place,
धादिङ लापाको चिनारी.
								Posted by Unknown
								Published on Monday, July 1, 2013
|  | 
| pramod bhatta | 
यस अंकको समावेशी अनलाईनमा स्थान परिचयका लागि सहकर्मी प्रमोद भट्टले तयार पारेको धादिङ जिल्ला लापा गाउँ विकास समितीको चिनारी..... 
ऐतिहासिक पर्यटकिय स्थलहरुको विवरण ।
१, गणेश कुण्ड
लापा गाँउबाट करिव ४(चार) दिनको पैदल यात्रा पछि मात्र पुगिने गणेश कुण्ड ताल गणेश हिमालको काखमा अवस्थित रहेको छ । यस कुण्डमा दुई वटा भाले र पोथीको रुपमा ऐतिहासिक ताल रहेको छ । पोथी ताल ठुलो र भाले चाही सानो रहेको छ । पोथी तालको बीच भागमा एउटा मन्दिरमा विभिन्न किसिमका भगवनका मूर्तिहरु रहेको छ । तालको दक्षिण भागमा एउटा माने (देउराली) माटोको बत्ति बाल्ने पानस, तामाको ३ वटा कचौरा र विभिन्न किसिमका भगवानका मूर्तिहरु रहेको छ । भदौ पूर्णिमा एवं जनै पूर्णिमाको दिन लामा झाँक्रीहरु नाची पूजा गर्ने चलन छ । पोथी ताल एक परिक्रम लगाउनका लागी करिव एक घण्टा लाग्द छ । सधैं निलो रंगमा स्वच्छ र निच्छल भएर रहन्छ । किनकी यस तालमा झरेका रुखका पात र किराफट्यङ्ग्राहरुलाई यहाका चराहरुले टिपेर फालिदने गर्दछ । तर छेउमा रहेको भाले तालको चाही पात र किराहरुलाई फालिदिदैन । यी दुई तालको अलि तल्लो भागमा एउटा सानो दित ङ्ये ( कामी ङ्ये) रहेको छ । गणेश कुण्ड तालमा पूजा गरेर आउँदा यदि त्यहाँ पूजा गरिएन भने लामा झाँक्रीहरुलाई घटना घटाई दिने गर्दछ । गणेश हिमालको काखमा रहेकाले मंसिर महिना देखि माघ महिना सम्म हिउँले ढँकिएका कारण यहाँ कोही पनि जान सकिंदैन जब यस क्षेत्रमा हिउँले छोड्न सुरु गर्छ अनि गणेश कुण्डमा स्वदेशी तथा विदेशी तिर्थ यात्रीहरुको भिँड लागेको हुन्छ । यो तालमा पुगे पछि हेरीरौं जस्तो लाग्ने रमणीय ताल हो गणेश कुण्ड ताल ।
२, माङने भञ्झ्याङ
लापा गाउँ विकास समिति र गोरखा जिल्लाको मान्वु गाउँ विकास समितिको सिमानामा पर्ने एक ऐतिहासिक पर्यटकिय स्थल हो माङ्ने भञ्झयाङ । यस भञ्झ्याङको काखमा अग्ला–अग्ला गोब्रे सल्लाका रुखहरुको बीचमा ठूलो चौर छ सो चौरमा लापाका जनताहरुले खर्कको रुपमा प्रयोग गरिरहेको छ । उक्त खर्कको बीच भागमा नुवाकोट, रसुवा, पाङसाङ , सेर्तुङ, लापा खादिङ हुँदै गोरखा जिल्ला भएर जाने पर्यटकहरु आवत–जावत गर्ने प्रमूख गोरेटो बाटो छ । माङ्ने प्राय फुलकै बासनाहरुले बासाई रहेको ठाँउ हो । हिउदामा लाली गुराँसको रंगि चंगी त वर्षमा विविध प्रजातिका फूmलहरुको रंगी चंगीले झिलिमिलि भईरहेको ठाँउ हो । यस बाटोबाट हिउँदाको हिउँ र वर्षतको पानी किन नहोस सधैं स्वदेशी विदेशी पाहूनाहरुको लाम लागि रहेको हुन्छ । त्यति मात्र नभई खर्कमा वस्तु भाउहरु त्यतिकैचराई रहेका गोठालाहरु र विभिन्न रंगीबिरंगी वस्तुभाउहरु हरियो खर्कमा चरिरहेको हून्छ माङनेमा । यो ठाउँमा कहिल्यै पनि सुनसानको अवस्था आउदैन ।
३, सेङ्कार्चो ल्ह थ्यान गुफा
लापा गाउँ विकास समिति विविध किसिमका ऐतिहासिक प्राकृतिक सम्पदाहरुले भरिपूर्ण गा.वि.स. हो । ऐतिहासिक प्राकृतिक सम्पदाहरु मध्ये सेङ्कार्चो ल्ह थ्यान पनि एक हो । लापा गाँउ विकास समितिको वडा न.ं ६ मा पर्ने सेङकार्चोमा अवस्थित छ । यो ठाउँ लापा –६ सेङ्कर्चो देखि लापा— ९ मा रहेको छ्यम्दाङ्चेत सम्म यसको सुरुङले जोडिएको छ भन्ने कुरा हाम्रा लापाका बुढापाकहरुको भनाई पाईन्छ । यस ल्ह थ्यानको गुफाको मुख भागमा हामीले अनौठो कुरा देख्न पाईन्छ के हो भने गाई भैसींको दूधको थुना जस्तै झुन्डिरहेको, केरा घारी , सिँडी, कुकुरलाई पानी दिने काठको भाँडा जस्तो चिज र त्यहाँ १२ महिना नै छिपछिपे पानी बगिरहेको देखिन्छ । त्यति मात्र नभई पहिला पहिला बोक्सी आरोपित महिलाहरु त्यहाँ प्रवेश गर्दा ठूलो सर्पले बाटो छेक्न आएको भन्ने कथनहरु पनि सुनिन्छ अहिले । करिब यसको सुरुङले १५ किलो मिटर सम्म जोडिएको भन्ने पनि छ । यस्ता ठाँउहरुको आफैमा ऐतिहासिक भोके ता पनि पर्यटन क्षेत्रका लागि प्रचारप्रसारको कमिले गर्दा बाहिर आउन सकिरहेको छैन ।
४, छुमार भञ्झ्याङ
छुमार भञ् झ्याङ लापा गाउँ विकास समितिको पर्यटकिय स्थलहरु मध्ये एक हो । यस भञ्झ्याङ लापा गाउँ विकास समितिको वडा न.ं ८ , ९, र ६ मा पर्ने ऐतिहासिक रमनिय ठाउँ हो । यस ठाउँमा लापा गाउँ विकास समितिको उच्च भागमा रहेकाले करिव पौष महिना र माघ महिना हिउँले ढाकिएको हुन्छ । यस भञ्झ्याङ्ले लापा गाँउ विकास समितिलाई पूरै काखमा लिएर बसिरहेको हुन्छ । यस ठाउँमा बिहानै घाम लागेको हुन्छ र बेलुका पनि अबेला सम्म घाम लागिरहेको हुन्छ । यस भञ्झ्याङबाट छिमेकी जिल्ला गोरखाको केही गा.वि.स. हरु, धादिङ्ग जिल्लाको प्राय सबै गाँउ विकास समितिहरु र विशाल मित्र राष्ट्र चीनको पनि केही भू— भागको अवलोकन गर्न सकिने ठाउँ हो छुमार भञ्झ्याङ । यस भञ्झ्याङको काखमा विभिन्न किसिमका चराचुरुङ्गीहरुको चिरबिरको आवाजले गुनगुनाई रहनुका, विभिन्न प्रजातिका फूलका रंङ्गी विरंङ्गीहरुले सजिनुका साथै फूलका बासना र विभिन्न किसिमका बहुमूल्य जडीबुटीहरुको बासनाले सुगन्धित दिईरहेको भञ्झ्याङ हो छुमार ।
५, धना डाँडा
लापा गाउँ विकास समितिको वडा न.ं ५ र २ को बीचमा रहेको धना डाँडा पर्यटकिय स्थलहरु मध्ये एक हो । विश्वलाई नै संचार जगतले साँगुरिएको अवस्थामा नेपालका कतिपय जिल्लाहरुका गाँउ विकास समितिहरुलाई वञ्चित पारिरहे ता पनि लापा गाउँ विकास समितिका यस धना डाँडामा संचार क्षेत्रका सबै किसिमका टावरहरु राम्रो सँग टिपिरहेको छ । यस डाँडाको टुप्पोबाट रसुवा, नुवाकोट, गोरखा, धादिङ्गका प्राय सबै भाग र विश्वको विशाल देश चिनको पनि केही भाग को सजिलो सँग आवलोकन गर्न सकिने यस ठाउँ अत्ति नै रमाईलो र स्वाच्छा वातावरण भएका ठाउँ हो । यस ठाउँको ठीक मूनिका वरिपरि लापा ठूलो गाउँ, सेर्तुङ गा.वि.स. को बोराङ गाउँ, झार्लाङ गाउँ, लापा गाउँ विकास समितिकै तिङ्चेत, चपाङचेत, तेङ्चेत र रि गाउँ विकास समितिका रिचेत गाउँले घेरिरहेको र यस डाँडाको ठीक मूनी गणेश हिमालबाट बग्न सुरु भएका आँखूखोला सलाल बगिरहनुका साथै वरिपरि विभिन्न प्रकारका रंङ्गी बिरंङ्गी फूलहरुका बासना मगमग बासाई रहेको हरियो बुट्रयान जंगलको बीचमा आग्लो डाँडाको रुपमा अवस्थित ठाँउ हो । त्यति मात्र नभई हाल आएर धादिङ्ग जिल्लाको उत्तरी क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था कादूरीद्धारा निर्मित धाना डाँडा देखि लापा गाँउ विकास समितिका वडा न.ं २ स्यूप्चेत सम्म जोडिएका केवलकारलेत झन त्यस ठाँउको सौन्दर्य अत्ति नै बढाएका पाइन्छ । धान डाँडामा भदौको पूर्णिमा एवम जनै पूर्णिमाका दिन झाँक्री नाच्ने प्रचलन रहेको छ । एक तिर केवलकारको सौन्दर्य त अर्कौ तिर यसको ठीक मूनी गणेश हिमालबाट बग्न सुरु गरेका आँखू खोलाको सौन्दर्य त्यति नै भएका कारण यस क्षेत्रलाई ऐतिहासिक पर्यटकिय स्थलको रुपमा चिनिन्छ ।
६, थाम भञ्झ्याङ
थाम भञ्झ्याङ वास्तामै ऐतिहासिक पर्यटकिय स्थल हो । किनकी यो लापा गाउँ विकास समितिको वडा नं. ८ र ९ खादिङ देखि करिव एक दिनको पैदल यात्रा पछि पुगिने भञ्झ्याङ हो । गोरखा जिल्लाको सिमाना एक तिरा हो भने अर्को तिर विश्वकै विशाल राष्ट्र चीनसँग जोडिएका थाम भञ्झ्याङबाट गोरखा जिल्लाका धेरै ठाँउहरु, धादिङ्ग जिल्लाका प्राय सबै भू–भागहरु देखिने र विशाल राष्ट चीनका पनि केहि भू—भागहरुको अवलोकन गर्न सकिएकाले आफैमा ऐतिहासिक भञ्झ्याङ हो । हाल उक्त स्थानबाट नेपाल टेलिफोन, मेरो मोवईल, स्काई , स्मार्ट र भि स्याट फोनका टावरहरु राम्रो सँग टिपिएको कारण उक्त स्थल पर्यटकिय स्थलका रुपमा चिनिन्छ । पौष र माघ महिनामा प्राय हिउँले भरिएका थाम भञ्झ्याङमा बाँकी समय स्वदेशी तथा विदेशी पाहुनाहरुलाई रमाउन सक्ने स्थलको रुपमा चिनिन्छ ।
७, गन्धक खानी
गन्धक खानी एक किसिमको अनौठो खानीको रुपमा लापा गा.वि.स.को वडा न.ं ७ को लाप्चेत गाउँ र कुप्चेत गाउँको वीचमा अवस्थित रहेको छ । यस खानी एउटा गुफाको रुपमा रहेको छ । यस गुफामा निरण्तर वाँफ निस्कि रहेको हुन्छ उक्त वाँफमा कुनै पनि चरचुरुङ्गीहरु र जिवजनवारहरु परेमा त्यास वाँफका असरले स्वत मर्छ ।
त्यसतै गरी निम्नाप्रकारका ऐतिहासिक पर्यटकिय स्थलहरु ।
७, छुमार रुबि खानी लापा—८ र ९ धादिङ्ग ।
८,गन्धक खनी लापा—७ धादिङ्ग ।
९,धना डाँडा लापा—५ र २ धादिङ्ग ।
१०,रुबि खानी लापा—७,१,६,३,८ र ९ धादिङ्ग ।
११,रुयुल खानी लापा—३,७,१,६ धापदङ्ग ।
१२, तामा खानी लापा—८ र ९ धादिङ्ग ।
१३,गोङकरखार्क ताल लापा—८ र ९ धादिङ्ग ।
१४,स्याल्कार रुबि खानी लापा—७,१,६,३,८ र ९ धादिङ्ग ।
५, ङोर्तोङ भञ्जयाङ (ल्हकी ढोका) लापा—६ र ७ धादिङ्ग ।
लापा गाउँ विकास समिति भित्र भएका खानीहरुका विवरण ।
१, रुयुल रुबि खानी ।
२, छुमार रुबि खानी ।
३, खुमु रुबि खानी ।
४, स्येल्कर रुबि खानी ।
५, माङ्ने क्रिस्टल ( क्वर्च) खानी ।
६, बाङ्सखार्क क्रिस्टल ( क्वर्च) खानी ।
७, कोङ्काङ् क्रिस्टल ( क्वर्च) खानी ।
८, तेमेसिम्म्राङ क्रिस्टल ( क्वर्च) खानी ।
९, तातीगाङ क्रिस्टल ( क्वर्च) खानी ।
१०, तामा खानी( खादिङ्ग) ।
खानीमा पाउने महत्वपूर्ण चिजहरु
१, रुबि
२, क्वार्ज(क्रिस्टल)
३, गार्नेक
आदि
लापा गाउँ विकास समिति भित्र पाईने महत्वपूर्ण जडीबुटीहरु ।
१, चिराईतो
२, झटामासी
३, निरमासी
४, कुड्की
५, सतुवा
६, पाँचऔले
७, अमला
८, लोक्ता
९, अल्लो
१०, टिम्मुर
११, बिष
१२, यर्सगुम्बा
१३, पदमचाल
१४, सुनाखरी
१५, बिषमा
१६, दूपी
१७, बोझो
१९, घामफूल
२०, गाङदोल
२१, तिरु
२२, पाउडर
२३, सुनखर
विविधतायूक्त लापा गाउँ विकास समिति सामाजिक, साँस्कृतिक, धार्मिक,भौगोलिक एवं ऐतिहासिक आधारमा मात्र होइन अनेक सम्भाव्यताका आधारमा पनि गहकिलो र भरिलो गा.वि.स. हो । छिमेकी जिल्ला गोरखा देखि विश्वको विशाल राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सँग समेत कुम जोड्न पुगेकाले धादिङ्ग जिल्लाका ५० वटा गा.वि.स.हरु मध्ये विशिष्ट खाले बिशेषता बोकेको ग.वि.स. का रुपमा चिनिन्छ । भौगोलिक रुपमा जिल्लाको सबै भन्दा ठूलो र प्राकृतिक श्रोत र साधनले भरिपूर्ण भएको एक ऐतिहासिक र रमणीय गा.वि.स. हो लापा । भौगालिक बनावट र वातावारण, भाषा, व्यावसाय,ऐतिहासिक धरोहर, धार्मिक बिबिधता, लोक सांस्कृतिक सम्पन्नता आदिका दृष्टिकोणले पनि भरिपूर्ण छ । झट्ट हेर्द गणेश हिमाललाई काखमा लिएको आभास पाउने गा.वि.स. ऐतिहासिक पर्यटकिय स्थलहरु, बहूमुल्य बिबिध प्रजातिका जडीबुटीहरुको भण्डार, खानी सम्बन्धि बस्तुहरुको खानी र विविध प्रजातिका फूलहरु देखि नेपालको राष्टिय फूल लालीगुँरासको समेत बासनाले मगमग बासाई रहेको अनुभूति हुन्छ ।
दुर्गम एवं अविकसित हुनुका साथै विगत लामो समय देखि राज्यको हरेक श्रोत र साधनबाट वञ्चित लापा गा.वि.स.बिभिन्न बहुमूल्य खनिज पदार्थ, जडीबुटीहरु, धर्म संस्कृति, रितिरिवाज र ऐतिहासिक चिजहरुको भण्डार भएता पनि सहि किसिमले प्रयोग र विकास गर्न नसकिरहेको अवस्थमा यस अभिलेख मार्फत लापा गा.वि.स.को बर्षौ देखि कुञ्ठित पारिएका सामाजिक, सांस्कृतिक,धार्मिक, भेषभूषा, रितिरिवाज शैक्षिक,आर्थिक र ऐतिहासिक पर्यटकिय स्थलहरुको अवस्थालाई उजागर गर्दै लापाका जनजीवनमा परिवर्तन होस भन्ने चाहन्छु । अन्तमा यस अभिलेख तयार पार्नका लागि प्रत्यक्ष्य अप्रत्यक्षरुपमा सहयोग गरि दिनु हुने गाउँ विकास समितिको कार्यालय,बिबिध सरकारी तथा गैर सरकारी संघसंस्थाहरु लगयत सम्पूर्ण रिपोर्टहरु उपलब्ध गराईदिनुहुने साथीहरु पूर्ण तामाङ्ग,सोम ब. तामाङ्ग, अमान तामाङ्ग, शेर ब. गुरुङ्ग, मुक्ति गुरुङ्ग, जीवन घले, राम ब. घले, रिक्का तामाङ्ग, हर्क ब. तामाङ्ग, राम ब. तामाङ्ग र सुस्मिता गुरुङ्ग लगायत सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।
लापा गाउँ विकास समितिको संक्षिप्त परिचय
तामाङ्ग जातिको बसोबास बढी भएकोले हुन सक्छ गाउँ विकास समितिको नामांकरण पनि तामाङ्ग भाषाबाट गरिएको पाईन्छ । लापा गा.वि.स. भौगोलिक हिसाबले चारै तिरबाट अग्ला–अग्ला डाँडाहरुले घेरिएको उपत्यकाको रुपमा अवस्थित रहेकाले यस भूमि बाहेक अन्यत्रबाट त्यति सजिलो सँग नदेखिने लुकेको ठाँउमा रहेकाले तामाङ्ग भाषामा लुकेको ठाँउलाई ूलाबू भनिन्छ । त्यही ूलाबू शब्द अपभ्रम्स भई ूलापाू बन्न गएको स्थानिय बुढापाकाहरु बताउँछन् । सदरमुकाम धादिङ्ग वेशीं देखि २१ कोष टाढा रहेको यस गा.बि.स.को पूर्वामा तिप्लिङ,सेर्तुङ र झार्लाङ गाउँ बिकास समिति, दक्षिणमा रि गाउँ विकास समिति ,पश्चिममा गोरखा जिल्लाको मान्बु गाउँ विकास समिति र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । यस गाउँ विकास समिति समुन्द्र सतह देखि करिव १,८५०मिटर उच्चाईमा अवस्थित रहेकाले हिउँदका महिनाहरुमा गाउँका चारै तिर घेरिएका अग्ल—अग्ल डाँडाहरुमा प्राय हिउँ परेर सेतो चाँदीको घेरले बेरिए जसरी लापा गाउँलाई घेरिएर राख्नुका साथै लापा गाउँ विकास समितिको क्षेत्रफल १६८.५८ वर्ग कि.मि.रहेको छ । यति ठूलो आकार भएता पनि जम्मा अहिले सम्म २१,४९८ रोपनी जग्गामा मात्र खेती गरिरहेको पाईन्छ । यस गाउँ विकास समितिको जनसंख्या राष्ट्रिय जनगनणा २०५८ मा ३,८९३ र घरधूरी संख्या ८३० रहेकोमा राष्टिय जनगणना २०६८को प्रारम्भिक नतिजा अनुसार महिला २,४३५ र पुरुष २,४२१ गरी जम्मा ४,८५६ पुगेको छ भने सोही गणना अनुसार घरधूरी संख्या ८५७ पुगेको छ । यही गणना अनुसार जनघनत्व २८.८१ रहेको छ ।
धादिङ्ग जिल्लाको ५० वटा गाउँ विकास समितिहरु मध्ये उत्तरी क्षेत्र अन्तरगतको एक ऐतिहासिक गाउँ विकास समिति हो लापा । भौगोलिक आकारले पनि जिल्लाको सबै भन्दा ठूलो र विबिध ऐतिहासिक, प्राकृतिक श्रोत साधनले भरिपूर्ण हूनुका साथै बहु धर्म, संस्कृति, रितिरिवाज, चालचलन, भेषभूषा र जाति भएको एक विशिष्ट गा.वि.स. हो । ऐतिहासिक, पर्यटकिय स्थल गणेशकुण्ड, थाम भञ्ज्याङ, माङ्ने भञ्ज्याङ, ङोर्तोङ (ल्हकी ढोका), धना डाँडा, सेङकरचो ल्हथ्यान, छुमार रुबि खानी आदि आदिले भरिपूर्ण ठाँउ हो । त्यतिमात्र नभई यो गा.वि.स.बहुमूल्य जडीबुटीहरु जस्तै निरमसी, झटमसी , पाचऔला, चिराईतो, यर्सगुम्बा, सुनखरी आदि आदि र खनिज पदार्थहरु रुबि, क्वार्ज, गर्नेक, आदिको भण्डार पनि हो ।
लापा गाउँ विकास समितिको जनसंख्या झलक
वडा न.ं घरधुरी संख्या महिला पुरुष जम्मा कैफ्mियत
१ ११४ ३४० ३२९ ६६९
२ १६९ ४४० ४५६ ८९६
३ १०४ ३३८ ३१० ६४८
४ ५१ १५९ १६७ ३२४
५ ९३ २२७ २६० ४८७
६ ८६ २५१ २५१ ५०२
७ १४९ ३९० ३६२ ७५२
८ ६० १९३ १९४ ३८७
९ ३१ ९७ ९२ १८९
जम्मा ८५७ २,४३५ २,४२१ ४,८५६
श्रोत राष्टिय जनगणना २०६८को प्रारम्भिक नतिजा
जातिगत जनसंख्या र घरधूरीको विवरण ।
वडा
न.ं घरधुरी
संख्या दलित जनजाति जम्मा
महिला जम्मा
पुरुष जम्मा
दलित जनजाति महिला पुरुष जम्मा महिला पुरुष जम्मा
१ ) ११४ ) ) ) ३४० ६६९ ६६९ ३४० ३२९ ६६९
२ २ १६७ ८ ३ ११ ४३२ ४५३ ८८५ ४४० ४५६ ८९६
३ २४ ८० ७८ ५५ १३३ २६० २५५ ५१५ ३३८ ३१० ६४८
४ ) ५१ ) ) ) १५९ १६७ ३२४ १५९ १६७ ३२६
५ ) ९३ ) ) ) २२७ २६० ४८७ २२७ २६० ४८७
६ ) ८६ ) ) ) २५१ २५१ ५०२ २५१ २५१ ५०२
७ ) १४९ ) ) ) ३९० ३६२ ७५२ ३९० ३६२ ७५२
८ ६ ५४ २४ ११ ३५ १६९ १८३ ३५२ १९३ १९४ ३८७
९ ३ २८ ११ ६ १७ ८६ ८६ १७२ ९७ ९२ १८९

जम्मा ३५ ८२२ १२१ ७५ १९६ २,३१४ २,३४६ ४,६६० २,४३५ २,४२१ ४,८५६
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.