Political News,
एमालेको नवौँ महाधिवेशन फागुनमा
								Posted by Unknown
								Published on Friday, July 19, 2013
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी फागुनमा पार्टीको नवौ महाधिवेशन गर्न पार्टीमा प्रस्ताव गर्नुभएको छ । प्रभावशाली नेता केपी ओलीले संविधानसभा निर्वाचन अगावै पार्टी महाधिवेशन गर्न प्रस्ताव गरेको समयमा खनालले फागुनमै नियमित महाधिवेशन गर्न प्रस्ताव गर्नुभएको हो ।
पार्टी केन्द्रीय कार्यालय बल्खुमा आजदेखी सुरु केन्द्रीय समिति बैठकमा अध्यक्ष खनालले नवाँै महाधिवेशन फागुनमा गर्न प्रस्ताव गर्नुभएको हो । फागुनमा महाधिवेशन गर्नेगरी तत्काल सम्पूर्ण ध्यान मंसीरको संविधानसभा निर्वाचनमा केन्द्रीत गर्नुपर्ने प्रस्ताव आएको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बुटबलमा आठौ महाधिवेशन सम्पन्न भएको फागुनमा पाँच बर्ष पुग्दैछ । 
अध्यक्ष खनालले संविधानसभाको निर्वाचन मंसीरमै गर्नुपर्ने भन्दै सम्पूर्ण ध्यान त्यसैतर्फ केन्द्रीत गर्नुपर्ने बताउनु भएको छ । केन्द्रीय समितिको जारी बैठकले केन्द्रीय समितिमा मनोनयनगर्न बाकी केन्द्रीय सदस्य नियुक्त गर्ने संभावना रहेको स्रोतले बतायो । केन्द्रीय समितिको आर्को बैठक भोलि विहान ११ बजे पुनः बस्नेछ । नेतृत्वसंग असन्तुष्ट प्रभावशाली नेता ओली भने आजको बैठकमा उपस्थित हुनुभएन ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

