National news Tekman photo,
समावेशी अनलाईनको प्रभाव, आमाबाट दुबै खुट्टा काटिएकी शिशुको उपचारका लागि आर्थिक सहयोग
								Posted by Unknown
								Published on Monday, August 19, 2013
|  | 
| आमाबाट दुबै खुट्टा काटिएकी शिशु / | 
यस्तो खालको गम्भिर घटना गाउँलेहरुले थाहा पाएपछि एकछिन त हल्लिखल्लि नै मच्चिएको थियो रे गाउँमा । त्यस्तो दर्दानक घटना पश्चात स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । स्थानीय योगेश्वर अर्यालका अनुसार घरमा अन्य मानिस काममा गएको बेला सो घटना हुन पुगेको हो । मान्छेको मन हो । अरु कसैलाई केहि हुँदा हामीले अलिकता मात्र भनेपनि मनलाई रुवाउने काम गछौँ । तर ३ महिने शिशु दिलकुमारी दवाडीको यस्तो हालत हुँदा आमा बिरकुमारी दुवाडी भने साँझ त्यहि माशु पकाएर खाने भन्दै गाँउ डुलेको स्थानीयले बताएका छन् । शिशुको दुबै खुट्टा प्लाष्टिकमा पोको पारेर हिडेकी थिईन् दुवाडीले ।
यस्तै दर्दानक घटनाबाट पीडित अनि आफ्नै आमाबाट दुबै खुट्टा गुमाएकी शिशु दिलकुमारी दवाडीलाई अहिले सहयोगी हातहरु अघि बढ्न थालेको छ । उनको अहिलले काठमाडौंमा रहेको शिक्षण अस्पतालमा उपचार भैरहेको छ । आर्थिक अवस्था अत्यन्त कमजोर भएका दवाडी परिवारले अहिले सबैसँग आर्थिक सहयोगको हारगुहार मागिरहेका छन् । आर्थिक सहयोग स्वरुप दिलकुमारीको उपचारका लागि गैरीपूर्सु युवा समाज काठमाडौंले ६ हजार उपलब्ध गराएको छ । त्यस्तै समावेशी अनलाईनमा प्रकाशित समाचारको प्रभावले जापानमा बस्दै आउनुभएका भगवती उप्रेतीले हामीलाई शिुशुको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउनुहुने भएको छ । समावेशी अनलाईनका बजार व्यबस्थापक प्रमोद भट्टसँग समावेशी अनलाईनमा प्रकाशित समाचारको विषयमा सामाजिक संजाल फेसबुकमा कुराकानी भएको थियो । उहाँले च्याटमा कुराकानी गर्दा भन्नुभएको भनाई जस्ताको तस्तै यस्तो छ ।–
|  | 
नारी जागरण केन्द्र धादिङका अध्यक्ष समेत रहनुभएका उप्रेतीले हामीले समावेशी अनलाईनमा प्रकाशित गरेको समाचार पढेर आफ्नो मनलाई थाम्न सक्नुभएनछ । उहाँले समाचार पढेपछि आफ्नो मनलाई बसमा राख्नै नसकेपछि प्रमोद भट्टलाई यस्तो म्यासेज गर्नुभएको रहेछ । उहाँले शिशुको उपचारका लागि सहयोग स्वरुप पाँच हजार सहयोग गर्नुहुने भएको हो । उप्रेती जस्ता हाम्रा लाखौँ सहयोगी मन भएकाहरुले ती शिशुलाई आफुले सक्ने सहयोग गरिदिन हामी अनुरोध गर्दछौँ । यदी तपाई सहयोग गर्न चाहनुहुन्छ भने तपाईले राष्ट्रिय बाणिज्य बैङकमा रहेको खाता नंबर १०९१०५९४४८१० मा आथिर्क सहयोग गर्न सक्नुहुनेछ । यसैगरी हाम्रा बजार प्रमूखसँग तपाईले सिधै सम्पर्क गर्न चाहनुहुन्छ भने तपाईले ९८४१०६५४६३ मा फोन गरेर ती अबोध शिशुका लागि आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।
यदी तपाईले अरु कुनै सहयोग गर्न सक्नुभएन भने पनि तपाईले यो समाचारलाई आफ्नो सामाजिक संजाल फेसबुक, ट्वीटर लगायत विभिन्न माध्यमबाट यो लिङ्क शेयर गरिदिनुहुन अनुरोध गर्दछौँ । तपाईको एक शेयरले लाखौँको सहयोगी हातहरु ती अबोध शिशुमाथि आईपुग्न सक्छ ।...
Plz Sheare This link...http://www.samabesionline.com/2013/08/6_19.html
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

