Welcome Guest!
twitter facebook rss

,

पत्रकार शुशिल पन्त पक्राउको रहश्य के हो ? भिडियो सहित


०७ आषाढ काठमाडौं । गोर्खा एफ एममा कार्यरत पत्रकार शुसील पन्तलाई एक अनलाइनमा प्रकाशित समाचारलाई लिएर प्रहरीले पक्राउ गरेको छ । पत्रकार पन्तलाई बिना पूर्जी हिजो साँझ पक्राउ गरेको हो । पन्तसंगै अनलाइनका संचालक सन्तोष भट्टराई र पुष्कर कँडेललाई समेत प्रहरीले पक्राउ गरेको छ । 


यसैबिच, पक्राउ परेका तीनै जना पत्रकारलाई सात दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले म्याद थपेको छ । प्रहरीले म्याद थपका लागि तीनै जना पत्रकारलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो ।

यसैबिच, कुनै पनि सञ्चारमाध्यममा संप्रेषित सामग्रीबारे उजुरी हेर्ने निकाय प्रहरी प्रशासन नभै नेपाल प्रेस काउन्सिल रहेको ध्यानार्कषण गराउँदै नेपाल पत्रकार महासंघले घटनाको प्रेस विज्ञप्ति मार्फत भत्सर्ना गरेको छ । महासंघले पत्रकार पन्तलाई तत्काल रिहा गर्न र समाचार लेखेको भरमा पत्रकारलाई पक्राउ गरी स्वतन्त्र प्रेसलाई हतोत्साहित गर्ने काम तत्काल वन्द गर्न सरकारसँग माग समेत गरेको छ । त्यस्तै पत्रकार महासंघ गोर्खा एफ एम शाखाले पनि आज एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको छ । 
समाचार लेखेकै बिषयलाइ लिएर कुनै पनि पत्रकारलाई पक्राउ गर्ने कार्यप्रति नेपाल आदिवासी जनजाती महासंघ फोनिज, रिपोटर्स क्लब नेपाल र संसदीय मामिला पत्रकार समाजले पनि घोर भत्सर्ना गरेको छ ।
हेनुहोस् भिडियो..............

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide