Welcome Guest!
twitter facebook rss

,

अहिलेसम्म हाम्रो निर्वाचन बहिस्कार गर्ने नीति छैनः अध्यक्ष बैद्य

काठमाडौ, १३ जेठ । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले किरणले अहिलेसम्म आफ्नो पार्टीले संविधानसभाको निर्वाचन बहिस्कार गर्ने नीति लिई नसकेको स्पष्ट पारेका छन् । संविधानसभाको निर्वाचन घोषणा र विमितिका विषयमाहरुमा सार्थक वार्ता गरेर निर्वाचनको बातावरण बनाउन दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अन्र्तगत अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँगको कुराकानीमा उनले भने– हामिले चुनाव बहिस्कार गर्ने नीति अहिलेसम्म लिएका छैनौ । हामि सार्थक संविधानसभाको निर्वाचनको पक्षमा छौ । त्यसैले अहिले पर्ख र हेरको नीतिमा रहेको छौ । 
संविधानसभाको निर्वाचनको पक्षमा आफूहरु रहे पनि चैत १ गते दलहरुवीच भएको ११ बुँदे राजनीतिक सहमति र २५ बुँदे बाधाँ अडकाउ फुकाउ खारेज गर्नु पर्ने मागमा अडिग रहेको भन्दै अध्यक्ष बैद्यले त्यसपछि विघठित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलको सर्वपक्षी भेलाबाट दलको सरकार बनाएर निर्वाचनको प्रक्रिया अगाडि बढाउनु पर्ने बताए । उनले भने–सबै पार्टी मिलेर निकास निकाल्नु पर्नेमा २४ दललाई बाईपास गर्ने काम भयो । हामिलाई वाईपास गरेर समस्या समाधानको दम्म कसैले नगरेपनि हुन्छ । जनताको पक्षमा संविधान बनाउने हो भने कसैले पनि विरोध गर्दैन । 
उनले उच्चस्तरीय राजनीतिक समिति संबैधानिक नभएकोले वार्ता नगर्ने स्पष्ट पार्दै दलहरुसँग भने अनौपचारिक वार्ता भईरहेको जानकारी दिए । सरकारले वार्ताको लागि पत्र पठाएको र आफूहरुले २५ बुँदे बाधा अडकाउ फुकाउ खारेज, नागरिकता वितरण बन्द, लोकमान सिह कार्कीको नियूक्ती बदर गर्नु पर्ने माग सहितको पत्र पठाएको जानकारी दिदै त्यसपछि सरकारले निसर्त वार्तामा आउन आब्हान गरेकोले वार्ता हुन नसकेको समेत सो अवसरमा स्पष्ट पारे । बैद्यले भने–सरकारले विभिन्न काम गर्दै जाने अनि हामिलाई निसर्त वार्तामा आउ भन्ने कुरा मिल्दैन । यथास्थितिमा वार्ता हुँदैन । 
चार दलले आफूले गर्न नसकेपछि खिलराज रेग्मीलाई भारी बोकाएर फसाएको टिप्पणी गर्दै बैद्यले रेग्मी सरकारले निर्वाचन गराउनै नसक्ने गराई हाले पनि जनताको संविधान बन्नै नसक्ने ठोकुवा गरे । उनले भने– सेना र पुलिस लगाएर चुनाव गरिहाले पनि त्यो संविधानसभाले संविधान बनाउँनै सक्दैन । 
एमाओवादी अध्यक्ष प्रचण्डले नेकपा–माओवादीसँग पार्टी एकता हुने हल्ला गरेर नेपाली काग्रेस र नेकपा एमालेलाई थर्काएको दावी गर्दै एमाओवादीसँग पार्टी एकता असम्भव रहेको बताए । उनले भने–प्रचण्डले जुन बेला जे पनि भन्छन । पार्टी त्यसै विभाजित भएको होईन । उनीहरुले नौलो जनवाद छाडे, राष्ट्रिय स्वाधिनता छाडे, भारतीय विस्तारबादसँग मिले यस्तो अवस्थामा पार्टी एकीकरण असम्भव । 
पार्टी एकताको कुरा गर्ने प्रचण्ड निद्रा लाग्ने ट्याब्लेट खाएर निदाएको भन्दै त्यसबाट उनलाई ब्यूझिन सुझाव दिए । बैद्यले भने–हिजो जनयूद्धमा के भनेर भनेका थिए । अहिले के गरे ।  उनी ट्याब्लेट खाएर सुतेका छन्  । ब्यूझिनु पर्छ । 
एमाओवादी, नेपाली काग्रेस र नेकपा एमालेवीच राजनीतिक रुपमा केही पनि भिन्नता नभएको दाव गर्दै उनले भने–यी तीन पार्टीको बैचारिक सिद्धान्त सारमा एकै हो । 
विवाद समाधान उपसमिति र त्यसको नेतृत्वको कारण संविधान नबेको र संविधानसभा विघठन भएको दावी गर्दै  बैद्यले अहिलेसम्म सरकारमा जाने विषयले नै मुलुक विग्रिएको आरोप लगाए । 
जनयूद्धमा कब्जा गरेको जमिनमाथिको कब्जा कायमै गर्ने नीति पार्टीको रहेको भन्दै उनले समाचारमा आए जस्तो निनु चापागाईको जमिन जनयूद्धमा कब्जा गरिएको भएकोले अहिले पनि कब्जा गरेको स्पष्ट पारे । चुरे भावर पार्टीका अध्यक्ष भूमि निरौलालाई पार्टीले अपहरण गरि लेनदेनको कागज गराईएको भन्ने विषयमा भने त्यस्तो पार्टीको नीति नरहेको र आफूलाई थाहाँ पनि नभएको बताए । 
सो अवसरमा अध्यक्ष धमलाले क्लबले विगतमा पनि दलहरुवीच सहमति गराउन दवाव मुलुक भूमिका खेल्दै आएको उल्लेख गर्दै संविधानसभाको निर्वाचनलाई समयमै सम्पन्न गराउन दलहरुवीच सहमतिको वातावरण निर्माणको लागि क्लबले यो अभियान अन्र्तगत सबै दलका शिर्ष नेताहरुलाई भेटेर ज्ञापन पत्र बुझाउँदै दवाव दिने प्रतिबद्धता ब्यक्त गरे । 
उनले अभियानलाई राष्ट्रब्यापी रुपमा अघि बढाउँदै गाँउ गाँउमा निर्वाचनको बातावरण निर्माणमा भूमिका खेल्ने बताए । धमलाले संविधानसभा निर्वाचनमा विरोधको स्वरहरु सुनिन नहुने भन्दै असन्तुष्ट पक्षलाई निर्वाचनको पक्षमा ल्याउन सरकारको ध्यान आर्कषण गराए ।  
उनले निर्वाचन अध्यादेशलगायत विवादित विषयमा दलहरुबीच तत्काल सहमति हुनु पर्ने, संविधानसभाको मिति तत्काल घोषणा नहुँदा जनतामा अनिश्चितता र अन्योलता बढेकोले तत्काल मिति घोषणा गर्नु पर्ने, तोकिएको समयमै स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु पर्ने माग सहितको ज्ञापनपत्र अध्यक्ष बैद्यलाई बुझाएका थिए । 



हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide