Article,
खाको बिष पनि नलाग्दो रहेछ कुनै बेला-----गँगालाल गुरुङ
								Posted by Unknown
								Published on Sunday, August 18, 2013
 मेरो आमाले लाठो खोस्न १ मिनेट मात्र ढिला गरेको भए म र मेरो परिवार २०५४ 
सालमा नै स्वर्गवास भैसक्थे म ४ बर्षको उमेरमा नै मरेर गएको भए यति खेर 
मेरो चिहानमा बोटबिरवा हुर्किएको हुने थियो ।
मेरो आमाले लाठो खोस्न १ मिनेट मात्र ढिला गरेको भए म र मेरो परिवार २०५४ 
सालमा नै स्वर्गवास भैसक्थे म ४ बर्षको उमेरमा नै मरेर गएको भए यति खेर 
मेरो चिहानमा बोटबिरवा हुर्किएको हुने थियो ।
जीवन एक निरन्तर बगिरहने खोला हो । जसरी खोला  निरन्तर बगिरहेको छ ।थाहा छैन कहाँ पुग्ने हो र कहाँ पुगेर रोकिनको लागि  गन्तब्यविहिन  भएर बगिरहेको  छ। मानिसको जीवन पनि यस्तै रहेको छ। जीवनको सहि परिभाषा के हो ?यसको ठेट परिभाषा कोसँग छ ?आखिर जीवनको परिभाषा यहाँ भोगाई अनुसार फरक पर्दछजो बिहान बेलुका छाक टार्नको लागी दिनभरी ज्यालामजदुरी गर्छ उसले भन्ने गर्छ जीवन दुःखै दुःखमा बित्ने चोला हो ।अनि जो महलमा वा वा गरेर बस्नेले भन्छ जीवन बिन्दास हो मरी लानु के छ र बाँचुञ्जेल त हाँसीखुशी गर्नुपर्छ ।
जो कहिले अलि रमाउन र कहिले रुन बाध्य हुन्छ त्यस्तो मान्छेले भन्ने गर्छ जीवन सुख र दुःखको संगम हो ।अनि कोहिले भन्ने गरिन्छ जो जीवनमा बिछोडिएर बाँच्नु  परेकाले जीवन एउटा धोका हो ।यसमा सबैले आ आफ्नो बुझाई र सोचाईको आधारमा जीवनको परिभाषा गर्ने गरिन्छ । मेरो बिचारमा जीवन भनेको दुई पक्ष बिचको घनाघोर युद्धको चपेटामा परेर बाँच्नु जीवन हो । दुई पक्ष बिच युद्ध चल्दा जब हाँसोले जितेमा जीवन खुशि मानिन्छ त तब आँशुले जितिन्छ जीवन निरासायुक्त मानिन्छ । प्रत्येक मानिसको जीवनमा सधै  खुशि मात्रै हुदैन र  सधै आँशु पिएर बाँच्ने पर्ने हुदैन । हाँसो आँशु जीवनको परिपूरक हो ।
मेरो जन्म बि .सं. २०५०साल कार्तिक महिनाको १ गते  नेपालीहरुको महान चाड बिजयादशमीको दिन बेलुका ८ बजे मध्ये धादिङको नीलकण्ठ गा. बि. स  वडा नं. ९ जुरेथुममा बुबा जगत बहादुर गुरुङ र आमा सुना गुरुङको कोखबाट एक झुपडि हुन पुग्यो । म भन्दा अगाडि २ दाजुहरुको जन्मपश्चात म तेस्रो सन्तानको रुपमा जन्म हुन पुगेको रहेछु ।सानोमा आमाको न्यानो काँखमा रमाउदै बाल्य बितेको पनि थाहा भएन । जब  २ बर्षको भयो त्यसपछि  दाई गोठालो जाँदा मलाई दाईले काँधमा राखेर मलाई सँगै लानु हुन्थ्यो ।घर नजिकै ठूलो बन थियो ।दाई त्यस बनमा गाई, बाख्रा, भैसि चराउन लानुहन्थ्यो । मलाई पनि सँगै लगेर गोठालो जानु हुन्थ्यो । सन्तानको पनि जेठो छोराले अलि दुःख भोग्नु पर्ने  हुन्छ भन्थे हो रहेछ पनि ।
दाईले बिहानमा पानी ल्याउनुपर्ने, घरको कामधन्दा, घाँस  काटनुपर्ने,  दिउसो भयो गाई गोठालो भाइ बैनी हेर्नु पर्ने गाउँ घरका बुढा पाकाले भन्नुहुन्छ बाबु कुन छोरा हो ? भन्दा मैले म कान्छो हो भन्थ,े अनि भन्नुहुन्थ्यो लौ सुख पाएछ । किन र हजुर बुवा ?भन्दा भन्नुहुन्थ्योकिनकी जेठो  छोरा भयो भने दुःख भोग्नु पर्छ बाबु भन्थे । हुन पनि हो रहेछ जेठो छोराले अलि मात्रामा  दुःख कष्ट भोग्नु पर्ने रहेछ । भाइबहिनी हुर्काउनुपर्ने घरको  काम धन्दा पनि हेर्नुपर्ने ।समयको चक्रसँगै म पनि ४ बर्षको भएछु ।बाल्यकालमा नै जीवनभरी कहिल्यै नबिर्सने ठूलो चोट पुग्यो मेरो जीवनमा । आज ओठले अरुको सामु हाँसे पनि आँखा भने निचोरीरहेको छ ।। म ४ बर्षको थियो त्यसबेला एकान्तको ठाउँमा घर थियो हामी दुई दाजुभाइ  कोहि नयाँ नौलो मान्छे आएर तेरो कान काट्छु भन्यो भने  हामि रुदै भाग्थ्यौ रे जुन कुरा आज गाउँका कोहीले कुरा ग¥यो भने आजकल त लाज पो लाग्छ ।कुरा विं.स २०५४ साल मंसिर महिनाको हो जुन रात पनि परिवारका सबै जना बेलुका खानपिन भएर सुतिरहेको थियो ।मध्यरातको १२ बजेको थियो । घरमा आमा, बाबा, दाई, बहिनी,र म निदको देवीमा शरण परिरहेको थियो ।बुवाको अलि मानसिक असन्तुलन थियो जुन रात बाबाले परिवारको  सबै सिध्याउने र आफू पनि नरहने भन्ने मनासय साथ लाठोले सर्बप्रथम मेरो आमा माथि बर्साएको रहेछ  त्यसपछि  मेरो दाईलाई म र मेरो बहिनीलाई भने लाठो प्रहार गर्न नपाउदै  आमा निन्द्रा बाट ब्युझनु भएछ रगतको धारा बगाउदै उक्त लाठो खोस्नु भएछ ।
 सँयोगले मेरो आमाले जोगाउनु भयो नत्र भने हामि परिवारलाई नै सखाप पारेर आफू नरहने मनस्थितीको साथ जुन कार्य गरेको रहेछ । मेरो आमाले लाठो खोस्न १ मिनेट मात्र ढिला गरेको भए म र मेरो परिवार २०५४ सालमा नै स्वर्गवास भैसक्थे म ४ बर्षको उमेरमा नै मरेर गएको भए यति खेर मेरो चिहानमा बोटबिरवा हुर्किएको हुने थियो ।
मेरो आमा महान हुनुहुन्छ किनकी लाठो बर्षाएको दुखेको रन्कोमा पनि  लाठो खोसेर हामिलाई बचाउनु भयो रातको करिब १२ः३० बजेको थियो घर एकान्तमा हारगुहार गर्दा पनि सुन्ने कोहि थिएन आमाले लाठो खोसेपछि  मलाई दाईले त बहिनीलाई आमाले च्यापेर त्यहाँबाट भाग्नु भयो ।मध्य रातको समयमा गाँउमा गएर हार गुहार गरेपछि गाउँभरि नै खैलाबैला मच्चियो बुवाले के ग¥यो थाहा भएन आमाको टाउकोबाट भने रगत बगिरहेको थियो । अनि गाउँमा पुगेर गाँउका मानिसले पट्टी लगाईदिनु भयो ।त्यति लामो समय सम्म कति रगतको भल बगे के थाहा दाईलाई पनि उक्त लाठो बर्षाउन  भ्याएको थियो  त्यो रात त्यतिकै हल्ला खल्लामा बित्यो अनि बिहान उज्यालो भएर आयो गाउका मानिसहरु मिलेर घरमा हेर्न आएको थियो ।
बाबाले घरको माथिल्लो चोटाको दलिनमा डोरीको पासो लगाई झुन्डिएको अबस्थामा  देखेपछि गाउका मानिसले प्रहरीलाई खबर गरे ।अनि हामिलाई भने बिहान नै जिल्ला अस्पताल धादिङमा गाउलेहरु मिलेर लिएर आएको थियो ।म ४ बर्षको भएर होला मलाई कति कुराको याद छ मलाई पनि ।हाम्रो बिजोक हेर्नेको भीड लागेको थियो मलाई यति सम्मको याद छ की जिल्ला अस्पतालको अगाडि रहेको आँपको रुख छेउमा बसेर आफ्ना आफ्mन्तजनले  दिएको  बिस्कुट खादै बसेको याद जब म धादिङबेशी सिरानबजार पुछारबजार गर्छु अनि छलछली याद आउछ अस्पतालको छेउछाउमा पुग्दा आमालाई भने टाउकोमा  ५ टाका लगाईएको थियो करिब १ महिना अस्पतालको बसाई पछि आमाको घाउ ठिक भयो अनि  घरतर्फ गए ।घरमा त गए मान्छे मरेको घरमा बस्नुहुन्न तर्साउछ भनेर गाँउका मानिसले बारम्बार भनेपछि हाम्रो बिचल्ली भयो । मंसिर महिनामा त्यस्तो भएपछि पाकेको अन्न बाली गाउका मानिसले लुछाचुडी गरेर राखे भन्ने पनि सुनियो, अब त फलानोको सन्तान सकियो भन्दै ।अनि हामी भने गाउको एक धन्सारमा बस्न बाध्य भयौ ।२७ बर्षको उमेरमा नै सिउदो पुछिन पुगेको मेरो आमालाई समाजको मान्छै रुप लिएर जन्मेकाहरुले दिद्धे दृष्टी नलगाउने मान्छे पनि नभएको होईन । यो उमेर मा नै के हेरेर बस्ने हो र भनेर फकाई फुलाई गर्ने  मानिस पनि नभएको होईन तर मेरो आमाले अड्डी कस्नु भयो मेरो जीवनको साहारा २ भाइ छोराहरु छन भन्दै बस्नु भयो ।यो समाजमा सबै मान्छे मान्छे छैन कोही त दुस्ट पनि छन।यसरी हामी अरुको धन्सारमा बस्न थाल्यो म, आमा, दाई, र बहिनी  अरुको घरमा बास खानको लागी बिहान बेलुकाको छाक टार्न पनि गारो परेको थियो किनकी  पाकेको बाली अरुले नै भित्रयापछि के गर्नु जसो तसो पेट त  पाल्नै प¥यो त्यसपछि जुन पुरानो घर तर्साउछ भनेर गाउका  केहि साथी म  र दाई भएर उक्त घरमा आगो लगाईदियो ।घर खरले छाएको थियो  १० मिनेटमा नै जलेर सकियो ।करिब १ बर्ष जति अरुको धन्सारमा बसेपछि  पानी पर्दा टाउको लुकाउने सम्मको भएपनि छाप्रो बनाएर बस्न थाले ।आमा अरुको मेलापात जानुहुन्थ्यो म पनि सँगैजान्थे ।मेलामा गएर म खेलेर बस्ने गरिन्थ्यो ।त्यस बेला एक हल गोरुको १२५ रुपैया तिर्नुपथ्र्यो तर पनि पैसा तिर्न नसकेपछि हलको ५ वटा पर्म तिर्नुपथ्र्यो ।करिब एक महिना जति त गोरु जोतेको पर्म तिर्दामा नै बित्थ्यो ।समय बित्दै गयो टाउको लुकाउने छाप्रो सम्म मात्रै थियो त्यसपछि  करिब ३हल गोरु लाग्ने  जग्गा दिएर घर बनाईयो ।अनि २०५६सालको भदौबाट म बिद्यालय जान थाले । मलाई आमाले स्कुल पु¥याईदिनुहुन्थ्यो अनि म पनि स्कुलमा नबसी आमासँगै घर फर्केर आउने गर्थे । पछि भने स्कुल जान बानी नै लाग्यो त्यसपछि निरन्तर स्कुल जान थाले ।कक्षा १ बाट पास भएर २ मा गए त्यसपछि म राम्रोसँग  पढदै थियो । कुरा असार महिनाको हो यो समाज पनि रुढिबादी परम्परा र संस्करमा ब्याप्त रहेका छन । धामि झाक्रीको विश्वासमा कतिको ज्यान गयो मेरो एउटा भएको बहिनीको खुट्टा सुन्नीने रोग थियो यो त बोक्सी लागेको हो भनी कति कुखुरा बोका चढाईयो ।  आखिर केहि भएन अपसोच मेरो बहिनीको ५ बर्षको उमेरमा यो संसार छाडिन एउटा भएको बहिनीले यो संसार छाडदा आज आएर प्रत्येक बर्ष आउने तीज र तिहार मेरो लागी आँशुको सागर  बन्न्नेछ किनकी तिहारमा सबैको गला भरी माला हुँदा मेरो भने गाला भरी आँशु  बनाउनु पर्ने कस्तो  जुनी हो यो ? जब तिहार आईपुग्छ लाग्छ यो  तिहार किन आयो   पीडितलाई रुवाउनको  लागीआखिर? दैबले चुडाउने त चुडाएर लगे तर पनि बाँच्नेको लागि जुनी भरी पीडा हुने गरि किन आँखामा झलझली आउछ. मरेको मान्छेको यादले किन सताउछ मर्ने त मरेर गए तर पनि बाँच्नेको  लागी किन यस्तो हुन्छ? माँया भनेको के हो यहाँबाट थाहा भयो कि आफ्नो मान्छेको माँयाले कति पिरोल्दो रहेछ भन्ने कुरा ।आज मैले बुझे कि यो संसार  माँयाले बाँधेको छ। ४बर्षको उमेरमा नै बाबुको काखबाट टाढा हुन पुगेको मान्छे म झन पछि गएर घर नै उज्यालो बनाउने मेरो बहिनीलाई पनि  पापी दैबले चुडाएर लग्यो । के गर्नु जताकोगहिरो उतैकोे  पहिरो  भनेको यै रहेछ यसरी दैबले  पनि जन्म भएको ४सन्तान मध्ये पनि दुई भाग लगाई दियो ।समय सँगै अगाडि बढिरहदा मेरो जीवनमा धेरै उथलपुथल भोग्नु प¥यो ।कुरा म कक्षा ९ मा पढदै गर्दाको हो, चैत महिना  हावा हुरी र चट्याङ पर्ने महिना जुन दिन शुक्रबार थियो । म दामनबाट प्रसारित  प्रतिध्वनी एफ एम ९७ मेगाहर्जमा कार्यक्रम सुन्दै थियो ।आमा भान्सामा खाना पकाउदै हुनुहुन्थ्यो ।अचानक घर नजिकै एउटा रुखमा चट्याङ प¥यो र त्यसको  प्रभाव मलाई पनि प¥यो ।  म बेहोस हुन पुग्यो घरको चुलो छेउमा सुतेको मान्छे म ढोका छेउमा पुगेछु उछिटिएर । यसरी १ घण्टाको  बेहोस पश्चात म होस आए ब्युझदा मेरो शरिर भतभती पोलिरहेको थियो ।जुन  बेला पनि मलाई प्राकृतिक प्रकोप चट्याङले पनि लान नखोजेको होईन खै के कारणले हो त्यस बेला पनि मलाई त्यतिकै छाडेर मलाई लान सकेन ।   यो पापी संसारमा सायद म कक्षा ९ मा नै पढदै गर्दा  चट्याङले लगेको भए यस बेला स्वर्गबास भएको आज ठिक ४ बर्ष बित्ने थियो । खै किन यो संसारमा दुःख गर्ने समय सकिएको रहेनछ किन लान्थ्यो यो प्रकोपले पनि ४सन्तान मध्ये आधा भाग लगाएर पनि अझ खोस्ने कोसिस भने नगरेको होईनतर पनि किन हो यो समय सम्म सकिन आज यो दिन सम्म संघर्ष गरिरहेको छु।समयको चक्रसँगै मानिसको जिम्मेवमरी पनि बढदै जाने गर्दछ । सानो छदा आमाले भोकमा खान र निदमा सुत्न पाए हुन्थ्यो तर पछि उमेर समय र परिस्थितीसँगै जिम्मेवारी पनि बढदै जाने गर्दछ । जीवनको अनेको उतारचढाबको क्रममा कति दुःख त  कति सुखसँग  पेठा जोरी गर्दै अगाडि बडदै छु । दैबले न्ी गनगनी चोट नदिएको होईन । तर पनि जसो तसो ज्युन नै पर्ने रहेछ ।मेरो बाबु, दाई बहिनी लाई चुडेर पनि मलाई पनि कोसिस नगरेको त होईन तर पनि अहिले सम्म चुडाउन सकेको छैन । अबको दिनमा त के हुन्छ थाहा छैन ।समय बलवान छ भन्थे हो रहेछ यहँ मान्छेलाई राख्ने की नराख्ने केवल उसको हातमा रहेको छ।हामी मान्छे यो धर्तीको दुई दिनको पाहुना । एक आपसमा नाताले बाँधेको छ यो तेरो दिदी, बहिनी यो आमा, बाबु, काका,  काकी माईजु आदि नाताले मानिसलाई बाँधेको हुन्छ  । अनि कुनै दिन थाहा नै नपाई चटक्के चुडाएर लाने गर्दछ ।मानिस झिनो आसामा बाँचेको हुन्छ यो संसारमा एक आपसमा माँयाले बाधेको छ र पो मान्छे बाँचेको छ । यहाँ मान्छेले मान्छेलाई देख्दा नराम्रो ब्यवहार गर्ने भएको भए सायद मान्छे यो ठाउँमा रहने थिएन किनकी एकले अर्कोलाई माँयाले बाँधेको छ । हामी आमा भन्छौ कति प्यारो शब्द छ दुःखमा पर्दा हामी आमा भन्छौ । कतै ठेस लागेर लडेमा ऐया आमा भन्छौ।चाडबाड आयो चेलीको सम्झना यो सबै मानवीय सम्बन्ध हो । तर पनि आफ्नो भने मात्र दुई दाजु भाइ मात्र छौ । जब चाडबाड आउछ अनि लाग्छ की यो चाडबाड किन आउछ ? कुनै काम  गर्न खोज्दा यो काम त तैले गर्न सक्दैन म गर्छु भनेर आमाले भन्नु हुन्थ्यो । अरुको लाख भन्दा आमाको काख प्यारो भन्ने उक्ती त्यतिकै बनेको होईन ।संसार देखाउने आमा दुधको प्याला पिलाएर त्यो गाउँबेशीमा फाटेको चोलि अनि सेतै कपास झै फुलेको केश लिएर मेलापात गर्दैहुन्छ होला ।के गर्नु आमा म पनि यहाँ आफ्नै बाध्यताले  बसेको हो मलाई पनि घरमा बस्न मन नभएको  होईन ।जब दिन ढल्दै हजुरको यादले सताउछ ।३० बर्षको उमेरमा नै आफ्नो सौन्दर्यलाई गुमाउनु भएको मेरो आमाले कति दुःख गरेर मलाई हुर्काउनु भयो । घरको एक पाखो उडेको घर कस्तो हुन्छ त्यस्तै आफू एक्लै भएपछि यहाँ गिद्धे आँखा लगाउने मान्छे नभएको होईन तर पनि २ भाइ छोराले बुढेसकालमा  गएर मलाई पाल्नेछ भन्ने ठूलो आशाका साथ सधै रोई रोई अरुको मेलापात गर्नुभयो ।म त्यति बेला मात्र ४ बर्षको थिए मलाई थाहा छैन बाबाको माँया कस्तो हुन्छ ४ बर्षको उमेरमा नै मैले मेरो बाबालाई गुमाउन पुगे ।सामाजिक परम्परा पनि कस्तो अचम्म छ  मर्ने त मरेर गए तर पनि बाँच्नेको लागि जुनि भर पीडा हुने गरी किन पुछिन्छ सिउदोको सिन्दुर अनि पुरुष चाँहि आफ्नो श्रीमति बितेको १३ दिन नपुग्दै अर्को नयाँ दम्पतिका खोजिमा हिडछ कहाँ सम्मको बिभेद छ यहाँ ।कुसंस्कार र कूरितीले गाडेको जरो कहिले सम्म हो यसलाई अहिलेको पढेका भनाउदाले किन हटाउन सकिन मेरो यो प्रश्नको उतर कोसँग छ ?खाटो बसेको कोटयार बाँच्न मेरो आमा पनि विवश छन ।जब बिभिन्न मेला महोत्सब चाडबाड आउन हुन्न मेरो आमालाई किनकी अरु सबै रातो सारी र शिरमा सिन्दुर पहिरिएर हिडेको देखे पछि मेरो आमा रुनुहुन्छ । मैले के भन्ने आमाले खालि मेरो त कर्ममा  नै नभएसी कस्को के लाग्छ र बाबु  एकदिनको घटनाले मलाई सारै यो सामाज देखि सारै रुष्ट छु किनकी मेरो आमाको खुट्टा मर्किर रातो धागो बाँध्यो भने ठिक हुन्छ भन्ने मान्यताले खुट्टामा रातो धागो बाध्नुधएछ त्यसपछि यो समाजका मै हुँ भनाउदाले फलानोको आमाले त रातो धागो लगाएको छ भनेर कुरा चल्न थाल्यो । मैले कै केहि भन्न सकिन हुन त भन्ने गरिन्छ कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको खु्टटा टोक्न जानहुदैन ।आखिर यो  समाजमा एकल महिलाको लागि रातो सारी र सिन्दुर किन बिष साबित हुदै छ ? छोराछोरीले आमाको आँशुको धारा र दूधको भारा तिर्न  कहिल्यै सकिदैन तर पनि आमा यो संघर्षरत छु । हजुरको ईच्छा पुरा गर्नको लागि जे होस समाजले पुकार्ने नाम लिएर बाँच्ने छु आमा । यो समाजमा फलानोको छोरा हो भनेर चिन्नको लागि र हजुरको बुढेसकालको साहारा उमेरमा नै एक्लो हुनु भएको मेरो आमाको शिर उच्च बनाउनको हरकदम सर्घषमा छु ।तर पनि   म धादिङमा छु प्रत्येक १५ दिनमा मलाई भेटन आउनु हुन्छ  हालसम्म एकचोटी  यो मेरो कमाई हो भनि २ पैसा थमाउन सकेके छैन हुन त घरमा पनि अति नै गारो छ ३ चोटी सम्म ५ हजार भएनी लेउन बाबु घरमा सारै गारो छ  भन्दा पनि मेैले दिन सकिन के गर्नु यस्तै छ बाध्यता आमा त्यतिकै  ३ पटक सम्म रित्तै हात घर फर्के मेलै त्यो क्षण कसरी बिताए होला सोच्नुस त ?त्यो बेला  मलाई यो संसार नै अध्यारो भएको आभास हुन्थ्यो आमाको बलिनधारा आशु पारेर रुनु भयो त्यो बेला मैले  मागेको ५ हजार पनि दिन नसक्ने के हो बाबु यो चाल भन्दा मैले के गर्नु  आमा यस्तै छ  यहाँ भनेर  भने तर पनि मनमा भने आगो बलिरहेको थियो मैले केहि दिन सकिन भनेर फाटेको चोलि र जाडोमा घलेक बेरेर आउनु भएको आम देखि मैले जीन्दगीको परिभाषा खोजे मलाई आज घर जान अति अप्ठयारो भएको छ किनकी मलाई दिन बिराएर फोन गर्नुहुन्छ घर आउन बाबु ३ महिना भैसक्यो भनेर भन्नुहुन्छ तर मलाई यहाँ घर जाने आधार छैन के भनेर घर जाने मानिस किन नराम्रो बाटो अगाल्छ भन्ने कुरा आज आएर बल्ल थाहा भयो तर पनि संघर्ष गरिरहेको छु । एक दिन त अबस्य पनि आमाको अनुहारमा खुशि दिलाएरै छाडने छु ।जीवनमा अनेकौ बाधा अड्चन भोग्नु परे पनि जीवन नै संघषै संघर्षको मैदान  हो ।
जब सम्म एक मुठी सास रहने छ तब सम्म यो संघर्षको यात्रा टुगिने छैन ।मनमा चोटै चोट र मन भरी पीडा भए पनि अरुको सामु कृतिम हाँसो भए पनि हाँस्नु पर्ने यो जीन्दगी यस्तै रहेको छ ।मानिस जन्मदा स्वतन्त्र रुपमा जन्मन्छ, चिन्ता, अभाव, पीडामा बाँच्छ र गुनासो गर्दै मर्ने गरिन्छ । आखिर जे जस्तो भए पनि ज्यूनु पर्ने यो कसैको नासो जीन्दगी  जुन बेला सम्म दैबले नचुडुन्जेल बाँच्नै पर्ने ।
आज भन्दा १० बर्ष अगाडि बितेको मेरो बहिनीको सम्झनामा सर्मपित
लेखक रेडियो लेखनाथमा कार्यरत सञ्चारकर्मी हुन ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

