Welcome Guest!
twitter facebook rss

,

समावेशी अनलाईनको समाचार प्रभावमा फेरी अर्को सहयोग

आफ्नै आमाबाट दुई खुट्टा काटिएकी धादिङ जिल्ला ढोला गाउँ विकास समिती वडा नं. २ तीनघरेकी ३ महिने दिलकुमारी दुवाढीका लागि सहयोगी हातहरु बढदै छ । आज मंगलबार विहान मात्र हामीले दुवाडीको उपचारका लागि जापानमा बस्नुहुने भगवती उप्रेतीले पाँच हजार सहयोग गर्नुभएको समाचार प्रकाशित गरेका थियौँ । त्यहि समाचारको प्रभावले धादिङ जिल्ला ज्याम्रुङ गाउँ विकास समिती वडा नं. ४ का रामप्रसाद सापकोटा कमलले अहिले तत्कालै बालिकाको उपचारका लागि २० हजार रुपैयाँ सहयोग गर्नुहुने भएको छ । 

उहाँले अरु धेरै खर्च लाग्ने भएमा त्यसमा पनि सहयोग गर्ने बन्नुभएको छ । समावेशी अनलाईनको फेसबुक पेजमा सन्देश मार्फत उहाँले यस्तो बताउनुभएको हो । उहाँले सन्देशमा समाचार पढ्दा पढ्दै आफु रोएको बताउनुभएको छ ।

 उहाँको सन्देश पढ्ने बित्तिकै हामीले उहाँलाई फोन गरेका थियौँ । उहाँले हामीलाई यतीमात्र होईन अन्य हरु कत्ति लाग्छ म सहयोग गर्न तयार छु भन्नुभएको छ । उहाँ र उहाँको संस्था टुकी नेपाल र माउन्टेन डिलाईज्टलाई हामी आभार प्रकट गर्न चाहन्छौँ । उहाँ माउन्टेन डिलाईट्को म्यानेजिङ्ग डाईरेक्टर सिईओ हुनुहुन्छ । उहाँले हाम्रो फेसबुक पेजमा पोष्ट गर्नुभएको म्यासेज यस्तो छ ।––––

Namaste!
I am Ram Sapkota(Kamal) from Dhading jyamrung, tapai ko online samachar ma bachhi ko bare ma padhda roye. Ma samjik karyata sathi bebasahi hu.Mero company ra mero samajik sastha ko taraf bata rs: 20,000 ahile nai help garna chaahnchhu.Adi pachhu uppachar kharchah dherai lagne bhayo ra sahayog jutna gahro bahyo bahne pherai thap uppchar kolagi pahal garne chhu.

नेपाली रुपान्तरण
म कमल सापकोटा हुँ । मेरो घर धादिङको ज्याम्रुङ्ग गाउँ विकास समिती वडा नं. ४ मा पर्छ । तपाईको अनलाईन समाचार बच्चीको बारेमा पढेर रोएँ । म सामाजिक व्यवबसायी हुँ । मेरो कम्पनी र मेरो सामाजिक संस्था को तर्फबाट रु.२०,००० अहिले नै सहयोग गर्न चाहन्छु । यदि पछि उपचार खर्च धेरै लाग्ने भयो र सहयोग जुट्न गारो भयो भने फेरी थप उपचार को लागि पहल गर्ने छु । 

हिजो सोमबार मात्र हामीले धादिङ जिल्ला ढोला गाउँ विकास समिती वडा नं. २ तीनघरेमा रहेको एक दर्दानक घटनाको विषयमा समाचार समावेशी अनलाईनबाट आम माझ प्रकाशित गरेका थियौँ । कुरा आफ्नै आमाले ३ महिने छोरीको दुई वटै खुट्टा अचानोमा राखेर धारिलो हतियारले काटिदिएको प्रशंग हो । हुनतः यो घटना ३ महिना अघिको हो । बच्चाका लागि आथिर्क अभाव भएका कारण हामीले आथिर्क सहयोगका लागि त्यो समाचार राखेका थियौँ । तीनघरेकी २९ वषिर्य बिरकुमारी दुवाडीले आफ्नै तीन महिनाकी छोरीको खुट्टा काटेर गाउँमा भन्दै हिडेकी थिईन । हुनत, ती आमालाई पनि के गल्ती दिने ठाउँ पो छ र ? कस्लाई लाग्दैन र आफ्नै आमालाई बच्चाको मायाँ, बिचरा उनी मानसिक सन्तुलन गुमाएकी एक महिला रहिछन् ।
यस्तो खालको गम्भिर घटना गाउँलेहरुले थाहा पाएपछि एकछिन त हल्लिखल्लि नै मच्चिएको थियो रे गाउँमा । त्यस्तो दर्दानक घटना पश्चात स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । स्थानीय योगेश्वर अर्यालका अनुसार घरमा अन्य मानिस काममा गएको बेला सो घटना हुन पुगेको हो । मान्छेको मन हो । अरु कसैलाई केहि हुँदा हामीले अलिकता मात्र भनेपनि मनलाई रुवाउने काम गछौँ । तर ३ महिने शिशु दिलकुमारी दवाडीको यस्तो हालत हुँदा आमा बिरकुमारी दुवाडी भने साँझ त्यहि माशु पकाएर खाने भन्दै गाँउ डुलेको स्थानीयले बताएका छन् । शिशुको दुबै खुट्टा प्लाष्टिकमा पोको पारेर हिडेकी थिईन् दुवाडीले ।

यस्तै दर्दानक घटनाबाट पीडित अनि आङ्खनै आमाबाट दुबै खुट्टा गुमाएकी शिशु दिलकुमारी दवाडीलाई अहिले सहयोगी हातहरु अघि बढ्न थालेको छ । उनको अहिलले काठमाडौंमा रहेको शिक्षण अस्पतालमा उपचार भैरहेको छ । आथिर्क अवस्था अत्यन्त कमजोर भएका दवाडी परिवारले अहिले सबैसँग आथिर्क सहयोगको हारगुहार मागिरहेका छन् । आथिर्क सहयोग स्वरुप दिलकुमारीको उपचारका लागि गैरीपूर्सु युवा समाज काठमाडौंले ६ हजार उपलब्ध गराएको छ ।  त्यस्तै समावेशी अनलाईनमा प्रकाशित समाचारको प्रभावले जापानमा बस्दै आउनुभएका भगवती उप्रेतीले हामीलाई शिुशुको उपचारका लागि आथिर्क सहयोग उपलब्ध गराउनुहुने भएको छ । 

नारी जागरण केन्द्र धादिङका अध्यक्ष समेत रहनुभएका उप्रेतीले हामीले समावेशी अनलाईनमा प्रकाशित गरेको समाचार पढेर आफ्नो मनलाई थाम्न सक्नुभएनछ । उहाँले समाचार पढेपछि आफ्नो मनलाई बसमा राख्नै नसकेपछि उहाँले शिशुको उपचारका लागि सहयोग स्वरुप पाँच हजार सहयोग गर्नुहुने भएको हो । 

यस्ता रामप्रसाद सापकोटा (कमल), भगवती उप्रेती अनि गैरीपूर्सु युवा समाज जस्ता हाम्रा लाखौँ सहयोगी मन भएकाहरुले ती शिशुलाई आफुले सक्ने सहयोग गरिदिन हामी अनुरोध गर्दछौँ । यदी तपाई सहयोग गर्न चाहनुहुन्छ भने तपाईले राष्ट्रिय बाणिज्य बैङकमा रहेको खाता नंबर १०९१०५९४४८१० मा आथिर्क सहयोग गर्न सक्नुहुनेछ । यसैगरी हाम्रा बजार प्रमूखसग तपाईले सिधै सम्पर्क गर्न चाहनुहुन्छ भने तपाईले ९८४१०६५४६३ मा फोन गरेर ती अबोध शिशुका लागि आथिर्क सहयोग गर्न सक्नुहुनेछ । त्यस्तै यस समावेशी अनलाईनका प्रमूख टेकमान शाक्यलाई ९८४३०९३३२१ मा फोन गरेर पनि सहयोग गर्न सक्नुहुनेछ ।
यदी तपाईले अरु कुनै सहयोग गर्न सक्नुभएन भने पनि तपाईले यो समाचारलाई आङ्खनो सामाजिक संजाल फेसबुक, ट्वीटर लगायत विभिन्न माध्यमबाट यो लिङक शेयर गरिदिनुहुन अनुरोध गर्दछौ“ । तपाईको एक शेयरले लाखौ“को सहयोगी हातहरु ती अबोध शिशुमाथि आईपुग्न सक्छ ।...






हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide