Welcome Guest!
twitter facebook rss

धादिङमा पनि जनसम्बन्ध अभियान जारी

रामकुमार थापा, धादिङ–एमाओवादीको जनसम्बन्ध अभियान जारी, नेताहरु गाउगाउँमा देशमा रहेको राजनीतिक संक्रमण अन्त्य र जनपक्षिय संविधान निमार्णको लागी धोषित मितिमा संविधान सभाको निर्वाचन हुनुपर्र्ने पुर्व मन्त्रि एवं एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य शशि श्रेष्ठले बताउनु भएको छ । पार्टीलाई उक ढिक्का बनाई शुद्धिकरणको लागी एक महिने अभियान पार्टीले चलाएको भन्दै उहाँले आगामी दिनमा पनि यस्तो अभियान सञ्चालन हुने स्पष्ट पार्नुभयो । प्रतिगामी तत्वहरु निर्वाचन भाड्ने मनसायमा रहेको भन्दै निर्वाचनमा भाग नलिने दलहरु स्वत जनताबाट अलग्गिने दावी गर्नुभयो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता जनताका कुराहरु एकीकृत नेकपा माओवादीको एजेण्डा भएको भन्दै त्यसको कार्यन्वयनको एकीकृत नेकपा माओवादीले मात्र गर्ने सक्ने बताउनु भएको थियो ।

एकीकृत नेकपा माओवादीले सञ्चालन गरेको एक महिने जनसंम्बन्ध अभियानको निर्वाचन क्षेत्र न. २ अन्तरगतको मैदी गाविसको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताउनु भएको हो । ‘पहिचान सहितको संघियता, संघियता सहितको संबिधान दोस्रो संबिधान सभा निर्वाचनको लागि जनसंबन्ध अभियान’ नारा सहित जारी अभियानमा गाविस स्तरिय सभा, जनतासंघ अन्तरकृया कार्यक्रमहरु सञ्चालन भईरहेका छन् ्् । मैदी गाउँ पार्टी अध्यक्ष लक्ष्मी थापामगरको अध्यक्षता, एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री शशि श्रेष्ठको प्रमुख आतिथ्यता र केन्द्रीय सल्लाहकार समितिका सदस्य एवम जनकलाकार खुसीराम पाख्रीनको विषेश आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा योङ कम्युनिष्ट लिग नेपालका केन्द्रिय सदस्य एवम राज्य सम्मेलन आयोजक समितिका सदस्यहरु मनराज भण्डारी शैलेस, गणेश तिवारी, नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका केन्द्रिय सदस्य दिपक विक , अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य सृजना रिजाल प्रभा, जिल्ला कमिटि सदस्य अर्जुन शाहि, गोपाल तिवारी, जिल्ला सचिवालय सदस्य राम ढकाल ऋतिक, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रमोद पोख्रेल, जिल्ला कमिटि सदस्यहरु बासु तिमल्सिना, मालती थापामगर स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । यस्तै कार्यक्रममा बोल्ने अतिथिहरुले अभियानको औचित्य, पार्टीको अवस्था र चुनौतीको बारेमा जानकारी गराउनु भएको थियो । यता अभियान अन्तरगतको निर्वाचन क्षेत्र न. ३ अन्तरगत जोगीमारा गाउँ विकास समितिको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँ पार्टी अध्यक्ष वकील बहादुर डल्लाकोटीको अध्यक्षता र एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य झक्कु प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा ताम्सालीङ राज्य समितिका सदस्य उत्तम कडेंल, ईलाका ईञ्चार्जहरु चन्द्र बहादुर सिलवाल मिलन, दिपक लामिछाने सुवोध, धु्रर्व सुवेदी लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । गोरखाको समाचार एकीकृत नेकपा माओवादीले सञ्चालन गरेको एक महिने जनसम्बन्ध अभियान गोरखामा पनि जारी रहेको छ । एकीकृत नेकपा माओवादीको विस्तारित बैठकले देशभरको २ सय ४० वटै निर्वाँचन क्षेत्रमा केन्द्रीय सदस्य पठाउने नियर्ण अनुसार अभियान देशभर सञ्चालन भईरहेको छ । 

पहिचान सहितको संघियता, संघियता सहितको संविधान दोस्रो संबिधान सभा निर्वाचनको लागि जनसंबन्ध अभियान’भन्ने नाराको साथ सुरु भएको अभियान अन्तरगत आज गोरखा जिल्लाको मनकामना गाविसको गाउँपार्टी बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँ पार्टी अध्यक्ष मिलन मगरातीको अध्यक्षता र एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य सरुण बाठामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा राज्य सम्मेलन आयोजक समितिका सदस्य, १ नम्बर क्षेत्रीय संयोजक यान प्रसाद भट्ट, अकुर तिमल्सिना, कृष्ण चेपाङ, छ माया थापमगर, भगवती लामिछाने लगायत गाउँ पार्टी अध्यक्ष, सचिवहरु लगायत पार्टी शुभचिन्तकहरुको सहभागती रहेको थियो ।

यस्तै गोरखा जिल्लाको निर्वाचन क्षेत्र न ३ अन्तरगतको आरुपोखरी गाउँ विसका समितिको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँ पार्टी दण्डपानी खनालको अध्यक्षता र एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य राम बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राज्य सम्मेलन आयोजक समितिका सदस्यहरु ऋषि खनाल, भगवती तिवारी, बिल बहादुर सेन्चुरी र धु्रर्व सिलवाल लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide