Political News,
बन्दले जनजिवन प्रभावित
								Posted by Unknown
								Published on Sunday, June 16, 2013
०२, आषाढ, काठमाडौं । सरकारले मंसिर ४ गतेका लागि संबिधानसभा निर्वाचनको मिती घोषणा गरेको बिरोध नेकपा माओबादी सहितका ४२ दलहरुले आह्वान गरेको बन्दका कारण आईतबार देशभरको जनजीवन प्रभावित भएको छ । 
             बन्दका कारण राजधानी लगायत देशका मुख्य राजमार्गहरुमा यातायातका साधन चल्न सकेका छैनन् भने बजार पसल शिक्षण संस्था सबै ठप्प छन् । 
अहिले राजधानीका मुख्य मुख्य चोकमा प्रदर्शनकारीहरु भेला भई सवारी साधनलाई अवरोध गरीरहेकाले यातायात व्यवस्थापन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ ।
                सडकमा एम्बुलेन्स, प्रेस, दुध तथा पानी बोक्ने गाडी, कुटनीतिक नियोगका सवारी साधन लागयत अत्यावश्यक सवारी साधनहरु भने चलीरहेका छन् ।  यस्तै बन्दको समायमा सवारी साधन चलाएको भन्दै नेकपा–माओवादीका कार्यकर्ताहरुलो गोरखामा गाडी तोडफोड भएको छ । गोर्खाबजारमा बा ५ च ८२ ३८ नं को गाडी तोडफोड भएको हो । 
सरकारले ४ दलको दबाबमा एकलौटी निर्णय गरी संबिधान सभाको निर्वाचन मंसिर ४ गते गर्ने घोषणा गरेको भन्दै नेकपा माओबादी नेतृत्वको मोर्चा, अशोक राई नेतृत्वको संघिय समाजवादी तथा उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम नेपालसहित संघीय लोकतान्त्रिक मोर्चाले संयुक्त रुपमा बन्द आह्वान गरेका हुन् । नेकपा माओबादी नेतृत्वको ३३ दलीय मोर्चा भने सरकार गठन भएदेखि नै आन्दोलनमा थियो ।  
यसैबिच ४२ दलले आह्वान गरेको बन्दका कारण आज बस्ने भनिएको उच्चस्तरिय राजनीतिक समितीको बैठक स्थगित भएको छ । नयाँबानेश्वरमा बस्ने भनिएको बैठकमा संविधानसभा निर्वाचन, त्यस्को तयारी र आगामी रणनितिबारे छलफल गर्ने कार्यक्रम थियो । बिजय कुमार गच्छदार समितको संयोजक भएपछि बैठक पहिलो पटक बस्न लागेको थियो 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

