Welcome Guest!
twitter facebook rss

,

वीर अस्पतालको मान्छे मार्ने उपचार

Tekman Shakya
अचानक मेरो टाउकोको तालु दुख्न थाल्यो २०७० साल आषाढ १२ गतेबाट । सामान्य हो भन्दै दुखाईको कुनै प्रवाह नगरिकन आफ्नो दैनिकिलाई अगाडी बढाईरहेँ । दिनप्रतिदिन शरिरमा विभिन्न लक्षणहरु देखा पर्न थाल्यो । कहिले चर्को घाममा बस्दा पनि शरिरमा काँडा उम्रिएर जाडो हुने, त कहिले खलखल पसिना आउने गरेर गर्मी हुने लक्षण मेरो शरिरमा देखा पर्न थालेको थियो ।
मेडिकलमा गएर ज्वरोको औषधि ल्याएर खाईरहेको थिएँ । त्यसले नभएर म थप उपचारको लागि राजधानीमा रहेको बहुचर्चित सरकारी अस्पताल वीर अस्पतालमा स्वास्थ्य परीक्षणको लागि गएँ । त्यो दिन शुक्रबार थियो । विहान ९ बजेतिर म सँगै प्रेम प्रतिक पनि गएको थियो । चेकजाँच पश्चात डाक्टरले रगत, पिसाव र खकारको परीक्षणका साथै छात्तिको एक्सरे गर्न सल्लाह लिए । डाक्टरको सल्लाह अनुसार म परीक्षणको लागि दोस्रो तल्लाबाट तल झरेँ । रगतको परीक्षणका लागि नर्सले मेरो हातबाट रगत निकाल्दै आईतबार रिपोर्ट आउने कुरा बताए । त्यस्तै पिसाव जाँचको लागि बिल सहित मैले रगत परीक्षण गर्ने कोठा भन्दा बाहिर एउटा भाँडोमा पिसाब राखिदिएँ । अनि एक्सरेको लागि एक्सरे रुमतर्फ लागेँ । एक्सरेको रिपोर्ट भने शनिबार नै आउने डाक्टरले जानकारी दिए । त्यसपछि म डाक्टरले लेखाएको औषधि किन्नको लागि औषधि फार्मेसीतर्फ लागेँ । वीर अस्पतालकै भित्र रहेको एक औषधि पसलमा गएर औषधि किनेर सुन्धारा स्थित भोटेबहालतिर कोठामा गएँ ।
रिपोर्टको लागि म आईतबार अस्पताल पुगेँ । तर रिपोर्ट निस्केको रहेनछ । एक्सरेको भने रिपोर्ट आएको रहे्छ । किन यति ढिला भनेर पश्न सोध्दा एकछिन बस्नुहोस् भने । करिब २ घण्टा कुर्दा समेत रिपोर्ट नआएपछि म अस्पतालबाट बाहिर आएँ । फेरी भोलिपल्ट मंगलबार पनि त्यहि रिपोर्टकै लागि गएँ । त्यो दिन पनि काउन्टरका मान्छेले रिपोर्ट नआएको जानकारी दिएपश्चात मलाई त्यहाँ बस्न मन लागेन र म फर्किएँ । त्यसपछि फेरी बुधबार गएँ । बुधबार पनि रिपोर्ट नआएको भनेर जवाफ पाउँदा मलाई अलिक रिस उठ्न थाल्यो । अनि सिधै ४५० नं. को कोठामा गएँ । त्यहाँ गएर मेरो रिपोर्ट खै भनेर कुरा गरेँ । मैले अलिक कर्केर कुरा गरेकै कारण होला सायद ओहो भाई सरि भन्दै मेरो ब्लडको रिपोर्ट कम्प्युटरमा हालिदियो । त्यसपछि म रिपोर्ट लिएर दोस्रो तल्लामा मलाई स्वास्थ्य परीक्षण गर्ने डाक्टर भएको ठाउँमा आएँ । तर डाक्टर रहेन छन् ।
डाक्टर शुक्रबार र सोमबार मात्र आउने रहेछ । अब मलाई २ दिन पछि मात्र रिपोर्ट डाक्टरलाई देखाउने मौका मिल्ने भयो । तर मलाई साह्ै नै कौतुहल लागेर अरु डाक्टरलाई रिपोर्ट देखाउन भित्र पसेँ । भित्र एकजना केटी डाक्टर बसिरहेक िथियी । मैले रिपोर्ट देखाउनु अगाडी नै रिपोर्ट हेरम् भन्दै स्वास्थ्य समस्याको बारेमा बताउन थालिन्, –“भाई तिम्लाई ब्लडमा ईम्पेक्सन देखाएको छ, ल यो औसधि मैले लेखिदिएको छु । यसले पनि भएन भने तिम्लाई यहिँ अस्पतालमा भर्ना गरेर उपचार गराउनुपर्छ ।” उनले पहिले डाक्टरले खानका लागि दिएको औषधि हेर्दै भनिन्,–“भाई यो पहिलेको औषधि अर्कै परेछ ल यो औषधि खाउ है ।”

उनको औषधि खाँदा भएन भने अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने भनाईले मेरो मनमा धेरै कुराहरु खेल्न थाल्यो । केहि नभईकन यसरी भन्दैन । पक्कैपनि रगतमा अलि ठूलै समस्या होला भन्ने मैले अड्कल काटेँ । त्यसैको चिन्ताले म त झनै बिरामी पर्न गएछु । अनि अर्कै औषधि पर्न गएछ भन्ने शब्दले पनि मलाई घच्घच्याईरह्यो । हामीजस्ता २–४ अक्षर बुझेकाहरुलाई त यसरी भुलाउनेहरुले अरुलाई त झन के पो बाँकि राखेको होला र ? भनेर मैले सोचेँ । त्यसपछि म कोठातिर लागेँ ।
दुई दिनपछि शुक्रबार म रिपोर्ट लिएर डाक्टरलाई भेट्न गएँ । डाक्टरलाई मैले केमा समस्या परेको छ भनेर प्रश्न गरेँ । तर उसले अर्को डाक्टरले भन्दा फरक जवाफ दिए । । रगतमा त्यस्तो समस्या नभएको तर छात्तिमा समस्या भएको बतायो यो डाक्टरले भने । रिपोर्ट एउटा तर फरक कुरा ? कसरी मेरो मनमा प्रश्न उब्जियो । एक मनले त वीर अस्पतालका डाक्टरहरुलाई एउटा रिपोर्ट पनि हेर्न आउँदैन कि क्या हो जस्तो लाग्यो । कि नपडिकन डाक्टर भएका हुन् भन्ने पनि लाग्यो । अर्को डाकटरले त रगतमा समस्या छ भन्नुभएको छ नि भनेर मैले प्रश्न गरेँ । तर डाक्टरले फेरी दाहो¥याए,–“रगतमा कुनै समस्या छैन तपाईको छात्तिको समस्या छ ।” राजधानीको मुख्य अस्पताल वीर अस्पताल जस्तो अस्पतालमा त यस्तो लापरबाहि हुन्छ भने अन्य ठाउँको हालत त झन के होला ? यस विषयमा सबैको ध्यान जान जरुरी छ । म लगायत म जस्ता अन्य धेरैले अस्पतालको यस्तै प्रवृत्तिका कारण अकालमै ज्यान गुमाउनुपरेको छ । अबका दिनहरुमा यस्ता घटनाहरु नदोहोरियोस्, अनि लापरबाहि नहोस् भन्ने मेरो भनाई हो । यस विषयमा सरकारी पक्षबाट पनि ध्यान जानु जरुरी छ । अस्पतालमा मान्छे मार्न होईन बचाउन लगिन्छ । तर हल्का स्वस्थ भएकालाई पुरै अस्वस्थ बनाउनेलाई भने कडा कारबाही अगाडी बढाउनुपर्छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide