Political News,
शुशिलले भने निर्वाचन हुन्छ, यहाँ कुरो अर्कै छ ।
								Posted by Unknown
								Published on Monday, July 1, 2013
उपचारको क्रममा अमेरिकामा रहनुभएका सभापति कोइरालाले काँग्रेस सम्बद्व नेपाल(अमेरिका जनसम्पर्क समितिले न्युयोर्क ज्याक्सन हाइटमा आयोजना गरेको कार्यक्रममा निर्वाचनको विकल्प नभएकाले अहिले आन्दोलनरत दलहरु पनि अन्ततः निर्वाचनमा आउने विश्वास व्यक्त गर्नुभयो ।
सभापति कोइरालाले नेकपा(माओवादी र मधेसी जनअधिकार फोरम नेपाललगायत आन्दोलनरत दलका नेताहरुसँग चुनावमा सहभागी हुनेबारेमा कुराकानी भइरहेको बताउँदै काँग्रेस सङघीयता विरोधी नभएको तर जातीय सङ्घीयताको पक्षमा पनि नरहेको पनि स्पष्ट गर्नुभयो । “आउँदो निर्वाचनमा नेताहरुको वरिपरि घुम्ने र राजधानीमा बस्नेले होइन, जिल्लामा काम गर्ने र क्षेत्रले स्वीकृत गरेर पठाएका उम्मेदवारीलाई पार्टीले टिकट दिनेछ,” एक अर्को प्रसङ्गमा सभापति कोइरालाले भन्नुभयो ।
कार्यक्रममा सङ्गठन विभागका सदस्य मृदुला कोइराला, महासमिति सदस्य वेदप्रसाद खरेल, जनसम्पर्क समितिका पूर्व सभापति खगेन्द्र जिसी, न्युयोर्क च्याप्टरकी अध्यक्ष जेनीसा गुरुङ, कर्म सिटौला, मनेन्द्र नेवाङलगायतले आउँदो चुनावमा नेताको वरिपरि घुम्नेभन्दा जिल्लामा सक्रिय हुनेलाई टिकट दिन आग्रह गर्नुभएको न्युयोर्कस्थित काँग्रेस सक्रिय सदस्य अनन्त सुवेदीले राससलाई जानकारी दिनुभयो ।उहाँका अनुसार नेपालमा भएको बाढीपीडितलाई राहत दिनको लागि त्यहाँका काँग्रेस सक्रिय सदस्यले ५० डलर र साधारण सदस्यले इच्छाअनुसार दिने निर्णय भएको पनि बताउनुभयो । केही वर्षदेखि जिब्रोको क्यान्सरबाट पीडित सभापति कोइरालाको मङ्गलबार सोनो क्याटरिङ क्यान्सर अस्पतालमा नियमित स्वास्थ्य परीक्षण हुने बताइएको छ । रासस

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.