीय बहुलता नभएको विशेष परिस्थितिमा सबै जातजाति  तथा भाषभाषीको समान विकास र आर्थिक उत्थानका लागि विशेष सङ्घीयताको ढाँचामा जानुपर्ने बताउनुभयो । यसैबिच नेता भट्टराईले निर्धारित मिति मंसिर ४ मै निर्वाचन हुने दाबी गर्नुभएको छ । विराटनगर विमानास्थलमा बुधबार पत्रकारहरुसंग कुरागर्दै नेता भट्टराईले असन्तुष्ट दलहरुसंग निर्वाचनमा जानेवारेमा विषयमा वार्ता भइरहेको र उनीहरुसमेतको सहमतिमा मंसिर ४ मै निर्वाचन हुने दावी गर्नु भयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide