National news,
अनलाइन मिडिया एसोसिएसनको घोर निन्दा र भर्त्सना
								Posted by Unknown
								Published on Friday, June 21, 2013
अनलाइनकर्मीमाथिको धरपकड बन्द गर्न माग
अनलाइन मिडिया एसोसिएसनका अध्यक्ष दिनेश बस्नेतले एक वक्तव्य जारी गरी 
अहिलेको विश्व अनलाइनमा अभ्यस्त हुने क्रममा र रेडियो, टेलिभिजन र प्रिन्ट 
मिडिया अर्थात मल्टिमिडियाको रुपमा उपयोगमा आएको अनलाइन मिडियामा युवा 
उपस्थितिसमेत बढिरहेको भन्लै राज्यले शिक्षित युवाहरुलाई रोजगारी दिन 
नसकिरहेका बेला युवाहरु स्वयमको पहलमा विकास भएको अनलाइन मिडियामाथिको 
राज्यको यो वक्रदृष्टि स्वयमका लागि घातक सिद्ध हुने निश्चित रहेको 
वक्तव्यमा उल्लेख  छ । 
अनलाइनकर्मीहरुले माध्यम फरक भए पनि पत्रकारिता गरिरहेका छन् भन्दै 
वक्तव्यमा अझ अधिकांश अनलाइन मिडियाहरुले पत्रकार महासंघ र प्रेस 
काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता र छापाखाना तथा प्रकाशन ऐनप्रति 
पूर्ण प्रतिवद्धता जनाएर अनलाइन सञ्चालन गरिरहेका उल्लेख गर्दै कानुन 
बनाउनु र अनलाइनहरुलाई एउटा संयन्त्रमा ल्याउने दायित्व राज्यको हो भनिएको छ
 ।
अनलाइनबाटै अनविज्ञहरुबाट निर्माण गरिएको विद्युतीय कारोबार ऐनले अनलाइन 
पत्रकारिता व्यवस्थापन गर्न नसक्ने निश्चित रहेको उल्लेख गर्दै वक्तव्यमा 
अनलाइन मिडियाहरुको हकमा विद्युतीय कारोबार ऐन लगाउने कार्य तत्काल रोक्न 
सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ। वक्तव्यमा अनलाइन मिडियाहरुका 
लागि अहिलेकै छापाखाना तथा प्रकाशन तथा प्रसारणसम्बन्धी ऐनहरुबाटै उपचार 
गरिनुपर्ने मागसमेत गरिएको छ ।
एउटा कलमजीवीलाई समाचार लेखेकै आधारमा अपराधीलाई जसरी पक्राउ गर्नु 
निन्दनीय कार्य भएको ठहर गर्दै पत्रकार सुशील पन्तको तत्काल रिहाईको माग 
गरिएको छ । वक्तव्यमा उनले के लेखे र के लेख्नु हुन्नथ्यो भन्ने कुराको 
निर्क्योल पत्रकारितासँग सम्बन्धित कानुनबाटै खोज्नसमेत आग्रह गरिएको छ । 
अनलाइन पत्रिकाहरुमाथि विद्युतीय कारोबारबाट उपचार खोज्ने प्रक्रिया रोक्न र
 पत्रकार पन्तको रिहाइ माग गर्दै वक्तव्यमा अहिलेकै प्रक्रिया निरन्तर रहे 
अनलाइनकर्मीहरु सशक्त अन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिइएको छ । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

