Tekman photo Tourism,
धादिङ बुढाथुमको चिनारी
								Posted by Unknown
								Published on Sunday, July 14, 2013
बुढाथुम
धादिङ जिल्लाको ५० गा.वि.स. मध्ये सदरमुकाम धादिङबेसीबाट पश्चिम उत्तरमा पर्ने गा.वि.स. बुढाथुम हो । सदरमुकाम धादिङबेसीबाट १३ कोष दूरीमा रहेको यो गा.वि.स. पर्यटकीय दृष्टिकोणले पनि एकदमै महत्वपूर्ण गा.वि.स. मानिन्छ । यस गा.वि.स.को पूर्वमा पूmलैपूmलको खर्क रहेको पूmलखर्क गा.वि.स. विद्यमान छ भने पश्चिममा प्राचीनकालमा यशोधराको नामबाट परिचित भएकी सलल बगेकी बूढी गण्डकी, उत्तरमा बसेरी र बुढाथुम गा.वि.स.को बीचमा बग्ने अँधेरी खोलो छ भने दक्षिणमा पुराणमा वर्णित वैवश्वत मनुले नुहाउने मनु खोलो पर्दछ । यी चार किल्लाको बीचमा अवस्थित भूभागलाई बुढाथुम गा.वि.स. को नामबाट चिनिन्छ ।
विकासको कुरा गर्नुपर्दा यस गा.वि.स.को सबै वडामा कच्ची सडक पुगेको छ । स्थानीय स्तरबाट उत्पादन गरिएको विद्युत पनि यस गा.वि.स. का सबै वडाका मानिसहरूले उपभोग गर्न पाएका छन् । ग्रामीण उर्जा विकास शाखाबाट लघु जलविद्युत परियोजना सञ्चालन गरी मान्पाङ खोलाको ५ ठाउँबाट विद्युत उत्पादन गरी यस गा.वि.स.मा वितरण गरिएको छ । केन्द्रीय प्रसारण लाइन मार्फत पनि छिट्टै यो गा.वि.स. विद्युतीकरण हुँदैछ । हाल केन्द्र प्रसारण मार्फत १०० घरधुरीले विद्युत सेवा उपभोग गरिरहेका छन् । शिक्षाको कुरा गर्नुपर्दा यस गा.वि.स. मा ९ वटा विद्यालयहरु रहेका छन् । जसमा बद्री विशाल उच्च मा.वि., बुढाथुम ५, महेन्द्ररत्न नि.मा.वि. बुढाथुम ७, सातथर नि.मा.वि. बुढाथुम १ सहित ५ वटा प्रा.वि. हरू रहेका छन् भने एउटा निजीक्षेत्रबाट सञ्चालित विद्यालय पनि रहेको छ । यस गा.वि.स.मा १ स्वास्थ्य चौकी, १ प्रहरी चौकी रहेको छ । यस गा.वि.स.का वडा नं. ८ र ९ का बासिन्दाहरु खानेपानीको समस्याबाट पीडित छन् भने अन्य वडाहरुमा खानेपानीको खासै समस्या छैन । यस गा.वि.स.मा सरस्वती युवा क्लब, लेकाली युवा क्बल, बुढाथुम युवा मञ्च लगायतका क्लबहरु सक्रिय छन् ।
यस गा.वि.स.मा पनि विभिन्न जातिहरू – ब्राह्मण, क्षेत्री, घले, गुरूङ, नेवार, सार्की, कामी, दमाई, कसाई आदि मिली बसोबास गरेको पाइन्छ । संख्यात्मक दृष्टिले ब्राह्मण क्षेत्रीको संख्या धेरै छ भने कसाइको संख्या थोरै छ ।
४३% भूभाग जंगलले ढाकेको यो गा.वि.स. को वन त्यति पुरानो नभएता पनि वनपैदावरलाई जोगाउनु पर्छ भन्ने धारणाको विकास यस गा.वि.स. का मानिसहरूमा भएको पाइन्छ । यहाँका वनहरूमा साल, साझ, सल्लो, कटुस, उत्तिस, चिलाउने, बिलाउने, मौवा, कहम, लाकुरी, गुराँस लगायतका वनस्पतिहरु पाइन्छन् ।
यहाँका मठ मन्दिरहरूमध्ये गोरापाण्डेले स्थापना गरेका गुठी सहितको बूढी गण्डकीको पावन तटमा रहेको शिवमन्दिर, नेवारहरूले स्थापना गरेका भीमसेनस्थान तथा कृष्णमन्दिर, नरभूपाल शाहले स्थापना गरेका ११० मुरी माटो गुठी खेत भएको कालिकाको मन्दिर र पञ्चकन्या देवीको मन्दिर मगरहरूले स्थापना गरेका दर्शनदेवी, मल्ल राजाहरूले स्थापना गरेका चुलीको गौरी शंकरको मन्दिर आफ्नो जीवनको इच्छा र पितृहरूको मुक्तिको लागि बद्री केदारमा पुगेका लालबहादुर थापाले ल्याएका बद्रीनाथ–केदारेश्वर मन्दिर, ऐले निकै चर्चामा आएको थामी अधिकारीहरूको कुलदेवताको मन्दिर, शिकारी देवीको मन्दिर निकै प्रसिद्ध धार्मिक स्थलहरू हुन् । त्यस्तै गैरीगाउँको केदारेश्वर महादेव कुकुर गाडेको किरातेश्वर महादेवको मन्दिर पनि चर्चामा छन् ।
यहा बाला चतुर्दशीको अघिल्लो रातमा दीपदान गरी भोलिपल्ट प्रातकालमा बूढीगण्डकीमा स्नान गरी आफ्ना दिवंगत पूर्वजहरूका लागि शतविज छरी भव्य मेला भर्ने काम हुन्छ ँ भने अन्य शिवमन्दिरहरूमा शिवरात्रि र हरितालिका तीजका दिनमा अनि धान्यपूर्णिमाको दिनमा रोट चढाउने
रूद्राभिषेक गराउने, पुराण लगाउने, धान्यपर्वत गराउने शिवस्तुति, भजनकीर्तन गराउने र नाँचगान गरी गराई हर्षोल्लाससाथ मनाउने गर्दछन् ।
वन्यजन्तु बसाई सरेर आगमनको कारणले आकर्षण बढेको वनक्षेत्र, पुराना राजा महाराजाहरूले स्थापना गरेका कलासौन्दर्ययुक्त मन्दिर, नरभूपाल शाहले मिलिसिया स्थापना गरेका टुडीखेल (४० रोपनी जग्गा) र शत्रुसँग लड्नका लागि हातहरियार जम्मा गरी राखेको कात, मल्लरानीहरूले रजाको वियोगमा आइवातीको सामग्रीहरू समर्पण गरेको गौरी शंकरको मन्दिर ती रानीहरू सती गएको सतिडाँडा वैवश्वत मनुले सधैं नुहाउने मनुखोलो, राज्य गरेको ठाउँ (जुन ऐले पानी ट्यांकी छ) नागबेली परेका डाँडाहरू र सो पार गरेपछि पुग्ने भ¥याङ डाँडा अनि उकालो लाग्दै गएपछि पुगिने तीनसुरेको गुम्बा (जुन बुढाथुम, मान्वु, बसेरी र पूmलखकको साझा भूभाग) जहाँबाट गणेश हिमाल, मनासुलु आदि अनेर्कौ हिमश्रृंखला र टाढा–टााको ठाउँहरू देखिने स्थल बुढाथुमको पर्यटकीय स्थलहरू छन् । त्यस्तै बुढाथुमको धजे डाँडाबाट पूवर्ततर्फ दृष्टिपात गर्दा देखिने गंगाजमुनाको छहरा र पहराको दृश्यले कुन पाषण हृदयीलाई नपगाल्ला र ?
राममणि रेग्मी र बद्री विशाल उ.मा.वि. का शिक्षक वासु अर्याल को सहयोगमा)
सम्पदा परिचय
ऐतिहासिक महत्वको डाँडापुर्सु
ढोला गा. वि. स. १ को डाँडा पुर्सुमा ऐतिहासिक महत्वका धेरै कुरा रहेभएको देख्न पाइन्छ । कालिका मन्दिर परिसरको थुम्काथुम्का परेका उच्च चनौटे पाटा (उच्च घुमाउरे पाटा) का बनोटले नै ऐतिहासिकता झल्काइरहेको भान हुन्छ । त्यहाँ उत्खनन गरेर निस्किरहेका सत्रौँ शताब्दीतिरका पुराना इट, छालाका र माटाका प्राचीन मुद्रा विभिन्न प्रकारका अन्य मुद्राहरू डाँडापुर्सुका चेतनाथ अर्यालसित सङ्कलित छ । परापूर्व कालदेखिनै ठडिँदै आएको बिशाल शिलास्तम्भ (जसलाई सुत्केरीढुङ्गो, लिङ्गेढुङ्गो पनि भनिन्छ) ढुङ्गे डुँढ (जसको नामबाट त्यो ठाउँको नाम डुँढेभञ्ज्याङ रहेको हो) र त्यस वरपर छरपष्ट पाइने पुराना इट प्राचीन कालाका विविध आकृतिका मुद्रा (पैसा) आदिले त्यो ठाउँ ऐतिहासिक महत्वको रहेछ भन्ने संकेत त्यसैले गरिरहेछ । डुँडेभञ्ज्याङ माथिका बारीमा देखिएका प्राचीन भवनका जगहरूले पनि त्यो ठाउँको ऐतिहासिक महत्वलाई जिज्ञासाको विषय बनाएको छ । यस्तै अन्य थुप्रै महत्व रहेको ढोलाको भूबनोटले पनि पर्यटकीय गन्तव्यको संकेत गराइरहेको छ । दुःखको कुरो यही छ कि त्यस्ता ठाउँलाई हामीले न त चिनाउन सकेका छौँ न त बताउन र सजाउन नै सकेका छौँ ।
स्रोत ः पर्यटकीय बिम्व चित्रमा धादिङ
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

