Welcome Guest!
twitter facebook rss

,

दिगो विकास प्रवद्र्धनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

०४ आषाढ, काठमाडौं । विज्ञान, प्रविधि तथा वातावरणमन्त्री उमाकान्त झाले दिगो आर्थिक विकास, हरित निर्माण अभ्यास र जैविक विविधता संरक्षणलाई वर्तमान सरकारले विशेष जोड दिएको बताउनुभएको छ । राजधानीमा आजदेखि सुरु भएको दिगो विकास, उत्पादन तथा खपत प्रवद्र्धनसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले प्राकृतिक स्रोतको अधिकतम दोहनले वातावरणीय समस्या समाधान चुनौतीपूर्ण बन्दै गएको भन्दै यस विषयमा सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

‘नेपालको सामाजिक–आर्थिक विकासका साथै पर्यावरण संरक्षण, शान्तिप्रक्रिया, मानवअधिकार प्रवद्र्धन, नवीकरणीय ऊर्जाको क्षेत्रमा युरोपेली सङ्घबाट प्राप्त सहयोग परिणाममुखी छन्’–मन्त्री झाले भन्नुभयो । उहाँले सङ्घको सहयोगले गरिबी न्यूनीकरणलगायत विकासका कार्यक्रम गाउँ–गाउँमा पु¥याउन सहज भएको उल्लेख गर्नुभयो । अर्को प्रशंगमा उहाँले सरकारको ध्यान अहिले निर्वाचनमा केन्द्रित भएको भन्दै उहाँले तोकिएकै समयमा निष्पक्ष र धाँधलिरहित निर्वाचन हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रवीन्द्रकुमार शाक्यले भूमिगत पानीको अधिक प्रयोग, बढ्दो वन विनास र  वातावरणीय क्षयीकरण नियन्त्रण निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले खाद्य, जल र ऊर्जा सुरक्षा सुनिश्चित नभएसम्म दिगो विकासका लक्ष्य प्राप्त गर्न कठिन हुने बताउनुभयो । सम्मेलनमा दिगो विकास प्रवद्र्धनको पैरवीमा सक्रिय एसियाका १७ र १० वटा युरोपेली मुलुकका एकसय ६० जना नीति निर्माता तथा वातावरण संरक्षणको क्षेत्रमा कार्यरत व्यक्तिको सहभागिता छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide