Welcome Guest!
twitter facebook rss

,

एमाओवादीको विस्तारित बैठक सुरु, अध्यक्षद्धारा अध्यक्ष बाहेकका पद खारेजीको प्रस्ताव


पार्टीभीत्रको उत्पन्न पदीय विबाद मिलाउनेबारे छलफल गर्न एकीकृत नेकपा माओवादीको विस्तारित बैठक शुक्रबारदेखी राजधानीमा सुरु भएको छ । ललितपूरको बालकुमारी स्थित खन्ना गार्मेटमा सुरु बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालले संगठनात्मक प्रतिवेदन पेश गर्नुभएको छ ।

प्रस्तावमा तत्कालका लागि अध्यक्ष बाहेकका पद खारेज गरेर सबैलाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरिएको छ । मंसीर चारको निर्वाचन पछि भने विशेष महाधिवेशन बोलाएर पदमिलान गर्ने उल्लेख रहेको जनाईएको छ । बैठकको उदघाटन सत्रलाइ संवोधन गर्दै अध्यक्ष दाहालले हेटौंडा महाधिवेशनपछि पार्टीको कार्यशैली र सांगठनिक अवस्था सुधार गर्न नसकिएको स्वीकार गर्नुभयो ।

संगठन सुधारका लागि विस्तारित बैठकसम्म आउनुपरेको भन्दै दाहालले हेटौंडा महाधिवेशनले जनतामा विश्वास पैदा गरेको तर कार्यशैली र पार्टीको संगठनबारे समग्र कार्यदिशा विकास गर्न नसकेको बताउनुभयो । उहाँले संविधानसभाको निर्वाचन तोकिएकै मितिमा नहोस् भन्ने प्रतिगामीहरुले षड्यन्त्र गरिरहेको बताउनुभयो । 

अध्यक्ष दाहालले तोकिएकै समयमा निर्वाचन निष्पक्ष वातावणमा सम्पन्न आफू पूरै बल लगाउने उल्लेख गगर्नुभयो । सम्बोधनका क्रममा एकीकृत माओवादी नेता डा. बाबुराम भट्टराईले आफ्नो पदत्याग समस्या नभएर समाधान भएको जिकिर गर्नुभयो । क्रान्तिकारीहरु त्याग र बलिदानको तरिकाबाट जनताको विश्वास जितेर जानुपर्ने भन्दै उहाँले वृहत् जनवादको अभ्यास गरेर विश्वलाई चकित पार्ने गरि नयाँ आधारमा एकता कायम गरेर जाने छौँ भन्नुभयो । 

उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हेटौंडा महाधिवेशनपछि पार्टीमा कार्यदिशा र संगठनात्मक आचरणबीच अन्तरविरोध भएको बताउनुभयो । अध्यक्ष दाहालको प्रस्तावमाथी छलफलगर्न १६ वटा समूह बनाइएको छ । समूहगत छलफल सकिएपछि भोली दिउसो १२ बजेपछि समूहगत धारणा राख्नेक्रम सुरु हुनेछ । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide