Intresting news Tekman photo,
कुकुरको रक्तदानले विरालोको ज्यान बच्यो ।..
								Posted by Unknown
								Published on Monday, August 26, 2013
 रक्तदान जिवनदान भनिन्छ । मान्छेले 
मान्छेलाई रगत दिएर जिवन बचाएका उदाहरण प्रसस्तै छन् । तर के तपाइँले 
कुकुरले रगत दिएर बिरालोको ज्यान बँचाएको सुन्नुभएको छ ? सुन्ने कुरै भएन ।
 किनकी झ्वाट्ट सुन्दा यो हुनै नसक्ने जस्तो लाग्छ र कुनै दन्तेकथा जस्तो 
पनि लाग्छ । तर हामीलाई दन्तेकथा जस्तो लागेर के भो ? न्युजिल्याण्डमा भने 
साँच्चीकै एउटा कुकुरले रक्तदान गरि बिरालोको ज्यान बँचाइदिएको छ ।

टेलिग्राफका अनुसार न्युजिल्याण्डको 
टारंगा क्षेत्रमा यस्तो घटना भएको हो । भुलबस मुसा मार्ने औषधि खाएपछि 
सिकिस्त बनेको रोरी लामको बिरालो झण्डै मृत्युको मुखमा पुगिसकेको थियो । 
रोरीका मालिक किम एडबर्डले उसलाई उपचारका लागि भेटेनरी अस्पताल लगे । 
बिरालोको हालत निकै बिग्रसकेको थियो । उसलाई तत्कालै रगत दिएर सघन उपचार 
गर्नुपर्ने पशु चिकित्सकले बताए । तर मान्छेका लागि भए पो ब्लड बैंकबाट रगत
 लिएर दिनु वा कोही साथीभाइलाई गुहार्नु । तर बिरालोका लागि कताबाट रगत 
ल्याउनु ? उनी बिलखबन्दमा परे । कतै बिरालो खोजेर उसको रगत निकालेर ग्रुप 
जाँचेर, मिलाएर रोरीलाई रगत दिनका लागि समय नै थिएन । त्यसैले एडबर्डले 
आफ्ना साथी मिसेल व्हाइटमोरलाई फोन गरे । व्हाइटमोटले मेसी नामक लाब्राडोर 
नश्लको कुकुर पालेका थिए । तत्कालै कुकुर लिएर भेटेनरी अस्पताल आउन आग्रह 
गरेपछि व्हाइटमोरले कुकुर लिएर तत्कालै पुगे । त्यसपछि मेसीको रगत निकालियो
 अनि रोरीको सरीरमा दिइयो ।
साँच्चीकै कुकुरको रगत बिरालोको सरीरमा 
मिल्ने सम्भावना निकै कम हुन्छ । त्यसैले मेसीको रगत रोरीलाई दिँदा यदि 
रक्त प्रकार मिलेन भने बिरालो रोरीको तत्कालै ज्यान जान सक्थ्यो । तर 
एडबर्डसँग त्यसको विकल्प थिएन सोही कारण उनले साहस बटुलेर साथीको कुकुरको 
रगत आफ्नो बिरालोलाई दिएका थिए । धन्य रक्तप्रकार मिल्यो र रोरीको उपचार 
सम्भव भयो । मेसीको रगत पाएपछि रोरीको ज्यान बँच्यो । एक जातको जनावरको रगत
 अर्को जातको जनावरको सरीरमा मिलेको यो निकै दुर्लभ घटना भएको वैज्ञानिकहरु
 बताउँछन् ।
हेर्नुस् त, कुकुरले समेत रक्तदान गरेर 
बिरालोको ज्यान बँचायो । तपाइँहामी मान्छेले पनि अब रक्तदान गरेर अन्य 
मान्छेको ज्यान बचाउने की ।
रक्तदान गर्ने कुकुर र रगत पाउने बिरालो हेर्नुस् त अहिले कति मिलेका छन् यो भिडियोमा
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.