Political News,
कुटनीतिक पहलबाट समस्याको समाधान गर्नुस्.............
								Posted by Unknown
								Published on Friday, June 21, 2013
०७ आषाढ, काठमाडौं । मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई उनकै निवासमा भेट गरि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुटनीतिक पहलबाट समस्याको समाधान गर्न सुझाव दिएका छन् । रेग्मी निवासमा आज विहान पुगरेर अध्यक्ष दाहालले भारतले धौली गंगा बाँधका ढोका खोलिदिएपछि महाकाली नदीमा बाढी बढेर दार्चुलामा समस्या आएको बिषयमा भारतसँग उच्चस्तरिय वार्ता गर्न सुझाव दिए ।
भेटमा दहालले बाढी पहिरो पिडित लाई अहिले बाँडिएको नगद राहत कम भएकाले तत्काल  सरकारबाट एक लाख क्षतिपुर्ती दिन पनि आग्रह गरे । प्रमुख दलका शीर्ष नेताहरुलाई दार्चुलाको बाढी प्रभावित क्षेत्रमा जाने गरि व्यवस्था मिलाई दिन समेत रेग्मीसंग दाहालले आग्रह गरेका थिए । अध्यक्ष रेग्मीले त्यस विषमा आजै गृहमन्त्रीसँग सल्लाह गर्ने आश्वासन दिएको बुझिएको छ । 
दहालसँगको भेट लगत्तै अध्यक्ष रेग्मीलाई काँग्रेस उप–सभापती रामचन्त्र पौडेलले समेत भेटेका थिए । उप–सभापति पौडेलले धौलीगंगा बाधका बिषयमा भारतसंग कुरा गरी बाढीले क्षती पुर्याएका सुदुरपश्चिमका बाढी पिडितहरुलाई तत्काल राहत दिन आग्रह गरेक थिए ।
माहाकाली नदीमा बाढी आएका बेला भारतले धौलीगंगा बाधको पानि पुरै नेपाल तर्फ लगाउदा दार्चुलाको सदरमुकाम खलंगामा ठुलो क्षती भएकोबारे उच्चस्तरिय छानबिन समिती गठन गर्न पौडेलले माग गरेको स्रोतले जनाएको छ । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

