Welcome Guest!
twitter facebook rss

,

टाउकोमा बास्केटबल घुमाएर नयाँ विश्व कीर्तिमान

नेपाली युवाको अर्को नयाँ विश्व रेकर्ड !
संखुवासभाका थानेश्वर गुरागाईंले आफ्नो नाम छिट्टै गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता हुने दाबी गरेका छन् । गुरागाईंले अहिलेसम्मकै बढी समयसम्म आफ्नो टाउकोमा बास्केटबल घुमाएर नयाँ विश्व कीर्तिमान बनाएको दाबी गरेका हुन् ।

उनले हालैमा इटहरीमा आयोजित एक सार्वजनिक कार्यक्रमकाबीच लगातार २३ सेकेण्डसम्म बास्केटबललाई आफ्नो टाउकोमा घुमाएका थिए ।  सो विधामा आफूले विश्व कीर्तिमान कायम गरेको उनको भनाई छ । गुरागाईंका अनुसार हाल सबैभन्दा बढी समय बास्केटबल टाउकोमा घुमाउने रेकर्ड जर्मनीका नागरिक मेहमिट केकिकका नाममा रहेको छ । जर्मनीका केकिकका नाममा रहेको उक्त रेर्कड १८ दशमलव ११ सेकेण्ड मापन भएको जनाइएको छ ।

२३ वर्षीय गुरागाईंले आफूले सो रेर्कड पार गरेर नयाँ समय कायम गरेकाले छिट्टै आफ्नो नाममा गिनिज रेर्कड दर्ता हुने हामीलाई बताए । गुरागाईंले गत जेष्ठ २३ गते इटहरीमा आयोजित कार्यक्रममा आफ्नो टाउकोमा २३ सेकेण्डसम्म बास्केटबल घुमाएका थिए । सो अवसरमा स्थानीय बुद्धिजीवि, पत्रकार समेतको उपस्थिति रहेको उनको भनाई छ ।

उनले आफ्नो रेकर्ड दर्ता प्रक्रियामा रहेको जनाएका छन् । गुरागाईंले छिट्टै आफूले विश्व रेकर्डको प्रमाणपत्र प्राप्त गर्ने विश्वास समेत व्यक्त गरे ।

उनले हामीसँग भने–‘मेरो नाम दर्ता प्रक्रियामा छ, गिनिजका अधिकारीहरुले मैले बनाएको रेकर्डको भिडियो समेत हेरिसकेका छन्, प्रक्रिया पूरा गरेर अबको लगभग डेढ महिनामा मेरो हातमा रेकर्डको प्रमाणपत्र आईपुग्छ ।’

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide