Welcome Guest!
twitter facebook rss

,

दामको लागि भन्दा पनि नामको लागि म फिल्मी क्षेत्रमा लागेको हुँ ।



नेपाली कथानक चलचित्र कुन्ठाबाट आफ्नो फिल्म यात्रा सुरु गर्नु भएका नव नायक रोबिन पोखरेलसँग समावेशी आनलाईन संवाददाता पुष्पा के.सी. ले गरेको कुराकानी ।


समावेशी अनलाईनमा स्वागत छ तपाईलाई ।
धन्यवाद ।

कति समय भयो तपाईँ फिल्मी क्षेत्रमा काम गर्नु भएको ?
बाह्र बर्ष भयो । तर केहि समय निरन्तर लाग्न सकिन । मोडलिङ र फेसन डिजाइनर पढ्को लागि चार बर्ष सम्म डेनमार्कमा थिएँ ।

फिल्मी क्षेत्रमा कसरी लाग्नु भयो ?
यस्तो लाग्छ, म जन्मेको नै कलाकार हुनको लागि हो । सानै देखिको इच्छा, लगनशिलता र आत्म विश्वासले नै यस क्षेत्रमा लागेको हुँ ।

सुरुमा परिवारको सहयोग कस्तो थियो ?
परिवारको सहयोग सुरुमा थिएन । सायद यो क्षेत्र प्रति विगतको समयमा समाजको नकारात्मक सोच भएकोले होला । तर मैले जिद्धि गरेर लागे पछि अहिले परिवारको सहयोग राम्रो छ ।

आज सम्म आई पुग्दा कस्तो लाग्छ फिल्मी क्षेत्र ? 
आज सम्म सन्तुष्ट छु । दामको लागि भन्दा पनि नामको लागि म फिल्मी क्षेत्रमा लागेको हुँ । सुरुमा गाह्रो भए पनि काम गर्दै जाँदा अनुभवले निखार्दै लैजाने हो । सन्तुष्ट छु , सन्तुष्ट हुनु नै खुशी हुनु हो ।

यो क्षेत्रमा आउनलाई कति गाह्रो छ ? 
गाह्रो छ । सुरुमा सहयोग गर्ने मान्छे कम हुन्छन । हिड्दै गर्दा बाटोमा विभिन्न वाधाहरु त आई पर्छन नै । तर पनि धैर्य र मेहेनत गरेर लाग्न सक्नु पर्छ । मैले यो काम गर्न सक्छु र गर्नु पर्छ भन्ने दृढ विश्वास यस क्षेत्रमा स्थापित हुने बलियो आधार हो ।

रोबिन पोखरेललाई कुन्ठामा कस्तो पात्रको रुपमा देख्न पाउँछौ ? 
सामान्य परिवारमा जन्मेको छोरो जसको बुबाको नाम सम्म थाहा हुदैँन । त्यहि छोराको रुपमा मलाई देख्न पाउनु हुनेछ ।

कुन्ठा कस्तो चलचित्र हो ? यसमा काम गर्न कति गाह्रो भयो ?
कुन्ठा सेक्सको नभएर परिवार भित्रको कुन्ठालाई यस फिल्ममा देख्न सक्नु हुनेछ । काम गर्न गाह्रो हुन्छ । त्यहि गाह्रोलाई मैले सजिलो मानेर काम गरेको छु ।

तपाईँलाई कुन्ठा पछि कुन फिल्ममा देख्न पाउनेछौँ ?
धेरै फिल्मको लागि कुरा भैरहेको छ । तर अहिले फिक्स भएको चलचित्र आरभ हो । जुन म्युजिकल लभ स्टोरीमा आधारीत छ । यसको सुटिङ असोजको पहिलो सता देखि सुरु हुनेछ ।

तपाईँको महत्वपूर्ण समयको लागि धन्यवाद ।
तपाईँलाई पनि धन्यवाद ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide