National news,
पार्टीभित्र झगडा गर्ने बेला छैनः पौडेल
								Posted by Unknown
								Published on Sunday, August 25, 2013
१० भदौ, चितवन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अहिलेको समय पार्टीको आन्तरिक विवादको समय नभएकाले एकढिक्का भएर चुनावी कार्यक्रममा सहभागी हुन र्काकर्ताहरुलाई निर्देशन दिनुभएको छ । काँग्रेसको जित नभएसम्म देशमा लोकतान्त्रिक संविधान निर्माण नहुने चर्चा गर्दै उपसभापति पौडेलले कार्यकर्तासँग एक ढिक्का भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभयो । नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्रको केन्द्रीय महाधिवेशनमा सहभागी हुन चितवन पुग्गनुभएका उपसभापती पौडेलले आफ्ना गतिविधि बढाउन पार्टीले कार्यक्रम अझ अगाडि बढाउने जानकारी दिनुभयो । उहाँले कुनै पनि हालतमा मंसिर ४ गते निर्वाचन हुने ठोकुवा समेत गर्नुभयो । विगतमा पार्टीको कतिपय कमजोरीका कारण हार व्यहोर्नुपरेको बताउँदै उहाँले अब व्यक्तिभन्दा पार्टी ठूलो हो भनेर उम्मेदवार छनोट गर्न कार्यकर्तासँग आग्रह गर्नुभयो । 
ट्रेड युनियन काँगे्रस चितवनमा जारी नेपाल ट्रेड युनियन काँगे्रस स्वतन्त्रको ५ औ महाधिवेशनमा आजबाट बन्द सत्र शुरु हुदैछ । महाधिबेशनले आगामि ४ वर्षका लागि अध्यक्ष लगायत ३७ सदस्यीय नया कार्य समिति चयन समेत गर्नेछ । महाधिबेशनमा सभापति शुशिल कोइराला र बरिष्ठ नेता शेर बहादुर देउवा पक्षीय प्यानल चुनाबी मैदानमा उत्रिदैछन् । महाधिवेशनमा नेपाल टे«ड युनियन कागे्रसले उठान गरेका सबेैका लागि सामाजिक सुरक्षा, संबिधानमा सूनिश्चित गर्नु पर्ने श्रमिकका हक, राज्यका नीति निर्माण तहमा प्रत्येक श्रमिकको प्रतिनिधित्व लगायत श्रम ऐन र कानूनमा यथा शिघ्र परिबर्तन गर्नु पर्ने बिषयमा छलफल हुनेछ । महाधिबेशन भोलीसम्म चल्नेछ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

